काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फाइनल खेलको जस्तो कुनै दबाब देखिएन, मैदानभरि केवल एउटै ब्याटरको पूर्ण दबदबा रह्यो। ती ब्याटर थिए, सुदूरपश्चिम रोयल्सका ओपनर जर्ज मुन्से।
नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि भिडन्तमा मुन्सेले खेलेको अविश्वसनीय र विष्फोटक शतकीय इनिङ्सको मद्दतले सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १० विकेटको लज्जास्पद हार चखाउँदै च्याम्पियन बन्ने गौरव हासिल गर्यो। लुम्बिनीले प्रस्तुत गरेको १५६ रनको मध्यम लक्ष्यलाई मुन्सेको ब्याटले केवल १३.३ ओभरमै कुनै पनि विकेट नगुमाई सहजै समाप्त पारिदियो।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )