Trending
Prev Story
Next Story

अमेरिकामा नेपालीको एसाइलम आवेदन अस्वीकृत दर २६ वर्षयताकै उच्च

Ekantipur •
November 21, 2026 • 12:32 AM
3
3 reads 0 reactions

सन् २००१ देखि २०२६ हालसम्मको तथ्यांकअनुसार २६ वर्षयता सबैभन्दा बढी एकै पटक ४ सय ५८ जना नेपालीको एसाइलम अस्वीकृत गरिएको छ ।

अमेरिकामा नेपालीको एसाइलम आवेदन अस्वीकृत दर २६ वर्षयताकै उच्च

सन् २००१ देखि २०२६ हालसम्मको तथ्यांकअनुसार २६ वर्षयता सबैभन्दा बढी एकै पटक ४ सय ५८ जना नेपालीको एसाइलम अस्वीकृत गरिएको छ ।

अमेरिका — अमेरिकामा नेपालीले शरण माग गर्दै दिएको आवेदन (एसाइलम) अस्वीकृत दर २६ वर्षयताकै उच्च देखिएको छ । सन् २००१ देखि २०२६ हालसम्मको तथ्यांकअनुसार २६ वर्षयता सबैभन्दा बढी एकै पटक ४ सय ५८ जना नेपालीको एसाइलम अस्वीकृत गरिएको छ ।

२०२६ को हालसम्म ५ सय १६ जनाले अमेरिकामा शरण माग्दै कानुनी बसोबासका लागि दिएका थिए । तीमध्ये ४ सय ५८ जनाको आवेदन अस्वीकृत गरिएको हो । ५८ जनालाई मात्र अमेरिकी अध्यगमन अदालतले बसोबासका लागि स्वीकृती दिएको ट्रान्ज्याक्सनल रेकर्ड्स एक्सेस क्लियरिङ हाउस (टिआरएसी)को तथ्यांकमा उल्लेख छ ।

गैरकानुनी रुपमा प्रवेश गरेका, भिसा प्राप्तपछि तोकिएको अवधि भन्दा बढी समय बिताएका र देशभित्र विभिन्न समस्याबाट गुज्रिएको दाबी गर्दै शरणका लागि प्रक्रिया बढाएकाहरुले अमेरिकामा कानुनी रुपमा बसोबासका लागि स्थायी बासिन्दा प्रमाणपत्र पाउँ भन्दै प्रमाणसहित अदालतमा एसाइलम मुद्दा अघि बढाएका हुन्छन् ।

अदालतमा स्थायी बासिन्दाको प्रमाण पत्र माग गर्दै शरणका लागि आग्रह गर्ने प्रक्रियालाई एसाइलम भनिन्छ । तथ्यांकअनुसार अघिल्लो बर्ष २०२५ मा एसाइलमका लागि आवेदन दिएका ६ सय २२ मध्ये ३ सय ४ जनाको स्वीकृत गरिएको थियो । आवेदनलाई अमेरिकी अध्यागमन अदालतले शरणका लागि अयोग्य ठहर गर्दै यस वर्ष ३ सय १८ वटा आवेदन अस्वीकृत गरिएको थियो ।

२६ वर्ष अवधिमा नेपालीले एसाइलमका लागि दिएका आवेदन मध्ये सन् २०२३ मा सबैभन्दा बढी स्वीकृत गरिएको थियो । ८ सय ८ जनाले आवेदन दिएको मध्ये ६ सय ७५ जनाको आवेदनलाई अध्यागमन अदालतले स्वीकृत गरेको थियो । यो संख्या २६ वर्षकै सबैभन्दा उच्च हो । यस वर्ष १ सय ३३ जनाको आवेदन अस्वीकृत गरिएको टिआरएसीको तथ्यांकमा उल्लेख छ ।

यसैगरी २०१९ मा पनि आवेदन स्वीकृतको संख्या अधिक थियो । आवेदन दिने ९ सय २ जनामध्ये ६ सय ५७ ले स्थायी बासिन्दाको लागि स्वीकृत पाएका थिए । यसवर्ष २ सय ४५ वटा आवेदन अस्वीकृतको सूचीमा समावेश भएको थियो । २६ वर्ष अवधिमा ७ हजार ३ सय ४२ जना नेपालीले एसाइलम पाएका छन् । टिआरएसीको तथ्यांकअनुसार १० हजार ४ सय ८१ जनाले एसाइलमका लागि दिएको आवेदनमध्ये ३ हजार १ सय ३९ अस्वीकृत भएको थियो ।

सुदीप शिवाकोटी कान्तिपुरका अमेरिका संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1h ago
अमेरिकामा नेपालीको एसाइलम आवेदन अस्वीकृत दर २६ वर्षयताकै उच्च

अमेरिकामा नेपालीको एसाइलम आवेदन अस्वीकृत दर २६ वर्षयताकै उच्च

अमेरिकामा नेपालीको एसाइलम आवेदन अस्वीकृत दर २६ वर्षयताकै उच्च सन् २००१ देखि २०२६ हालसम्मको तथ्यांकअनुसार २६ वर्षयता सबैभन्दा बढी एकै पटक ४ सय ५८ जना नेपालीको एसाइलम अस्वीकृत गरिएको छ । मंसिर ५, २...

#अस्वीकृत #एसाइलम #वर्षयता
Compare →
Nagarik News
13h ago
इरानसँगको युद्धमा अमेरिकाको ४८.३ अर्ब डलर खर्च

इरानसँगको युद्धमा अमेरिकाको ४८.३ अर्ब डलर खर्च

इरानसँग जारी युद्धमा अमेरिकाले हालसम्म ४८ अर्ब ३० करोड अमेरिकी डलर खर्च गरेको छ।

#अमेरिका
Compare →
Onlinekhabar
15h ago
अमेरिकालाई इरानको चेतावनी : सर्त नमाने युद्धको सामना गर

अमेरिकालाई इरानको चेतावनी : सर्त नमाने युद्धको सामना गर

४ मङ्सिर, तेहरान (रासस/एएनआई)। इरानले अमेरिकालाई आफ्नो सर्त स्वीकार गर्न वा पुनः युद्धको सामना गर्न चेतावनी दिएको छ । इरानले युद्ध र शान्तिबीचको अनिश्चित अवस्था स्वीकार नगर्ने स्पष्ट पार्दै कुनै पनि नयाँ आक्रमणको कडा प्रतिकार …

#अमेरिका
Compare →
Bizshala
1d ago
सुन–चाँदीको मूल्य एक वर्षयताकै न्यून विन्दु नजिक, आज कति पुग्यो ?

सुन–चाँदीको मूल्य एक वर्षयताकै न्यून विन्दु नजिक, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुन–चाँदीको मूल्य एक वर्षयताकै न्यून विन्दु नजिक पुगेको छ । पछिल्ला केही दिनयता लगातार मूल्य...

#वर्षयता
Compare →
Arthasansar
5d ago
अमेरिकाको मियामी विमानस्थलमा दुई विमान ठाेक्कीएर दुर्घटना

अमेरिकाको मियामी विमानस्थलमा दुई विमान ठाेक्कीएर दुर्घटना

अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार राति दुईवटा विमान आपसमा ठोक्किँदा दुई जना सामान्य घाइते भएका छन्। ट्याक्सीवेमा गुडिरहेका बेला कोपा...

#अमेरिका
Compare →

Related Stories

National (Nepal)
Build #2612