Trending
Prev Story
Next Story

निर्माण आयोजनाको सबै जोखिम ठेकेदारमाथि थोपर्न पाइँदैन : अध्यक्ष पाण्डे

Bizshala •
November 20, 2026 • 09:05 AM
2
2 reads 0 reactions

काठमाण्डौ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण आयोजनामा देखिने सबै प्रकारका जोखिम...

निर्माण आयोजनाको सबै जोखिम ठेकेदारमाथि थोपर्न पाइँदैन : अध्यक्ष पाण्डे

काठमाण्डौ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण आयोजनामा देखिने सबै प्रकारका जोखिम निर्माण व्यवसायीमाथि मात्रै थोपर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन्।

शुक्रबार राजधानीमा आयोजित ‘बिजनेस अपर्चुनिटी सेमिनार’लाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले जग्गा प्राप्ति, वन स्वीकृति, मूल्यवृद्धि तथा भुक्तानीमा हुने ढिलाइका कारण निर्माण व्यवसायीले ठूलो समस्या भोग्नुपरेको बताए।

एसियाली विकास बैंक, विश्व बैंक र एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकको संयुक्त आयोजनामा भएको कार्यक्रममा उनले निर्माण क्षेत्रको विकासका लागि सरकारी निकाय, विकास साझेदार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको धारणा राखे।

अध्यक्ष पाण्डेले नेपाली निर्माण कम्पनीहरूको क्षमता अभिवृद्धि गरी अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि तयार बनाउनुपर्नेमा जोड दिए। निर्माण व्यवसायीले पनि आफ्नो कार्यक्षमता, सुशासन र व्यावसायिक मापदण्ड सुधार गर्दै जानुपर्ने उनको भनाइ थियो।

उनले विकास साझेदारहरूको लगानीमा सञ्चालित आयोजनामा नेपाली निर्माण कम्पनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न आग्रह गरे।

आयोजना तथा बोलपत्रसम्बन्धी सूचना समयमै उपलब्ध गराउनुपर्ने, सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी र निष्पक्ष बनाउनुपर्ने तथा निर्माण कम्पनीको वास्तविक क्षमताका आधारमा ठेक्का मूल्यांकन गर्नुपर्ने विषयमा उनले जोड दिए।

पाण्डेले जग्गा प्राप्ति र वन स्वीकृतिमा हुने ढिलाइ, निर्माण सामग्रीको मूल्यवृद्धि तथा समयमै भुक्तानी नपाउने समस्याको सम्पूर्ण जिम्मेवारी निर्माण व्यवसायीलाई मात्रै दिन नहुने बताए।

मध्यपूर्वको युद्धका कारण पेट्रोलियम पदार्थको मूल्यमा भएको अस्वाभाविक वृद्धिले निर्माण आयोजनाको लागत बढाएको भन्दै उनले चालु आयोजनामा समेत उचित मूल्य समायोजन र क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने माग गरे।

गुणस्तरीय निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न आयोजना व्यवस्थापन, जोखिम बाँडफाँट, वित्तीय व्यवस्थापन तथा सम्बन्धित निकायबीचको समन्वयमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा सहभागी विश्व बैंक, एसियाली विकास बैंक र एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकका वरिष्ठ प्रतिनिधिहरूले अध्यक्ष पाण्डेले उठाएका विषय नेपालको पूर्वाधार विकासका सन्दर्भमा सान्दर्भिक रहेको बताएका थिए।

कार्यक्रममा पूर्वाधार क्षेत्रमा क्रियाशील निर्माण व्यवसायी, परामर्शदाता तथा विकास साझेदार संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
5h ago
विकास आयोजना समयमै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन

विकास आयोजना समयमै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले धनुषामा सञ्चालित तथा प्रस्तावित विकास आयोजनाको स्थलगत अनुगमन गर्दै निर्माणकार्य तीव्र पार्न निर्देशन दिएका छन्।

#आयोजना #विकास
Compare →
Onlinekhabar
1d ago
विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन आवश्यक : सभामुख

विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन आवश्यक : सभामुख

३ मंसिर, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले विकास पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन र जोखिम मूल्याङ्कनलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । नेपाल भौगर्भिक समाजद्वारा यहाँ आयोजित भौगर्भिक सम्मेलनमा उनले सडक, सुरुङमार्ग, जलविद्युत् आयोजना, विमानस्थल तथा सहरी पूर्वाधार …

#जोखिम #विकास
Compare →
Ekantipur
1h ago
आफैंसँगको प्रेममा छिन् ‘ब्रेकअप लेडी’ अनन्या पाण्डे ?

आफैंसँगको प्रेममा छिन् ‘ब्रेकअप लेडी’ अनन्या पाण्डे ?

अनन्याले भनेकी छन्, ‘यो सत्य हो कि म केही सम्बन्धहरूबाट गुज्रिसकेकी छु । तर इमानदारीपूर्वक भन्नुपर्दा, मलाई ती सम्बन्धहरुमा कुनै कमजोरी वा खराबी छ जस्तो लाग्दैन ।’

#पाण्डे
Compare →
Hamro Patro News
17h ago
भारतले यति छिटो किन बुझ्यो राजदूत पाण्डेको ओहदाको प्रमाणपत्र ?

भारतले यति छिटो किन बुझ्यो राजदूत पाण्डेको ओहदाको प्रमाणपत्र ?

काठमाडौँ । भारतका लागि नेपालका नवनियुक्त राजदूत डा. निश्चलनाथ पाण्डेले आज भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् । प्रमाणपत्र बुझाएपछि उनले राष्ट्रपति मुर्मुसँग श...

#पाण्डे
Compare →

Related Stories

Business & Economy
Build #2612