Trending
Prev Story
Next Story

गुल्मीमा घट्दै तोरीखेती

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

५ मंसिर, गुल्मी । यतिबेला गुल्मीका गाउँघरका खेतबारी तोरीका पहेँलपुर फूलले ढकमक्क छन् । असोजको अन्तिम सातादेखि कात्तिक महिनासम्म छरिएको तोरी फुलेपछि खेतबारी पहेँलै बनेका छन् । टाढाबाट हेर्दा खेतबारीमा पहेँलो फूलको गलैँचा बिछ्याएजस्तो देखिन्छ …

गुल्मीमा घट्दै तोरीखेती

५ मंसिर, गुल्मी । यतिबेला गुल्मीका गाउँघरका खेतबारी तोरीका पहेँलपुर फूलले ढकमक्क छन् । असोजको अन्तिम सातादेखि कात्तिक महिनासम्म छरिएको तोरी फुलेपछि खेतबारी पहेँलै बनेका छन् । टाढाबाट हेर्दा खेतबारीमा पहेँलो फूलको गलैँचा बिछ्याएजस्तो देखिन्छ ।

गाउँघरको सौन्दर्य बढाउनुका साथै किसानको आम्दानीको स्रोतसमेत बनेको तोरीखेती पछिल्लो समय भने घट्दै गएको छ । बजारमा तोरीको तेलको माग र मूल्य दुवै बढिरहेका बेला गुल्मीका किसान भने यो खेतीप्रति निरुत्साहित हुँदै गएका छन् ।

परम्परागत रूपमा जिल्लाका अधिकांश क्षेत्रमा हुँदै आएको तोरीखेती किसानको प्राथमिकताबाट हट्दै गएको हो । वर्षे बाली भित्र्याएपछि खाली रहने खेतबारीमा हिउँदे बालीका रूपमा तोरी छर्ने चलन पुरानै हो । कम लगानी र तुलनात्मक रूपमा कम रेखदेखमा खेती गर्न सकिने भएकाले ग्रामीण भेगका किसानका लागि तोरी महत्वपूर्ण बाली मानिँदै आएको थियो ।

तर पछिल्ला वर्षमा पर्याप्त वर्षा नहुनु, सिँचाइ सुविधा अभाव, प्रतिकूल मौसम र समयमा मलखाद नपाउनुलगायत कारणले यसको उत्पादन प्रभावित हुँदै आएको छ । समयमै पानी नपर्दा बिरुवा कमजोर हुने तथा फूल लाग्ने र दाना बन्ने प्रक्रियामा असर पर्ने गरेको छ ।

तोरीखेतीका लागि बालीको विभिन्न अवस्थामै आवश्यक चिस्यान हुनुपर्छ । तर सिँचाइ सुविधा नहुँदा किसान आकाशे पानीकै भर पर्नुपर्ने अवस्थामा छन् । जलवायु परिवर्तनका कारण वर्षा अनियमित हुनु, लामो समय खडेरी पर्नु र मौसमको अनिश्चितताले खेतीपातीको चक्रसमेत प्रभावित हुँदै गएको छ ।

एकातिर उत्पादनको सुनिश्चितता नहुनु र अर्कोतिर श्रम तथा लगानीअनुसार प्रतिफल नपाउनुका कारण किसानले तोरीखेतीको क्षेत्रफल घटाउँदै लगेका छन् । कृषि ज्ञान केन्द्र गुल्मीको तथ्याङ्कले पनि जिल्लामा तोरीखेती घट्दै गएको देखाउँछ ।

केन्द्रका अनुसार जिल्लामा अहिले १ हजार ३१ हेक्टर क्षेत्रफलमा तोरीखेती भइरहेको छ । अघिल्लो वर्ष १ हजार १४० हेक्टरमा तोरीखेती गरिएको थियो । यसरी एक वर्षमै खेती हुने क्षेत्रफल १०९ हेक्टरले घटेको छ ।

कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख विवेक पन्थले पनि अघिल्लो वर्षको तुलनामा यस वर्ष तोरीखेतीको क्षेत्रफल घटेको बताए । उनका अनुसार प्रतिकूल मौसमी अवस्थाका कारण यस वर्ष तोरी उत्पादनसमेत घट्न सक्ने अनुमान छ ।

विशेषगरी सिँचाइ सुविधा नभएका ग्रामीण क्षेत्रमा अनियमित वर्षा र लामो खडेरीको असर बढी देखिएको छ । सामान्यतया कम सिँचाइमा पनि खेती गर्न सकिने बाली मानिए पनि वृद्धि र दाना लाग्ने संवेदनशील अवस्थामा आवश्यक चिस्यान नपुग्दा उत्पादनमा उल्लेख्य असर पर्न सक्छ ।

बजारमा तोरीको तेलको माग र मूल्य बढिरहेको अवस्थामा स्थानीय उत्पादन बढाउन सके बाहिरबाट आउने तेलमाथिको निर्भरता घटाउन सकिन्छ । त्यसका लागि किसानलाई गुणस्तरीय बीउ, मलखाद र कृषि प्राविधिक सेवा सहज रूपमा उपलब्ध गराउन आवश्यक छ ।

अहिले गुल्मीका खेतबारी तोरीका पहेँला फूलले ढकमक्क छन् । गाउँघरको सौन्दर्य बढाइरहेको यो दृश्यले राम्रो उत्पादनको आशा जगाए पनि घट्दो खेती क्षेत्रफल र मौसमको अनिश्चितताले किसानको आम्दानीमाथि चुनौती थपेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
1w ago
गुल्मीका गोकर्णले पाँच रोपनीमा फलाए तीन सय केजी सयपत्री, बजारको समस्या छैन

गुल्मीका गोकर्णले पाँच रोपनीमा फलाए तीन सय केजी सयपत्री, बजारको समस्या छैन

इस्मा गाउँपालिका–३ का गोकर्ण नेपालीले तिहारमा तीन सय किलो सयपत्री फूल बेच्ने लक्ष्यसहित प्रतिकिलो पाँच सय रुपैयाँमा बिक्री गरिरहेका छन्।

#गुल्मी #फूल
Compare →
Hamro Patro News
4h ago
दाङको खेतभरी तोरी, १७ हजार हेक्टरमा खेती

दाङको खेतभरी तोरी, १७ हजार हेक्टरमा खेती

यतिबेला दाङको खेतबारी तोरीले पहेँलपुर बनेको छ। खेतबारीमा ढकमक्क फुलेका तोरीका फूलले जिल्लाको ग्रामीण परिवेशलाई आकर्षक बनाएको छ। तोरीको फूलले खेतबारी पहेँलपुर बनेको छ । तोरी उत्पादनको दृष्टिले दाङल...

#खेतबारी #तोरी
Compare →

Related Stories

Business & Economy
Build #2612