Trending
Prev Story
Next Story

सवारी दुर्घटनामा एकको मृ*त्यु, चार घाइते

Nagarik News •
November 21, 2026 • 06:48 AM
3
3 reads 0 reactions

जिल्लामा गएराति भएका बेग्ला–बेग्लै दुई दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

सवारी दुर्घटनामा एकको मृ*त्यु, चार घाइते

जिल्लामा गएराति भएका बेग्ला–बेग्लै दुई दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

गएराति कोशी गाउँपालिका–८ स्थित कोशीब्यारेज नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार १९ वर्षीय जयप्रकाश यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।

पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ गइरहेको बा प्र ०३–००१ ख ३४६३ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको को २२ प १६५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका यादवको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा गएराति मृत्यु भएको थियो।

प्रहरीले ट्रक चालक मकवानपुर कैलाश गाउँपालिका–६ सञ्जय रिजाललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ। त्यस्तै आज बिहान  दुहबी नगरपालिका–८ मा मोटरसाइकलको ठक्करबाट दुई पैदलयात्रीसहित चार जना घाइते भएका छन्।

इटहरीबाट दुहबीतर्फ जाँदै गरेको कोशी प्रदेश ०२–०६२ प ७८७ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो। घाइतेमध्ये  नेपाल प्रहरीका हबलदार रोहितकुमार राजवंशीसमेत रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रहरीका अनुसार, चारै जना घाइतेको मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ। त्यसमध्ये हबलदार राजवंशी र अजयकुमार चौधरीको अवस्था गम्भीर रहेकाले सूचना अधिकारी खड्काले बताए।

प्रहरीका अनुसार मोटरसाइकल चालकले मादकपदार्थ सेवन गरेको परीक्षणबाट खुलेको छ।

प्रकाशित: ५ मंसिर २०८३ १२:३३ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
23h ago
सवारी दुर्घटनामा एकको मृ*त्यु, चार घाइते

सवारी दुर्घटनामा एकको मृ*त्यु, चार घाइते

५ मङ्सि, सुनसरी । जिल्लामा गएराति भएका बेग्ला–बेग्लै दुई दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । गएराति कोशी गाउँपालिका–८ स्थित कोशीब्यारेज नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार १९ वर्षीय जयप्रकाश यादवको …

#घाइते #गएराति #मृत्यु
Compare →
Hamro Patro News
1d ago
रुबीभ्यालीमा सडक दुर्घटनाः एकको मृत्यु, नौ जना घाइते

रुबीभ्यालीमा सडक दुर्घटनाः एकको मृत्यु, नौ जना घाइते

धादिङ, ४ मङ्सिर । रुबीभ्याली गाउँपालिका–४ कलदाङमा आज बिहान सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित अन्य नौ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश दाहालका ...

#घाइते #मृत्यु #दुर्घटना
Compare →
Ekantipur
2d ago
भीमफेदीमा सुमो दुर्घटना, २ जनाको मृत्यु, ७ जना घाइते

भीमफेदीमा सुमो दुर्घटना, २ जनाको मृत्यु, ७ जना घाइते

चालकसहित १० जना सवार सुमो दुर्घटनामा सात जना घाइते भएका छन् भने मृत्यु हुनेको संख्या प्रारम्भिक विवरणमा दुई पुगेको छ।

#घाइते #मृत्यु #दुर्घटना
Compare →
Bizshala
1d ago
बंगलादेशमा राजनीतिक हिंसा चर्कियो, चार जनाको मृत्यु र देशभर आगजनी : हसिनाको पार्टीमाथि सरकारको गम्भीर आरोप

बंगलादेशमा राजनीतिक हिंसा चर्कियो, चार जनाको मृत्यु र देशभर आगजनी : हसिनाको पार्टीमाथि सरकारको गम्भीर आरोप

काठमाण्डौ । बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिना नेतृत्वको अवामी लिगले आह्वान गरेको देशव्यापी बन्दका क्रममा...

#मृत्यु #त्यु
Compare →

Related Stories

Technology
Build #2612