Trending
Prev Story
Next Story

एनपीएलमा साविक विजेताको वर्चस्व कि नयाँ च्याम्पियनको उदय ?

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions 4 comments

४ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्। शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने फाइनलमा दुवै टोलीको लक्ष्य उपाधि जित्नु हुनेछ। तर, यसपटकको फाइनलले अघिल्लो …

1 / 5
Swipe Photos

४ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने फाइनलमा दुवै टोलीको लक्ष्य उपाधि जित्नु हुनेछ। तर, यसपटकको फाइनलले अघिल्लो संस्करणको इतिहास दोहोर्‍याउने वा नयाँ इतिहास बनाउनेमध्ये एउटा नतिजा दिनेछ।

गत संस्करणको फाइनलमा पनि यी दुई टोली आमनेसामने भएका थिए। त्यतिबेला लुम्बिनीले सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि जितेको थियो। यसपटक पनि फाइनलमा भेट भएपछि लुम्बिनी लगातार दोस्रोपटक उपाधि जित्ने लक्ष्यमा हुनेछ भने सुदूरपश्चिमसँग अघिल्लो फाइनलको हारको बदला लिने अवसर हुनेछ।

यस संस्करणमा लुम्बिनी र सुदूरपश्चिमबीच यो तेस्रो भेट हुनेछ। लिग चरणको पहिलो खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले हराएको थियो। पहिलो क्वालिफायरमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

त्यसैले यसपटक सुदूरपश्चिमलाई लुम्बिनीविरुद्ध पहिलो जित निकाल्दै उपाधि उचाल्ने चुनौती छ। लुम्बिनीका कप्तान रोहित पौडेललाई लगातार दुई उपाधि जित्ने पहिलो कप्तान बन्ने अवसर पनि छ ।

कप्तान रोहितले फाइनलका लागि तयार रहेको बताएका छन् । ‘हामीले दुई दिन राम्रोसँग रेस्ट गरेका छौं र आज अभ्यास गरेका छौं । जे कुरामा काम गर्नुपर्ने छ त्यसमा काम गरेका छौं । भोलिका लागि तयार छौं अनि उत्साहित पनि छौं’ रोहितले भनेका छन् ।

‘हामीमा अहिले कुनैपनि अवस्थाबाट जित्न सक्छौं भन्ने कन्फिडेन्स आएको छ । राम्रो क्रिकेट खेल्नुपर्छ । बेस्ट गेम खेल्यौं भने जित्न सक्छौं’ रोहितले भने ।

यस्तै सुदूरका कप्तान दीपेन्द्रले पनि फाइनलका लागि तयार रहेको बताए । ‘भोलिको लागि रेडी छौं, पछिल्ला खेलहरू नै हाम्रो लागि तयारीजस्तै हो’ उनले छोटकरीमा भने ।

लुम्बिनीले प्रतियोगिताको सुरुवातदेखि नै निरन्तर राम्रो प्रदर्शन गर्दै आएको छ। पहिलो खेलमै सुदूरपश्चिमलाई हराएको लुम्बिनीको दोस्रो खेल चितवनसँग वर्षाका कारण रद्द भएको थियो।

त्यसपछि पोखरा र जनकपुरलाई हराएको लुम्बिनी पाँचौं खेलमा काठमाडौँसँग पराजित भयो। तर, त्यसपछि कर्णाली र विराटनगरलाई हराउँदै लिग चरणको शीर्ष स्थानमा रह्यो।

पहिलो क्वालिफायरमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई नै पराजित गर्‍यो। यससँगै टोलीले सिधै फाइनलमा स्थान बनायो। प्रतियोगिताभर स्थिर प्रदर्शन गरेको लुम्बिनीले फाइनलसम्म आइपुग्दा आफ्नो लय कायम राखेको छ।

सुदूरपश्चिमको यात्रा भने केही उतारचढावपूर्ण रह्यो। पहिलो खेलमा लुम्बिनीसँग पराजित भएपछि टोलीले पोखरालाई हराउँदै पुनरागमन गर्‍यो। तेस्रो खेलमा विराटनगरसँग पराजित भए पनि त्यसपछि चितवन, कर्णाली, जनकपुर र काठमाडौँलाई लगातार हराउँदै लिग चरणमा दोस्रो स्थान हासिल गर्‍यो।

पहिलो क्वालिफायरमा लुम्बिनीसँग पराजित भएपछि सुदूरपश्चिमले दोस्रो क्वालिफायर खेल्नुपरेको थियो। त्यहाँ चितवनलाई हराउँदै टोलीले फाइनलमा स्थान सुरक्षित गर्‍यो।

यसरी सुदूरपश्चिमले लगातार दुई खेल जित्दै लगातार तेस्रोपटक उपाधि भिडन्तसम्मको यात्रा तय गरेको छ।

एनपीएल इतिहासमा यी दुई टोली हालसम्म ५ पटक आमनेसामने भएका छन्। लुम्बिनीले ३ खेल जित्दा सुदूरले २ खेल जितेको छ । पछिल्ला ३ भेटमा लुम्बिनीले लगातार सुदूरलाई हराएको छ ।

‘पछिल्ला ३ खेल हामीले जितेका छौं तर त्यसभन्दा अगाडि २ खेलमा उनीहरूले पनि जितेका छन् । क्रिकेट हो जे पनि हुनसक्छ । अहिले हामी राम्रो खेलिरहेका छौं । पछिल्ला खेलले भोलिलाई अर्थ राख्दैन, राम्रो खेल्नैपर्छ’ रोहितले भनेका छन् ।

यता दीपेन्द्रले लुम्बिनीको बलिङ लाइनअप राम्रो रहेको र त्यसलाई खेल्नेबारेमा टिममा छलफल भइसकेको बताए ।

लुम्बिनीले प्रतियोगिताभर आफ्नो टोलीमा धेरै परिवर्तन गरेको छैन। नियमित खेलाडीलाई निरन्तरता दिँदै आएको टोलीले पहिलो क्वालिफायरमा पनि सन्तुलित प्रदर्शन गरेको थियो। त्यसैले फाइनलमा पनि पहिलो क्वालिफायरकै टोलीलाई निरन्तरता दिने सम्भावना छ।

लुम्बिनीको ब्याटिङमा डार्सी सर्ट, निरोशन डिक्वेला, कप्तान रोहित पौडेल र सन्दीप जोरा महत्त्वपूर्ण हुनेछन्। बलिङमा रुबेन ट्रम्पलमन, शेर मल्ल र किशोर महतोको भूमिका रहनेछ। टोलीको बलियो पक्ष ब्याटिङ र बलिङ दुवैमा अनुभवी तथा प्रभावकारी खेलाडीको उपलब्धता हो।

सुदूरपश्चिमले भने प्रतियोगिताका विभिन्न चरणमा टोलीमा परिवर्तन गर्दै आएको छ। तर, दोस्रो क्वालिफायरमा चितवनलाई हराएको टोलीले फाइनलमा पनि सोही विजयी संयोजनलाई निरन्तरता दिने सम्भावना छ।

ब्याटिङमा कप्तान दीपेन्द्रसिंह ऐरी, जर्ज मन्से, इशान पान्डे र थरिन्दु रत्नायके महत्त्वपूर्ण हुनेछन्। बलिङमा स्कट कुग्लेइन, हेमन्त धामी र थरिन्दुको भूमिका रहनेछ।

लुम्बिनी लायन्स (सम्भावित ११) : रोहित पौडेल (कप्तान), डार्शी शर्ट, आसिफ शेख, निरोशन डिक्वेला दिलिप नाथ, अली शेख, सन्दीप जोरा, रुबेन ट्रम्पलमन, शेर मल्ल, अभिशेष गौतम, किशोर महतो

सुदूरपश्चिम रोयल्स (सम्भावित ११) : दीपेन्द्रसिंह ऐरी (कप्तान), विनोद भण्डारी, जर्ज मन्से, इशान पान्डे, आरिफ शेख, थरिन्दु रथ्नायके, फेबियन एलेन/सेफ जैब, स्कट कुग्लेइन, हेमन्त धामी, अनिल खरेल, दिपक बोहरा

लुम्बिनीका लागि ब्याटिङमा डार्शी शर्ट र निरोशन डिक्वेला मुख्य खेलाडी हुनेछन्। शर्टले पावरप्लेमा आक्रामक सुरुवात दिलाउन सक्छन्। उनको सुरुवातले लुम्बिनीलाई बलियो योगफल बनाउन सहज हुनेछ। डिक्वेलाले पहिलो क्वालिफायरमा सुदूरपश्चिमविरुद्ध अर्धशतक प्रहार गरेका थिए। फाइनलमा पनि उनीबाट त्यस्तै प्रदर्शनको अपेक्षा हुनेछ।

