Trending
Prev Story
Next Story

शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न दाहालको आग्रह

Ekantipur •
November 21, 2026 • 04:32 AM
3
3 reads 0 reactions

दाहालले शान्ति सम्झौता राष्ट्रिय प्रतिबद्धता भएकाले सरकार, दल र सबै सरोकारवालाले बाँकी काम पूरा गर्न साझा जिम्मेवारी लिनुपर्ने बताएका छन्।

शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न दाहालको आग्रह

दाहालले शान्ति सम्झौता राष्ट्रिय प्रतिबद्धता भएकाले सरकार, दल र सबै सरोकारवालाले बाँकी काम पूरा गर्न साझा जिम्मेवारी लिनुपर्ने बताएका छन्।

काठमाडौँ — नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले विस्तृत शान्ति सम्झौताका बाँकी कामहरू अविलम्ब पूरा गर्न सरकार, राजनीतिक दल र सरोकारवाला पक्षलाई आग्रह गरेका छन् ।

विस्तृत शान्ति सम्झौता भएको दिन (मङ्सिर ५) को अवसरमा आज एक सन्देश जारी गर्दै उनले सङ्क्रमणकालीन न्यायको प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनु आजको राष्ट्रिय आवश्यकता भएको बताएका हुन्।

२०६३ मङ्सिर ५ गते तत्कालीन नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोही नेकपा (माओवादी)का तर्फबाट अध्यक्षका रूपमा आफूले  शान्ति सम्झौतामा हस्ताक्षर गरेको स्मरण गर्दै संयोजक दाहालले उक्त सम्झौता नेपाली जनताको त्याग, बलिदान र सङ्घर्षबाट निर्मित राष्ट्रिय सहमतिको दस्तावेज भएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, 'विस्तृत शान्ति सम्झौताकै जगमा संविधानसभाको निर्वाचन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, समावेशी लोकतन्त्र र संविधान निर्माणजस्ता ऐतिहासिक उपलब्धि हासिल भए । तर, सम्झौताका सबै प्रतिबद्धता अझै पूर्ण रूपमा कार्यान्वयन हुन सकेका छैनन् ।'

विशेषगरी द्वन्द्वपीडितलाई न्याय, सत्य निरुपण तथा मेलमिलाप, बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्ने कार्य र सङ्क्रमणकालीन न्यायका बाँकी काम पूरा गर्ने दायित्व अझै बाँकी उनको भनाइ छ । शान्ति सम्झौताको मर्म द्वन्द्वको अन्त्य मात्र नभई पीडितलाई न्याय, समाजमा मेलमिलाप र सुशासनसहितको समृद्ध राष्ट्र निर्माण गर्नु रहेको उनले स्पष्ट पारेका छन् ।

संयोजक दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जीवन आहुति दिने सहिद तथा बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दै शान्ति प्रक्रियामा योगदान पुर्‍याउने राजनीतिक दल, नागरिक समाज, सुरक्षाकर्मी र आम नागरिकप्रति आभार प्रकट गरेका छन् ।

उनले शान्ति सम्झौता राष्ट्रिय प्रतिबद्धता भएकाले यसको पूर्ण कार्यान्वयन गर्नु सबैको साझा जिम्मेवारी भएको सन्देशमा उल्लेख गरेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
7h ago
शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न दाहालको आग्रह

शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न दाहालको आग्रह

शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न दाहालको आग्रह दाहालले शान्ति सम्झौता राष्ट्रिय प्रतिबद्धता भएकाले सरकार, दल र सबै सरोकारवालाले बाँकी काम पूरा गर्न साझा जिम्मेवारी लिनुपर्ने बताएका छ...

#शान्ति #बाँ #दाहाल
Compare →
Nagarik News
7h ago
शान्ति सम्झौताका बाँकी काम अविलम्ब पूरा गर्न प्रचण्डको आग्रह

शान्ति सम्झौताका बाँकी काम अविलम्ब पूरा गर्न प्रचण्डको आग्रह

उनले शान्ति सम्झौताको पूर्ण कार्यान्वयन र द्वन्द्वपीडितलाई न्याय सुनिश्चित गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन्।

#शान्ति #बाँ #अविलम्ब
Compare →
Onlinekhabar
1d ago
शान्ति प्रक्रियाका २० वर्ष : सङ्क्रमणकालीन न्यायमा छलकपट

शान्ति प्रक्रियाका २० वर्ष : सङ्क्रमणकालीन न्यायमा छलकपट

२०६३ मङ्सिर ५ गते अर्थात् दुई दशकपहिले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए। उक्त सम्झौताले देशमा जारी विद्यमान एक दशक लामो सशस्त्र …

#शान्ति #प्रक्रियाका
Compare →

Related Stories

Politics & Governance
Build #2612