Trending
Prev Story
Next Story

अस्ट्रेलियामा गहिरिँदै रोजगारीको संकट : बेरोजगारी दर पाँच वर्षयताकै उच्च

Nagarik News •
November 19, 2026 • 02:51 PM
2
2 reads 0 reactions

अस्ट्रेलियामा बेरोजगारी दर पछिल्लो पाँच वर्षयताकै उच्च विन्दुमा पुगेको छ। रोजगारीमा रहेका व्यक्तिको संख्या घट्दै गएको र बेरोजगारको संख्या बढ्दै गएपछि अस्ट्रेलियाको श्रम बजारमा दबाब बढेको देखिएको छ।

अस्ट्रेलियामा गहिरिँदै रोजगारीको संकट : बेरोजगारी दर पाँच वर्षयताकै उच्च

अस्ट्रेलियामा बेरोजगारी दर पछिल्लो पाँच वर्षयताकै उच्च विन्दुमा पुगेको छ। रोजगारीमा रहेका व्यक्तिको संख्या घट्दै गएको र बेरोजगारको संख्या बढ्दै गएपछि अस्ट्रेलियाको श्रम बजारमा दबाब बढेको देखिएको छ।

अस्ट्रेलियाली तथ्यांक विभाग (एबीएस) ले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२६ को अक्टोबरमा बेरोजगारी दर बढेर ४.९ प्रतिशत पुगेको हो। यो सन् २०२१ को अक्टोबरयताकै उच्च दर हो। सेप्टेम्बरमा ४.७ प्रतिशत रहेको बेरोजगारी दर अक्टोबरमा बढेर ४.९ प्रतिशत पुगेको हो। अर्थशास्त्रीहरूले भने बेरोजगारी दर ४.७ प्रतिशतमै स्थिर रहने अनुमान गरेका थिए। तर सार्वजनिक तथ्यांकले उनीहरूको अनुमानभन्दा खराब अवस्था देखाएको छ।

तथ्यांक विभागका अनुसार अक्टोबरमा अस्ट्रेलियामा रोजगारीमा रहेका व्यक्तिको संख्या अघिल्लो महिनाको तुलनामा ४३ हजार ५०० ले घटेको छ। यसै अवधिमा बेरोजगार व्यक्तिको संख्या भने १७ हजार ८०० ले बढेको छ। अस्ट्रेलियन एसोसिएटेड प्रेसका अनुसार अर्थशास्त्रीहरूले अक्टोबरमा अर्थतन्त्रमा २० हजार नयाँ रोजगारी थपिने अपेक्षा गरेका थिए। तर अपेक्षाविपरीत रोजगारीको संख्या घटेको हो। यसअघि सेप्टेम्बरमा पनि रोजगारीमा रहेका व्यक्तिको संख्या ३९ हजार ३०० ले घटेको थियो।

अस्ट्रेलियामा बेरोजगारीको समस्या युवामा पनि तीव्र रूपमा देखिएको छ। तथ्यांक विभागका श्रम तथ्यांक प्रमुख शन क्रिकले सार्वजनिक गरेको विवरणअनुसार १५ देखि २४ वर्ष उमेर समूहका युवाको बेरोजगारी दर अक्टोबरमा बढेर ११.३ प्रतिशत पुगेको छ। सेप्टेम्बरमा ११.१ प्रतिशत रहेको युवा बेरोजगारी दर एक महिनामै बढेर ११.३ प्रतिशत पुगेको हो। यो पनि पाँच वर्षयताकै उच्च स्तर हो।

तथ्यांक विभागका अनुसार अक्टोबरमा रोजगारीमा रहेको जनसंख्याको अनुपात ०.३ प्रतिशत विन्दुले घटेर ६३.३ प्रतिशतमा झरेको छ। यो सन् २०२१ को डिसेम्बरयताकै न्यून स्तर हो। त्यस्तै, श्रमशक्ति सहभागिता दर पनि ०.२ प्रतिशत विन्दुले घटेर ६६.६ प्रतिशतमा पुगेको छ। श्रमशक्ति सहभागिता दरले काम गर्ने उमेरका जनसंख्यामध्ये कति व्यक्ति रोजगारीमा छन् वा रोजगारी खोजिरहेका छन् भन्ने देखाउँछ।

यसैगरी, अक्टोबरमा अस्ट्रेलियाली नागरिकले काम गरेको कुल समय अघिल्लो महिनाको तुलनामा ०.२ प्रतिशतले घटेको छ। लगातार दुई महिनासम्म रोजगारीमा रहेका व्यक्तिको संख्या घट्नु, बेरोजगारी दर बढ्नु र श्रमशक्ति सहभागिता दरमा कमी आउनुले अस्ट्रेलियाको श्रम बजारमा दबाब बढ्दै गएको संकेत गरेको छ।