बलिङतर्फ रुबेन ट्रम्पलमन र शेर मल्ल महत्त्वपूर्ण हुनेछन्। ट्रम्पलमनले पावरप्लेमा प्रभावकारी बलिङ गर्दै नियमित विकेट लिइरहेका छन्। उनको सुरुवाती ओभरले सुदूरपश्चिमको ब्याटिङलाई दबाबमा राख्न सक्छ। त्यस्तै, मिस्ट्री स्पिनर शेर मल्लको बलिङ सुदूरपश्चिमका बाँयाहाते ब्याटरका लागि चुनौती बन्न सक्छ।

सुदूरपश्चिमका लागि ब्याटिङमा कप्तान दीपेन्द्रसिंह ऐरी र थरिन्दु रत्नायके हेर्नलायक हुनेछन्। दीपेन्द्रले प्रतियोगिताभर ब्याटबाट टोलीलाई आवश्यक समयमा योगदान दिँदै आएका छन्। दोस्रो क्वालिफायरमा चितवनविरुद्ध थरिन्दुले अविजित अर्धशतक बनाएका थिए। फाइनलमा पनि उनको ब्याटिङ सुदूरपश्चिमका लागि महत्त्वपूर्ण हुनेछ।

बलिङमा स्कट कुग्लेइन र थरिन्दु रत्नायकेको भूमिका निर्णायक हुन सक्छ। कुग्लेइनको पावरप्ले बलिङले लुम्बिनीका ओपनरलाई सुरुमै दबाबमा राख्न सक्छ। थरिन्दु भने दुवै हातले बलिङ गर्न सक्ने खेलाडी हुन्। उनको बलिङको विविधताले लुम्बिनीका ब्याटरलाई रन बनाउन कठिन बनाउन सक्छ।

खेल : लुम्बिनी लायन्स भर्सेस् सुदूरपश्चिम रोयल्स, फाइनल मिति र समय : मंसिर ५ शनिबार, साँझ ५ बजेदेखि स्थान : त्रिवि क्रिकेट मैदान, कीर्तिपुर मौसम : सफा

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
6h ago
रोहित र दीपेन्द्रको प्रतिष्ठा भिडन्त : एनपीएल उपाधिसँगै कसको पोल्टामा जाला ‘कार’ ?

रोहित र दीपेन्द्रको प्रतिष्ठा भिडन्त : एनपीएल उपाधिसँगै कसको पोल्टामा जाला ‘कार’ ?

काठमाडौं – कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण उपाधि भिडन्तको सँघारमा आइपुगेको छ। बिहीबार सम्पन्न दोस्रो क्वालिफायरमा चितवन राइन...

#एनपीएल #प्रिमियर-लिग #फाइनल
Compare →
Nagarik News
1d ago
एनपीएल फाइनल शनिबार: उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएल फाइनल शनिबार: उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स भिड्ने भएका छन्।

#एनपीएल #प्रिमियर-लिग #फाइनल
Compare →
Bizshala
4h ago
एनपीएल फाइनलको टिकट केही मिनेटमै सकियो, एकैपटक दुई लाखले खोजे टिकट

एनपीएल फाइनलको टिकट केही मिनेटमै सकियो, एकैपटक दुई लाखले खोजे टिकट

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलका लागि टिकट खरिद गर्न खोज्ने दर्शकको अत्यधिक चाप...

#एनपीएल #प्रिमियर-लिग #फाइनल
Compare →
Arthasansar
1h ago
टिकट खुल्नासाथ ‘सोल्ड आउट’ भएपछि इसेवामाथि आक्रोश, पारदर्शितामाथि उठ्यो प्रश्न

टिकट खुल्नासाथ ‘सोल्ड आउट’ भएपछि इसेवामाथि आक्रोश, पारदर्शितामाथि उठ्यो प्रश्न

शनिबार हुने नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट बिक्रीलाई लिएर इसेवा विवादमा परेको छ। सुदूरपश्चिम रोयल्स र लुम्बिनी...

#एनपीएल #प्रिमियर-लिग #फाइनल
Compare →
Ekantipur
31m ago
एनपीएल उपाधिका लागि मैदान उत्रँदा दुवै कप्तान आत्मविश्वासी

एनपीएल उपाधिका लागि मैदान उत्रँदा दुवै कप्तान आत्मविश्वासी

एनपीएलको फाइनलमा आमनेसामने हुन लागेका लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल र सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरी दुवै आफ्नो टिमको तयारी राम्रो रहेको बताउँछन् । रोहितले टिमको लय र पछिल्ला खेलको प्रदर्शनलाई जितको आधार मानेका छन् भने दीपेन्द्रले लुम्बिनीको बलिङ आक्रमण सामना गर्ने योजना बनाइसकेको बताएका छन् ।

#एनपीएल #लुम्बिनी
Compare →

Related Stories

Sports
Build #2612