नयाँ दिल्ली । प्रधानमन्त्री बालेन्द्र शाहको आइतबार हुने भारत भ्रमणको सम्पूर्ण तयारी पूरा भएको छ। दिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता अम्बिका जोशीका अनुसार भ्रमणसम्बन्धी सबै व्यवस्था मिलाइसकिएको छ।
आइतबार दिउँसो १ः४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत भारत प्रस्थान गर्ने प्रधानमन्त्री शाहलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम तय भएको छ। सामान्यतया भारत भ्रमणमा आउने अन्य देशका प्रधानमन्त्रीहरूलाई विमानस्थलमा राज्यमन्त्रीहरूले नै स्वागत गर्ने परम्परा रहँदै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )