Trending
Prev Story
Next Story

सर्लाहीमा सुतिरहेका वृद्ध दम्पतीमाथि इँटाले आ’क्रमण: श्रीमान्‌को मृ’त्यु, छिमेकी युवक पक्राउ

Nagarik News •
November 21, 2026 • 08:34 AM
2
2 reads 0 reactions

सर्लाहीको हरिपूर्वा नगरपालिका-१ बसन्तपुरमा लागुऔषध गाँजा किनबेचको विवादका कारण सुतिरहेका वृद्ध दम्पतीमाथि इँटाले आक्रमण हुँदा एक जनाको मृत्यु भएको छ।

सर्लाहीमा सुतिरहेका वृद्ध दम्पतीमाथि इँटाले आ’क्रमण: श्रीमान्‌को मृ’त्यु, छिमेकी युवक पक्राउ

सर्लाहीको हरिपूर्वा नगरपालिका-१ बसन्तपुरमा लागुऔषध गाँजा किनबेचको विवादका कारण सुतिरहेका वृद्ध दम्पतीमाथि इँटाले आक्रमण हुँदा एक जनाको मृत्यु भएको छ।

आक्रमणबाट गम्भीर घाइते ७४ वर्षीय सुकदेव साह (वासुदेव साह तेली) को उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवा, सर्लाहीले जनाएको छ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा सोही स्थानका १९ वर्षीय शंकर कुमार यादवलाई पक्राउ गरेको छ।

यादवले कात्तिक २७ गते राति करिब १० बजे घरभित्र पसेर सुतिरहेका श्रीमान्-श्रीमतीमाथि थाहै नदिई इँटाको टुक्राले टाउको र अनुहारमा अन्धाधुन्ध प्रहार गरी फरार भएका थिए।

बसन्तपुरस्थित मुखिया चोकमा आफ्नै घरमा सानो किराना पसल चलाउँदै आएका साह र उनकी ७३ वर्षीया श्रीमती जिपसि देवी (जिवछी देवी) कात्तिक २८ गते बिहान अबेरसम्म नउठेपछि जेठा छोराले ढोका खोलेर हेरेका थिए।

दुवै जनालाई गम्भीर घाइते अवस्थामा देखेपछि छोराले प्रहरीलाई खबर गरेका थिए। लगत्तै प्रहरी टोलीले दुवै घाइतेलाई उपचारका लागि धनुषाको जनकपुरधामस्थित प्रादेशिक अस्पताल पठाएको थियो।

उपचारकै क्रममा साहलाई मंसिर ३ गते अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मलंगवाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका यादव लागुऔषध गाँजा सेवनकर्ता रहेको खुलेको छ। मृतक र यादवबीच गाँजा किनबेचका क्रममा विवाद उत्पन्न भएपछि सोही विषयमा रिसइवी साँधेर कुटपिट गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

कात्तिक २८ गते नै आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ परेका यादवमाथि सुरुमा ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान थालिएको थियो।

साहको मृत्यु भएपछि अहिले यादवविरुद्ध ज्यान मार्ने उद्योग तथा ज्यान सम्बन्धी कसुर मुद्दामा इलाका प्रहरी कार्यालय केशरगंजबाट थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: ५ मंसिर २०८३ १४:१९ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1d ago
सर्लाहीमा एक युवक मृत फेला, युवती पक्राउ

सर्लाहीमा एक युवक मृत फेला, युवती पक्राउ

४ मंसिर, सर्लाही । सर्लाहीको लालबन्दीमा एक युवक मृत फेला परेका छन् । हरिपुर्वा नगरपालिका–९, बगेवा गाउँका २० वर्षीय अमित चौधरीको मृत फेला परेका हुन् । बिहीबार साँझ लालबन्दी नगरपालिका–५ स्थित पुरानो राजमार्गमा रहेको एक कोठामा …

#सर्लाही #युवक
Compare →
Hamro Patro News
1d ago
वैदेशिक रोजगारीसम्बन्धी विवादमा युवकको अपहरण, चार जना पक्राउ

वैदेशिक रोजगारीसम्बन्धी विवादमा युवकको अपहरण, चार जना पक्राउ

जनकपुरधाम – सर्लाहीमा वैदेशिक रोजगारीसम्बन्धी विवादमा अपहरण गरी बन्धक बनाइएका एक व्यक्तिलाई प्रहरीले सकुशल उद्धार गरेको छ। घटनामा संलग्न रहेको आरोपमा चार जना र घटनालाई अतिरञ्जित गर्ने सूचना दिएको आ...

#सर्लाही #युवक
Compare →
Bizshala
2d ago
नेपालको इँटा उद्योगमा ९ अर्बको लगानी जुटाउने तयारी, तीन वर्षभित्र ३०० उद्योगलाई आधुनिक प्रविधिमा रूपान्तरण गरिने

नेपालको इँटा उद्योगमा ९ अर्बको लगानी जुटाउने तयारी, तीन वर्षभित्र ३०० उद्योगलाई आधुनिक प्रविधिमा रूपान्तरण गरिने

काठमाण्डौ । नेपालको परम्परागत इँटा उद्योगलाई आधुनिक तथा वातावरणमैत्री प्रविधिमा रूपान्तरण गर्न करिब ९ अर्ब रुपैयाँ...

#इँटा
Compare →
Ekantipur
1d ago
मोटरसाइकलबाट खसेर २७ वर्षीय युवकको मृत्यु

मोटरसाइकलबाट खसेर २७ वर्षीय युवकको मृत्यु

जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडि बसपार्कबाट थानाभर्‍याङतर्फ जाँदै गरेको मोटरसाइकलबाट खसेर २७ वर्षीय विदुर विश्वकर्माको मृत्यु भएको हो ।

#त्यु #युवक
Compare →

Related Stories

Health & Wellness
Build #2612