Trending
Prev Story
Next Story

प्रेमिका भेट्न गएका युवक कोठामै मृत फेला

Ekantipur •
November 20, 2026 • 05:33 AM
5
5 reads 0 reactions

बिहीबार साँझ लालबन्दी नगरपालिका–५ स्थित पुरानो राजमार्ग क्षेत्रमा रहेको प्रेमिकाको कोठामा चौधरी अचेत अवस्थामा फेला परेका थिए ।

प्रेमिका भेट्न गएका युवक कोठामै मृत फेला

बिहीबार साँझ लालबन्दी नगरपालिका–५ स्थित पुरानो राजमार्ग क्षेत्रमा रहेको प्रेमिकाको कोठामा चौधरी अचेत अवस्थामा फेला परेका थिए ।

सर्लाही — सर्लाहीको लालबन्दीमा प्रेमिका भेट्न गएका एक युवक मृत फेला परेका छन् । प्रेमिकाको कोठामा अचेत अवस्थामा भेटिएका हरिपुर्वा नगरपालिका–९, बगेवा गाउँका २० वर्षीय अमित चौधरीको मृत्यु भएको हो ।

बिहीबार साँझ लालबन्दी नगरपालिका–५ स्थित पुरानो राजमार्ग क्षेत्रमा रहेको प्रेमिकाको कोठामा चौधरी अचेत अवस्थामा फेला परेका थिए । उनलाई तत्काल उपचारका लागि मोडेल अस्पताल लालबन्दी पुर्‍याइएको थियो । तर, अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

मृतक चौधरीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ । उनको मृत्युको कारण भने हालसम्म खुल्न सकेको छैन ।

घटनाको थप अनुसन्धानका लागि प्रहरीले मृतककी प्रेमिकालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

नेपाल नेपाल न्यूज बैंक न्युज एजेन्सी हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2h ago
प्रेमिकाको कोठामा अचेत भेटिएका २० वर्षीय युवकको मृत्यु, घटनाबारे अनुसन्धान जारी

प्रेमिकाको कोठामा अचेत भेटिएका २० वर्षीय युवकको मृत्यु, घटनाबारे अनुसन्धान जारी

काठमाडौँ । सर्लाहीको लालबन्दीमा प्रेमिका भेट्न पुगेका एक युवकको रहस्यमय मृत्यु भएको छ। प्रेमिकाको कोठामा अचेत अवस्थामा भेटिएका हरिपुर्वा नगरपालिका९, बगेवा गाउँका २० वर्षीय अमित चौधरीको उपचारका क्रम...

#प्रेमिका #कोठा #युवक
Compare →
Onlinekhabar
5h ago
सर्लाहीमा एक युवक मृत फेला, युवती पक्राउ

सर्लाहीमा एक युवक मृत फेला, युवती पक्राउ

४ मंसिर, सर्लाही । सर्लाहीको लालबन्दीमा एक युवक मृत फेला परेका छन् । हरिपुर्वा नगरपालिका–९, बगेवा गाउँका २० वर्षीय अमित चौधरीको मृत फेला परेका हुन् । बिहीबार साँझ लालबन्दी नगरपालिका–५ स्थित पुरानो राजमार्गमा रहेको एक कोठामा …

#लालबन्दी #फेला #युवक
Compare →
Nagarik News
2d ago
कञ्चनपुरमा पाटेबाघ मृ’त फेला

कञ्चनपुरमा पाटेबाघ मृ’त फेला

दोधारा–चाँदनी नगरपालिका–२ स्थित मायापुरी मध्यवर्ती सामुदायिक वनमा आज पाटेबाघ मृत भेटिएको हो।

#फेला
Compare →

Related Stories

World News
Build #2612