यसैबिच, अस्ट्रेलियाको केन्द्रीय बैंक (रिजर्भ बैंक अफ अस्ट्रेलिया) ले पनि आगामी वर्षमा बेरोजगारी दर थप बढ्न सक्ने प्रक्षेपण गरेको छ। बैंकले नोभेम्बरमा सार्वजनिक गरेको आर्थिक प्रक्षेपणअनुसार सन् २०२६ को जुनमा ४.४ प्रतिशत रहेको बेरोजगारी दर डिसेम्बरमा ४.७ प्रतिशत पुग्ने अनुमान गरिएको छ। त्यस्तै, सन् २०२८ को अन्त्यसम्म बेरोजगारी दर ५.१ प्रतिशतसम्म पुग्न सक्ने बैंकको अनुमान छ।

विशेषगरी युवा उमेर समूहमा बेरोजगारी दर पाँच वर्षयताकै उच्च स्तरमा पुग्नु अस्ट्रेलियाको श्रम बजारका लागि चिन्ताको विषय बनेको छ। रोजगारीका अवसर घट्दै जाने र बेरोजगारको संख्या बढ्दै जाने अवस्था कायम रहेमा काम खोजिरहेका युवा तथा नयाँ रोजगारीमा प्रवेश गर्न चाहने व्यक्तिले आगामी दिनमा थप चुनौती सामना गर्नुपर्ने देखिन्छ। एजेन्सी

प्रकाशित: ३ मंसिर २०८३ २०:३६ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
36m ago
अस्ट्रेलियामा बेरोजगारी दर पाँच वर्षयताकै उच्च बिन्दुमा

अस्ट्रेलियामा बेरोजगारी दर पाँच वर्षयताकै उच्च बिन्दुमा

एजेन्सी । अस्ट्रेलियामा बेरोजगारी दर पाँच वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । बिहीबार सार्वजनिक सरकारी तथ्यांकअनुसार सन् २०२६ को अक्टोबरमा अस्ट्रेलियाको बेरोजगारी दर बढेर ४.९ प्रतिशत पुगेको हो। यो स...

#बेरोजगारी #अस्ट्रेलिया #पुगे
Compare →
Onlinekhabar
1h ago
अस्ट्रेलियामा बेरोजगारी दर पाँच वर्षयताकै उच्च

अस्ट्रेलियामा बेरोजगारी दर पाँच वर्षयताकै उच्च

३ मङ्सिर, क्यानबेरा (रासस/सिन्ह्वा)। अस्ट्रेलियामा बेरोजगारी दर पाँच वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । बिहीबार सार्वजनिक सरकारी तथ्यांकअनुसार सन् २०२६ को अक्टोबरमा अस्ट्रेलियाको बेरोजगारी दर बढेर ४.९ प्रतिशत पुगेको हो। यो सन् २०२१ को अक्टोबरयताकै उच्च …

#बेरोजगारी #अस्ट्रेलिया #पुगे
Compare →
Bizshala
8h ago
सुन–चाँदीको मूल्य एक वर्षयताकै न्यून विन्दु नजिक, आज कति पुग्यो ?

सुन–चाँदीको मूल्य एक वर्षयताकै न्यून विन्दु नजिक, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुन–चाँदीको मूल्य एक वर्षयताकै न्यून विन्दु नजिक पुगेको छ । पछिल्ला केही दिनयता लगातार मूल्य...

#वर्षयता
Compare →
Ekantipur
11h ago
दक्षिण अस्ट्रेलियामा नेपाल महोत्सवको तयारी पूरा, पहिलोपटक राज्यका प्रिमियर सहभागी हुँदै

दक्षिण अस्ट्रेलियामा नेपाल महोत्सवको तयारी पूरा, पहिलोपटक राज्यका प्रिमियर सहभागी हुँदै

कार्यक्रममा नेपालको कलासंस्कृति झल्काउन सोही दिन बिहान नेपाल परेडको आयोजना गरिएको छ । उक्त परेडमा नेपाली पोसाक लगाएका विभिन्न जातजाति तथा भेषभूषामा सजिएका नेपालीले परम्परागत झाँकी तथा नृत्यसहित नेपाली र अस्ट्रेलियाली झण्डा फहराउँदै परिक्रमा गर्नेछन् ।

#अस्ट्रेलिया
Compare →

Related Stories

World News
Build #2612