Trending
Prev Story
Next Story

दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी

Ekantipur •
November 19, 2026 • 04:31 PM
7
7 reads 0 reactions

शुक्रबार हुने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, अफगानिस्तान र इथोपियाका गरी करिब ७ सय ५० खेलाडी सहभागी हुने बताइएको छ ।

दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी

शुक्रबार हुने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, अफगानिस्तान र इथोपियाका गरी करिब ७ सय ५० खेलाडी सहभागी हुने बताइएको छ ।

काठमाडौँ — नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) को आयोजनामा हुने आठौं दक्षिण एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगिताको तयारी पूरा भएको छ ।

शुक्रबार सुरु हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजक महासंघका महासचिव घमबहादुर थापाले जनाएका छन् । प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, अफगानिस्तान र इथोपियाका गरी करिब ७ सय ५० खेलाडी सहभागी हुने बताइएको छ ।

प्रतियोगितामा जुनियर, क्याडेट, युथ, एडल्ट र भेट्रानमा सिंगल/ग्रुप स्पाइरिङ र प्याटर्न तथा सेल्फ डिफेन्स विधामा प्रतिस्पर्धा हुनेछ । कुल ३ सय ६० स्वर्णका लागि भिडन्त हुनेछ ।

दक्षिण एसियाली आईटीएफ तेक्वान्दो महासंघका अध्यक्ष ग्रान्ड मास्टर राजेन्द्रन बलान र महासचिव महासचिव अब्दु रहिमन मंगला सेरीलगायतको टोली पनि काठमाडौं आइसकेको आयोजक महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीले बताए ।

सहभागी सबै राष्ट्रबाट सहभागी हुने खेलाडी र अफिसियल काठमाडौं आइसकेको महासचिव थापाले बताए । तीनदिने प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल हुनेछ ।

नेपालले दक्षिण एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगिता आयोजना गर्न लागेको यो पाँचौं पटक हो । बाँकी ३ संस्करण भारतले आयोजना गरेको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1h ago
स्थानीय निर्वाचनको तयारी : शीर्ष नेताहरूसँग आयोगको छलफल (तस्वीरहरू)

स्थानीय निर्वाचनको तयारी : शीर्ष नेताहरूसँग आयोगको छलफल (तस्वीरहरू)

४ मंसिर, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको तयारी अगाडि बढाएको छ । यस अन्तर्गत राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरू छलफल गरिरहेको छ । निर्वाचन आयोगमा जारी छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि …

#तयारी
Compare →
Bizshala
1h ago
स्थानीय तहको निर्वाचन तयारीमा आयोगको सक्रियता तीव्र, आज राष्ट्रिय दलहरूसँग छलफल

स्थानीय तहको निर्वाचन तयारीमा आयोगको सक्रियता तीव्र, आज राष्ट्रिय दलहरूसँग छलफल

काठमाण्डौ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि...

#तयारी
Compare →
Nagarik News
6h ago
आयोगले थाल्यो स्थानीय निर्वाचनको तयारी, आज दलहरूसँग छलफल

आयोगले थाल्यो स्थानीय निर्वाचनको तयारी, आज दलहरूसँग छलफल

निर्वाचनको तयारीस्वरुप आयोगले राजनीतिक दलहरूसँग छलफल एवं परामर्श सुरु गरेको हो।

#तयारी
Compare →
Hamro Patro News
18h ago
विवाहपञ्चमी महोत्सवको तयारी सुरु

विवाहपञ्चमी महोत्सवको तयारी सुरु

• जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको तयारी सुरु भएको छ, जसमा महन्थ रामतपेश्वर दासको अध्यक्षतामा सर्वपक्षिय बैठकले उपसमितिहरु गठन गर्ने निर्णय गरेको छ। • महोत्सवका कार्यक्रम ७ दिनसम्म सञ्चालन हुनेछन्…

#तयारी
Compare →

Related Stories

Sports
Build #2612