काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले एक करोड ५० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने भएको छ ।
लुम्बिनी लायन्सलाई पराजित गर्दै सुदूरपश्चिम च्याम्पियन बनेसँगै नेपाल क्रिकेट सङ्घ (क्यान) ले यस संस्करणका लागि तय गरेको आकर्षक पुरस्कार राशि उसले हात पार्ने भएको हो । फाइनलमा पराजित भई उपविजेता बनेको लुम्बिनी लायन्सले भने ८० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )