Trending
Prev Story
Next Story

त्रियुगा नगरभित्रै ११ प्रतिशतमा मोतियाबिन्दुको समस्या

Nagarik News •
November 22, 2026 • 04:17 AM
3
3 reads 0 reactions

जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा ११ प्रतिशतभन्दा बढी व्यक्तिमा मोतियाबिन्दुको समस्या देखिएको पाइएको छ।

त्रियुगा नगरभित्रै ११ प्रतिशतमा मोतियाबिन्दुको समस्या

जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा ११ प्रतिशतभन्दा बढी व्यक्तिमा मोतियाबिन्दुको समस्या देखिएको पाइएको छ। त्रियुगा नगरपालिकाको आयोजनामा स्थानीय विद्यालयमा सञ्चालित निः शुल्क आँखा जाँच शिविरमा परीक्षण गरिएका एक हजार ४०० मध्ये १५० जनामा मोतियाबिन्दुको समस्या देखिएको हो।

विद्यार्थी, अभिभावक, शिक्षकशिक्षिका तथा सर्वसाधारणलाई लक्षित गरी नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पताल लहानको समन्वयमा तीनदिने शिविर सञ्चालन गरिएको थियो।

नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख उपेन्द्र कार्कीका अनुसार शनिबार सम्पन्न शिविरमा एक हजार ४०० जनालाई आँखा परीक्षण तथा उपचार सेवा प्रदान गरिएको थियो। ती सेवाग्राहीमध्ये ८०५ जना विद्यार्थी र अरू अभिभावक, शिक्षकशिक्षिका तथा स्थानीय सर्वसाधारण हुन्।

शिविरमा मोतियाबिन्दु पहिचान भएका बिरामीलाई आवश्यकता अनुसार चस्मा वितरण तथा शल्यक्रियाको प्रबन्ध पनि गरियो। चस्माबाट दृष्टिमा सुधार नहुने बिरामीलाई निःशुल्क शल्यक्रियाका लागि चौधरी आँखा अस्पताल लहान पठाउने सिफारिस गरिएको छ। उहाँका अनुसार २१ जना विद्यार्थीलाई चस्मा वितरण गरिएको छ।

शिविरमा पहिचान भएका मोतियाबिन्दुका बिरामीमध्ये बिहीबार र शुक्रबार गरी ६९ जनालाई शल्यक्रियाका लागि लहान पठाइएको छ। पहिलो र दोस्रो दिन पहिचान भएका ३५ जनाको शुक्रबार नै शल्यक्रिया सम्पन्न भएको छ। शल्यक्रिया गर्न बाँकी तथा अन्तिम दिन पहिचान भएका ३४ जनालाई शुक्रबार अस्पताल पठाइएको नगरपालिकाले जनाएको छ।

बाँकी ५१ जना बिरामीलाई पनि आइतबारसम्म शल्यक्रिया गर्ने व्यवस्था गरिएको प्रमुख कार्कीले बताए। चौधरी आँखा अस्पताल लहानका चिकित्सक डा. विनय कामतको नेतृत्वमा आँखा  टोली विद्यालयमै आँखा परीक्षण तथा उपचार शिविर सञ्चालन गरेपछि विद्यार्थी, अभिभावक र स्थानीयले सहज रूपमा स्वास्थ्य सेवा पाएको विद्यालयले जनाएको छ।

प्रकाशित: ६ मंसिर २०८३ १०:०२ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
त्रियुगा नगरभित्रै ११ प्रतिशतमा मोतियाबिन्दुको समस्या

त्रियुगा नगरभित्रै ११ प्रतिशतमा मोतियाबिन्दुको समस्या

उदयपुर– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा ११ प्रतिशतभन्दा बढी व्यक्तिमा मोतियाबिन्दुको समस्या देखिएको पाइएको छ । त्रियुगा नगरपालिकाको आयोजनामा स्थानीय विद्यालयमा सञ्चालित निःशुल्क आँखा जाँच शिव...

#नगरपालिका #त्रियुगा #मोतियाबिन्दु
Compare →
Ekantipur
5d ago
अमेरिकामा हवाई प्रणालीपछि अनलाइन बैकिङमा समस्या, आर्थिक कारोबारमा अवरोध

अमेरिकामा हवाई प्रणालीपछि अनलाइन बैकिङमा समस्या, आर्थिक कारोबारमा अवरोध

केही दिनअघि मात्रै अमेरिकी अर्थतन्त्रका अन्य क्षेत्रहरूमा पनि समस्याहरू देखिएका थिए । बिहीबार माइक्रोसफ्टका सेवाहरु प्रभावित भएका थिए भने शुक्रबार देशको हवाइ ट्राफिक नियन्त्रण प्रणालीमा देखिएको समस्या पूर्ण रुपमा समाधान हुन आइतबारसम्म लागेको थियो

#समस्या #देखिए
Compare →
Bizshala
5d ago
अमेरिकाका प्रमुख बैंकमा किन आयो प्राविधिक समस्या ?

अमेरिकाका प्रमुख बैंकमा किन आयो प्राविधिक समस्या ?

काठमाडौं। अमेरिकाका प्रमुख बैंकहरूमा देखिएको प्राविधिक समस्याका कारण हजारौँ ग्राहकले बैंकिङ सेवा प्रयोग गर्न कठिनाइ...

#समस्या #देखिए
Compare →
Onlinekhabar
1d ago
भारतमा नेपालीलाई पहिचानदेखि उपचारसम्म समस्या, कूटनीतिक पहल गर्न माग

भारतमा नेपालीलाई पहिचानदेखि उपचारसम्म समस्या, कूटनीतिक पहल गर्न माग

६ मंसिर, काठमाडौं । भारतमा वर्षौंदेखि बस्दै आएका नेपालीहरूले आफ्नो पहिचान लुकाउन बाध्य छन् । त्यहाँ बस्ने नेपालीहरूसँग नेपाली नागरिकता भए पनि उनीहरूले विभिन्न समस्या झेल्न बाध्य छन् । बैंक खाता खोल्न, सिमकार्ड लिन, रोजगारी …

#समस्या
Compare →

Related Stories

Technology
Build #2612