Trending
Prev Story
Next Story

विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा दीपेश महतलाई ऐतिहासिक रजत पदक

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions 4 comments

४ मंसिर, काठमाडौं । नेपाली पारा तेक्वान्दो खेलाडी दीपेश महतले दक्षिण कोरियामा जारी ११औं विश्व पारा तेक्वान्दो च्याम्पियनसिप (जी–१४) मा रजत पदक जितेका छन् । दक्षिण कोरियाको मुजुस्थित तेक्वान्दोवनमा बिहीबार भएको प्रतियोगिताको पुरुष ५८ केजीमुनि के–४१ …

विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा दीपेश महतलाई ऐतिहासिक रजत पदक

४ मंसिर, काठमाडौं । नेपाली पारा तेक्वान्दो खेलाडी दीपेश महतले दक्षिण कोरियामा जारी ११औं विश्व पारा तेक्वान्दो च्याम्पियनसिप (जी–१४) मा रजत पदक जितेका छन् ।

दक्षिण कोरियाको मुजुस्थित तेक्वान्दोवनमा बिहीबार भएको प्रतियोगिताको पुरुष ५८ केजीमुनि के–४१ विधामा महतले रजत पदक जितेको प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिए ।

महतले सेमिफाइनलमा टर्कीका कोसे सबितलाई १४–४ ले नकआउट गर्दै फाइनलमा स्थान बनाएका थिए । तर, स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा रुसका रिनात इयाकुपोभसँग पराजित भएपछि उनले रजत पदकमा चित्त बुझाए ।

तीन राउन्डकोप्रतिस्पर्धामा पहिलो राउन्डमा महत २३–२२ ले पराजित भए । दोस्रो राउन्ड २२–२२ को बराबरीमा सकिएको थियो भने तेस्रो राउन्डमा २२–२० ले आफ्नो पक्षमा पार्दै रुसी खेलाडीले स्वर्ण जिते ।

यससँगै नेपालले १२ वर्षपछि विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा पदक जितेको छ । यसअघि सन् २०१४ मा रुसमा भएको पाँचौं संस्करणमा यादव कुँवरले नेपालका लागि रजत पदक जितेका थिए । पाराओलम्पिक पछि विश्व च्याम्पियनसीप ठूलो प्रतियोगिता हो ।

प्रतियोगितामा ६४ देशका २४५ खेलाडीले सहभागिता जनाएका छन् । नेपाली टोलीको व्यवस्थापकमा हेमन्त डाँगी र प्रशिक्षकमा कविराज नेगी लामा छन् ।

यसैगरी, अर्का नेपाली खेलाडी अमिर ब्लोनले नोभेम्बर २१ मा इरानका अलिजादेह अरब ए.सँग प्रतिस्पर्धा गर्ने प्रशिक्षक लामाले जानकारी दिए । प्रतियोगिताको उद्घाटन समारोहमा नेपालको झण्डा अमिर ब्लोनले बोकेका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
12m ago
तेक्वान्दाे: दिपेशले विश्व पारा तेक्वान्दोमा जिते रजत पदक

तेक्वान्दाे: दिपेशले विश्व पारा तेक्वान्दोमा जिते रजत पदक

नेपालका पारा तेक्वान्दाे खेलाडी दिपेश महतले दक्षिण कोरियाको मुजुमा आयोजित ११ औं विश्व पारा तेक्वान्दो च्याम्पियनसिप जी१४ विधामा रजत पदक जितेका छन् ।

#पदक #पारा #तेक्वान्दो
Compare →
Nagarik News
1d ago
दशौँ राष्ट्रिय खेलकुद : रजत र कास्य पदक विजेताले नगद पुरस्कार पाउने

दशौँ राष्ट्रिय खेलकुद : रजत र कास्य पदक विजेताले नगद पुरस्कार पाउने

कर्णाली प्रदेशमा आयोजना हुन गइरहेको बहुप्रतिक्षित दशौँ राष्ट्रिय खेलकुदमा रजत र कास्य पदक विजेता खेलाडीहरूलाई नगद पुरस्कारको पनि व्यवस्था गरिएको छ।

#पदक #रजत
Compare →
Hamro Patro News
5d ago
तेक्वान्दो खेलाडी वैभवीलाई थाइल्यान्डमा दुई पदक

तेक्वान्दो खेलाडी वैभवीलाई थाइल्यान्डमा दुई पदक

तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा सम्पन्न बैंकक खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाललाई दुई पदक दिलाएकी छिन्। नेपालबाट एकमात्र सहभागी खेलाडी वैभवीले क्योरुगी विधामा र...

#पदक #तेक्वान्दो
Compare →

Related Stories

World News
Build #2612