Trending
Prev Story
Next Story

दिल्लीमा पर्यटन प्रवर्द्धन गर्न ‘नेपाल कलिङ’ कार्यक्रम

Ekantipur •
November 19, 2026 • 04:31 PM
6
6 reads 0 reactions

नयाँ दिल्लीमा बुधबार आयोजित कार्यक्रममा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल, भारतका पर्यटन तथा संस्कृतिमन्त्री गजेन्द्रसिंह शेखावत र उत्तराखण्डका संस्कृति तथा पर्यटनमन्त्री सत्पाल महाराजलगायतको उपस्थिति रहेको थियो।

दिल्लीमा पर्यटन प्रवर्द्धन गर्न ‘नेपाल कलिङ’ कार्यक्रम

नयाँ दिल्लीमा बुधबार आयोजित कार्यक्रममा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल, भारतका पर्यटन तथा संस्कृतिमन्त्री गजेन्द्रसिंह शेखावत र उत्तराखण्डका संस्कृति तथा पर्यटनमन्त्री सत्पाल महाराजलगायतको उपस्थिति रहेको थियो।

काठमाडौँ — नेपाल पर्यटन बोर्ड र नयाँ दिल्लीस्थित नेपाली दूतावासको संयुक्त आयोजनामा ‘नेपाल कलिङ’ गन्तव्य प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ।

भारतको नयाँ दिल्लीमा बुधबार आयोजित कार्यक्रममा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल, भारतका पर्यटन तथा संस्कृतिमन्त्री गजेन्द्रसिंह शेखावत र उत्तराखण्डका संस्कृति तथा पर्यटनमन्त्री सत्पाल महाराजलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपालको आध्यात्मिक, धार्मिक, साहसिक, सांस्कृतिक तथा वेलनेस पर्यटनका सम्भावना र आकर्षणहरू प्रस्तुत गरिएको थियो। साथै, नेपाल भारतीय पर्यटकका लागि खुला, सुरक्षित र स्वागत गर्न तयार रहेको सन्देश दिइएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटनमन्त्री पौडेलले नेपाल र भारतबीचको सम्बन्ध कूटनीतिमा मात्र सीमित नभई साझा संस्कृति, सभ्यता र जनस्तरको आत्मीयतामा आधारित रहेको बताएका थिए। उनले पर्यटनले दुई देशका नागरिकबीचको सम्बन्ध थप सुदृढ बनाउनुका साथै आर्थिक अवसर विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। नेपालका धार्मिक, प्राकृतिक, सांस्कृतिक, साहसिक तथा आरोग्य पर्यटन भारतीय पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्ने उनको भनाइ थियो।

भारतीय पर्यटकको नेपाल आगमन बढाउन हवाई तथा स्थलमार्गको सम्पर्क विस्तार, सहज आवागमन र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको पनि मन्त्री पौडेलले जोड दिएको मन्त्रालयले जनाएको छ।

कार्यक्रममा भारतीय पर्यटन व्यवसायीहरूको संस्था भारतीय भ्रमण सञ्चालक संघ र नेपालको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सका प्रतिनिधि तथा पर्यटन क्षेत्रका अगुवाहरूको सहभागिता थियो। कार्यक्रम नेपाल र भारतबीच पर्यटन सम्पर्क विस्तार, व्यावसायिक सहकार्य अभिवृद्धि तथा जनस्तरको सम्बन्ध थप मजबुत बनाउने साझा प्रतिबद्धतासहित सम्पन्न भएको आयोजकले जनाएको छ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
23h ago
नेपाल-भारत सम्बन्धलाई पर्यटनमार्फत थप सुदृढ बनाउन सकिन्छ : मन्त्री पौडेल

नेपाल-भारत सम्बन्धलाई पर्यटनमार्फत थप सुदृढ बनाउन सकिन्छ : मन्त्री पौडेल

३ मंसिर, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई पर्यटन, हवाई सम्पर्क तथा जनस्तरको आदानप्रदानमार्फत थप सुदृढ बनाउनुपर्ने बताएका छन् । नेपाल पर्यटन बोर्ड र नयाँदिल्लीस्थित नेपाली राजदूतावासद्वारा बुधबार …

#पर्यटन #भारत
Compare →
Nagarik News
1d ago
पर्यटन र हवाई सम्पर्कबाट नेपाल–भारत सम्बन्ध थप बलियो बनाउन मन्त्री पौडेलको जोड

पर्यटन र हवाई सम्पर्कबाट नेपाल–भारत सम्बन्ध थप बलियो बनाउन मन्त्री पौडेलको जोड

उनले नेपाललाई भारतीय पर्यटकका लागि सहज, सुरक्षित र आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न दुवै देशबीच सहकार्य विस्तार आवश्यक रहेको बताए।

#पर्यटन #भारत
Compare →
Hamro Patro News
32m ago
प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमणमा आइतबार नयाँदिल्ली जाँदै, सोमबार नै फर्कने

प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमणमा आइतबार नयाँदिल्ली जाँदै, सोमबार नै फर्कने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आगामी आइतबार भारतको राजकीय भ्रमणमा जाने भएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाहले भारतको द्विदिवसीय भ्रमण गर्न लागेका ह...

#भारत #दिल्ली
Compare →

Related Stories

National (Nepal)
Build #2612