Trending
Prev Story
Next Story

विस्तृत शान्ति सम्झौता राजनीतिक रूपान्तरणको ऐतिहासिक आधार : प्रचण्ड

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

५ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौतालाई नेपालको राजनीतिक इतिहासमा युगान्तकारी रूपान्तरण र राष्ट्रिय एकताको महत्वपूर्ण दस्तावेजका रूपमा व्याख्या गरेका छन् । शान्ति सम्झौताको पूर्ण कार्यान्वयन र द्वन्द्वपीडितलाई न्याय …

विस्तृत शान्ति सम्झौता राजनीतिक रूपान्तरणको ऐतिहासिक आधार : प्रचण्ड

५ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौतालाई नेपालको राजनीतिक इतिहासमा युगान्तकारी रूपान्तरण र राष्ट्रिय एकताको महत्वपूर्ण दस्तावेजका रूपमा व्याख्या गरेका छन् ।

शान्ति सम्झौताको पूर्ण कार्यान्वयन र द्वन्द्वपीडितलाई न्याय सुनिश्चित गर्नु सबैको साझा जिम्मेवारी भएको उनले बताएका छन् ।

विस्तृत शान्ति सम्झौता भएको २० वर्ष पुगेको अवसरमा शुक्रबार वक्तव्य जारी गर्दै प्रचण्डले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

नेपाल सरकार र तत्कालीन नेकपा माओवादीबीच २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भएको थियो । उक्त सम्झौताले मुलुकलाई शान्ति, लोकतन्त्र, गणतन्त्र र नयाँ राजनीतिक व्यवस्थाको दिशामा अघि बढाएको प्रचण्डले उल्लेख गरेका छन् ।

ऐतिहासिक शान्ति सम्झौतामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्षका रूपमा आफूले हस्ताक्षर गरेको स्मरण गर्दै उनले यो सम्झौता दुई पक्षबीचको समझदारीमा मात्र सीमित नभई नेपाली जनताको त्याग, बलिदान, संघर्ष र परिवर्तनको आकांक्षाबाट निर्मित राष्ट्रिय सहमतिको दस्तावेज भएको बताएका छन् ।

उनका अनुसार विस्तृत शान्ति सम्झौताको जगमा संविधानसभाको निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, समावेशी लोकतन्त्र र संविधान निर्माणजस्ता ऐतिहासिक उपलब्धि हासिल भएका छन् ।

तर शान्ति सम्झौताका प्रतिबद्धता अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उनको भनाइ छ । द्वन्द्वपीडितलाई न्याय, सत्य निरुपण तथा मेलमिलाप, बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्ने कार्य र संक्रमणकालीन न्यायका बाँकी काम पूरा गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

‘शान्ति सम्झौताको मर्म भनेको द्वन्द्वको अन्त्य मात्र होइन, पीडितलाई न्याय, समाजमा मेलमिलाप, दिगो शान्ति र सुशासनसहितको समृद्ध राष्ट्र निर्माण पनि हो,’ उनले वक्तव्यमा भनेका छन् ।

संक्रमणकालीन न्यायको प्रक्रियालाई पीडितको भावना र शान्ति सम्झौताको मूल मर्मअनुसार निष्कर्षमा पुर्‍याउनु अहिलेको राष्ट्रिय आवश्यकता भएको उनले बताएका छन् ।

प्रचण्डले शान्ति प्रक्रियामा योगदान पुर्‍याउने राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, सुरक्षाकर्मी, द्वन्द्वपीडित तथा आम नेपाली जनताप्रति सम्मान व्यक्त गरेका छन् ।

उनले शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न सरकार, राजनीतिक दल, सम्बन्धित निकाय र सरोकारवाला पक्षलाई आग्रहसमेत गरेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
7h ago
विस्तृत शान्ति सम्झौता नेपालको राजनीतिक रूपान्तरणको ऐतिहासिक दस्तावेज : प्रचण्ड

विस्तृत शान्ति सम्झौता नेपालको राजनीतिक रूपान्तरणको ऐतिहासिक दस्तावेज : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौतालाई नेपालको राजनीतिक इतिहासमा युगान्तकारी रूपान्तरण र राष्ट्रिय एकताको महत्वपूर्ण दस्तावेजका रूपमा व्या...

#प्रचण्ड #शान्ति #विस्तृत
Compare →
Nagarik News
7h ago
शान्ति सम्झौताका बाँकी काम अविलम्ब पूरा गर्न प्रचण्डको आग्रह

शान्ति सम्झौताका बाँकी काम अविलम्ब पूरा गर्न प्रचण्डको आग्रह

उनले शान्ति सम्झौताको पूर्ण कार्यान्वयन र द्वन्द्वपीडितलाई न्याय सुनिश्चित गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन्।

#प्रचण्ड #शान्ति #विस्तृत
Compare →
Ekantipur
6h ago
शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न दाहालको आग्रह

शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न दाहालको आग्रह

दाहालले शान्ति सम्झौता राष्ट्रिय प्रतिबद्धता भएकाले सरकार, दल र सबै सरोकारवालाले बाँकी काम पूरा गर्न साझा जिम्मेवारी लिनुपर्ने बताएका छन्।

#शान्ति
Compare →
Arthasansar
2d ago
भारत भ्रमणमा पञ्चेश्वर परियोजना टुंग्याउन प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव

भारत भ्रमणमा पञ्चेश्वर परियोजना टुंग्याउन प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव

पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पञ्चेश्वरको विषयलाई अघि बढाउन सुझाव दिएका छन् ।...

#प्रचण्ड
Compare →
Bizshala
2d ago
नेपालको इँटा उद्योगमा ९ अर्बको लगानी जुटाउने तयारी, तीन वर्षभित्र ३०० उद्योगलाई आधुनिक प्रविधिमा रूपान्तरण गरिने

नेपालको इँटा उद्योगमा ९ अर्बको लगानी जुटाउने तयारी, तीन वर्षभित्र ३०० उद्योगलाई आधुनिक प्रविधिमा रूपान्तरण गरिने

काठमाण्डौ । नेपालको परम्परागत इँटा उद्योगलाई आधुनिक तथा वातावरणमैत्री प्रविधिमा रूपान्तरण गर्न करिब ९ अर्ब रुपैयाँ...

#रूपान्तरण
Compare →

Related Stories

Politics & Governance
Build #2612