Trending
Prev Story
Next Story

पत्नी र तीन सन्तानको ह'त्यापछि आफैँलाई हाने गोली

Nagarik News •
November 20, 2026 • 08:04 AM
3
3 reads 0 reactions

यस क्रममा घरबाट गरिएको ९११ (आपत्कालीन सेवा) मा आएको फोनमा एक बालकको आवाज सुनिएको थियो।

पत्नी र तीन सन्तानको ह'त्यापछि आफैँलाई हाने गोली

अमेरिकाको फ्लोरिडामा बिहीबार एक व्यक्तिले आफ्नै परिवारका सदस्यहरूको हत्या गरेका छन्। उनले पहिले आफ्ना तीन साना सन्तानलाई गोली हानेर हत्या गरे। त्यसपछि पत्नीको हत्या गरी अन्त्यमा आफैँलाई पनि गोली हाने।

यस क्रममा घरबाट गरिएको ९११ (आपत्कालीन सेवा) मा आएको फोनमा एक बालकको आवाज सुनिएको थियो। उनी पटक–पटक ‘बुबा, मलाई गोली नहान्नुहोस्...बुबा, मलाई नमार्नुहोस्’ भन्दै गुहार मागिरहेका थिए। मारिएका बालबालिकाको उमेर एक, तीन र पाँच वर्ष थियो।

हिल्सबरो काउन्टीका शेरिफ चाड क्रोनिस्टरका अनुसार बिहीबार दिउँसो प्रहरीलाई परिवारको घरबाट ९११ मा फोन आएको थियो। फोनमा कसैले केही बोलिरहेको थिएन, तर कल भने खुला थियो।

त्यस क्रममा आपत्कालीन सेवा केन्द्रका कर्मचारीले एक पुरुषको आवाज सुने। उनले ‘माफ गर, साथी’ भनेको सुनिएको थियो। त्यसको केही समयमै गोली चलेको जस्तो ठूलो आवाज आएको थियो।

शेरिफका अनुसार केही बेरपछि फोनमा एक सानो बालकले ज्यान बचाउन गुहार मागेको सुनिएको थियो। प्रहरी घटनास्थल पुग्दा भने परिवारका सबै सदस्यको मृत्यु भइसकेको थियो।

शेरिफले ९११ मा फोन आएको करिब १० मिनेटपछि प्रहरी घर पुगेको बताए। घरभित्र एक बालक अचेत अवस्थामा भेटिएका थिए। प्रहरीले घरको मूल ढोका फुटाएर भित्र प्रवेश गर्दा निकै ढिलो भइसकेको थियो।

शेरिफका अनुसार उक्त परिवार करिब एक वर्षदेखि प्लान्ट सिटीस्थित घरमा बस्दै आएको थियो। यस अवधिमा उनीहरूको घरबाट प्रहरीमा कुनै उजुरी परेको थिएन। न त सहयोगका लागि कुनै फोन नै आएको थियो।

श्रीमान् र श्रीमती दुवैको आपराधिक पृष्ठभूमि पनि थिएन।

शेरिफले यस्तो घटना कसरी हुन सक्छ भन्ने बुझ्न कठिन भएको बताए। घटनाले प्रहरी कर्मचारी र ९११ मा आएको फोन सुन्ने आपत्कालीन सेवा केन्द्रका कर्मचारीलाई समेत गम्भीर मानसिक असर पारेको छ। उनीहरूलाई केही समय बिदा दिइएको छ भने आवश्यक मनोसामाजिक सहयोगसमेत उपलब्ध गराइएको छ।

यस वर्ष अमेरिकामा भएका गोलीकाण्डका चार ठूला घटना

१९ अप्रिल – श्रेभपोर्ट, लुइजियाना: एक पिताले आफ्ना सात सन्तानसहित आठ बालबालिकाको गोली हानेर हत्या गरेका थिए। घटनामा दुई महिला घाइते भएका थिए। प्रहरीले पिछा गरेपछि आरोपितलाई गोली हानेर मारेको थियो।

२३ अगस्ट – बिलिङ्स, मोन्टाना: एक व्यक्तिले घरमा परिवारसँग खाना खाइरहेका बेला आफ्ना आठ जना आफन्तको गोली हानेर हत्या गरेका थिए। मृत्यु हुनेमा चार बालबालिका पनि थिए। त्यसपछि उनले घरमा आगो लगाएर आफैँले पनि ज्यान दिएका थिए।

अक्टोबर – एरी, पेन्सिल्भेनिया: एक व्यक्तिले घरभित्र गोली चलाएर आठ जनाको हत्या गरेका थिए। मृत्यु हुनेमा दुई बालबालिका र एक गर्भवती महिला पनि थिए। त्यसपछि आरोपितले आफैँलाई गोली हानेका थिए।

१५ अक्टोबर – बेन्ड, ओरेगन: १६ वर्षीय किशोरले सिल्भर रेल इलिमेन्ट्री स्कुलमा गोली चलाउँदा तीन बालबालिका र एक शिक्षकको मृत्यु भएको थियो। घटनामा दुई जना घाइते भएका थिए। एक बालकका पिताले आक्रमणकारीलाई गोली हानेर रोकेका थिए।

प्रकाशित: ४ मंसिर २०८३ १३:४९ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
ठगी मुद्दाका नाइके सुजन तामाङलाई प्रहरीले गोली हानेर पक्राउ,  प्रहरीमाथि चक्कु प्रहार

ठगी मुद्दाका नाइके सुजन तामाङलाई प्रहरीले गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार

८ वटा ठगी मुद्दाका नाइके सुजन तामाङलाई प्रहरीले गोली हानेर पक्राउ गर्‍यो । सस्तो दरमा डलर साट्ने भन्दै ठगीको शृंखला चलाउँदै आएका तामाङलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै आक्रमण भएको जिल्ला प्रहरी...

#गोली #हाने
Compare →
Onlinekhabar
3h ago
न्यायाधीशका पीएसओले आफैंलाई गोली प्रहार गर्दा मृत्यु

न्यायाधीशका पीएसओले आफैंलाई गोली प्रहार गर्दा मृत्यु

४ मंसिर, काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका पीएसओ (पर्सनल सेक्युरेटी अफिसर) ले आफैंलाई गोली प्रहार गर्दा मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी हवल्दार डोलनाथ ढकाल रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा …

#गोली
Compare →
Ekantipur
2d ago
रौतहटको नेपाल–भारत सीमा क्षेत्रमा गोली बरामद

रौतहटको नेपाल–भारत सीमा क्षेत्रमा गोली बरामद

सीमा सुरक्षा गुल्म र भन्सार सुरक्षा गार्डको टोलीलाई देखेपछि युवक भागेका थिए; बरामद गोलीबारे प्रहरीले अनुसन्धान थालेको छ।

#गोली
Compare →
Arthasansar
1w ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#गोली
Compare →

Related Stories

World News
Build #2612