Trending
Prev Story
Next Story

चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा

Onlinekhabar •
November 20, 2026 • 02:01 AM
6
6 reads 0 reactions

४ मंसिर, काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा उनीहरूलाई एकदेखि दुई वर्षसम्म कालोसूचीमा राख्ने निर्णय गरेको …

चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा

४ मंसिर, काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा उनीहरूलाई एकदेखि दुई वर्षसम्म कालोसूचीमा राख्ने निर्णय गरेको हो ।

कालोसूचीमा पर्नेमा जाजरकोटको मालिका बस्नेत निर्माण सेवा, कञ्चनपुरको पञ्चकोटी निर्माण सेवा, बाँकेको आदित्य सप्लायर्स र काठमाडौंको उज्यालो निर्माण सेवा प्रालि रहेका छन् ।

कार्यालयका अनुसार सडक डिभिजन चौरजहारी, रुकुम पश्चिमको सिफारिसमा मालिका बस्नेत निर्माण सेवालाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । उक्त निर्माण सेवाका मुख्य व्यक्ति शान्तबहादुर बस्नेत हुन् ।

त्यस्तै, सडक डिभिजन महेन्द्रनगर, कञ्चनपुरको सिफारिसमा पञ्चकोटी निर्माण सेवालाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । उक्त कम्पनीका मुख्य व्यक्ति हरिस सिंह बुढाल हुन् ।

तेह्रथुमस्थित लालीगुराँस नगरपालिकाको सिफारिसमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१० मा रहेको आदित्य सप्लायर्सलाई पनि दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । उक्त सप्लायर्सकी मुख्य व्यक्ति लिला देवी शाह हुन् ।

यसैगरी, नेपाल कृषि अनुसन्धान परिषद्को सिफारिसमा काठमाडौं महानगरपालिका–३५, सुविधानगरस्थित उज्यालो निर्माण सेवा प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । उक्त कम्पनीका मुख्य व्यक्ति सुरेश पण्डित हुन् ।

कार्यालयले कालोसूचीमा राखिएका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Bizshala
1h ago
चार निर्माण कम्पनी कालोसूचीमा, दुई वर्षसम्म खरिद प्रक्रियामा रोक

चार निर्माण कम्पनी कालोसूचीमा, दुई वर्षसम्म खरिद प्रक्रियामा रोक

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई एकदेखि दुई वर्षसम्मका...

#कालोसूची #काठमाडौं
Compare →

Related Stories

Building & Construction
Build #2612