Trending
Prev Story
Next Story

महोत्तरीमा एक महिलाको शव फेला, अनुसन्धानमा कुकुर परिचालन

Onlinekhabar •
November 20, 2026 • 08:31 AM
2
2 reads 0 reactions

४ मंसिर, काठमाडौं । महोत्तरीमा एक महिलाको शव फेला परेको छ । शुक्रबार बिहान गौशाला नगरपालिका–१ सानो कुशमाडीस्थित उखुबारीमा स्थानीय ६५ वर्षीया विणामाया पुलामीको शव फेला परेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मधुसुदन विश्वकर्माले जानकारी …

महोत्तरीमा एक महिलाको शव फेला, अनुसन्धानमा कुकुर परिचालन

४ मंसिर, काठमाडौं । महोत्तरीमा एक महिलाको शव फेला परेको छ ।

शुक्रबार बिहान गौशाला नगरपालिका–१ सानो कुशमाडीस्थित उखुबारीमा स्थानीय ६५ वर्षीया विणामाया पुलामीको शव फेला परेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मधुसुदन विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार, बिहिबार घाँस काट्न निस्केकी विणामाया शुक्रबार बिहान मृत फेला परेका हुन् । शवको प्रकृति हेर्दा उनको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

‘गम्छाले घाँटी कसेको जस्तो देखिन्छ । सुक्ष्म अनुसन्धान थालेका छौं,’ प्रहरी निरीक्षक विश्वकर्माले भने ।

उनका अनुसार, घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुर घटनास्थलमा परिचालन गरिएको छ ।

‘प्रहरीको तालिम प्राप्त कुकुर पनि घटनास्थलमा परिचालन गरिएको छ,’ उनले भने ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
29m ago
पुर्पक्षमा कारागार गएको २ दिनमै मृत फेला

पुर्पक्षमा कारागार गएको २ दिनमै मृत फेला

सुर्खेतमा कारागारभित्र पुर्पक्षमा पठाएको दुई दिनमै एक जना युवती मृत फेला परेकी छन्। कर्तव्य ज्यान मुद्दामा कारागारमा सजाय भुक्तान गरिरहेकी १९ वर्षीया संगीता शाही शुक्रबार बिहान मृत फेला परेकी हुन्...

#फेला #परे
Compare →
Nagarik News
3d ago
तीन शताब्दी पुरानो अभिलेख फेला परेको दावी

तीन शताब्दी पुरानो अभिलेख फेला परेको दावी

काठमाडौं उपत्यकाका चारजना अध्ययनकर्ताहरुले भक्तपुर र ललितपुरको पहाडी सिमानामा अवस्थित काशी विश्वेश्वरनाथ मन्दिर परिसरमा ३०५ वर्ष पुरानो शिलालेख फेला परेको दावी गरेका छन् ।

#फेला #परे
Compare →
Ekantipur
2d ago
गुल्मीमा प्रहरी निरीक्षक केसी निवासमै मृत फेला, पोस्टमार्टम र प्रारम्भिक अनुसन्धानपछि परिवारले शव बुझे

गुल्मीमा प्रहरी निरीक्षक केसी निवासमै मृत फेला, पोस्टमार्टम र प्रारम्भिक अनुसन्धानपछि परिवारले शव बुझे

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माका अनुसार स्थायी घर दाङ र पारिवारिक बसाइँ नेपालगञ्ज भएका केसी गुल्मीमा अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत थिए।

#फेला #अनुसन्धान
Compare →
Bizshala
1d ago
प्रधानमन्त्री बालेनका प्रमुख सल्लाहकारविरुद्ध प्रहरीमा उजुरी, डिजिटल प्रमाण नष्ट गरी अनुसन्धान प्रभावित पारेको आरोप

प्रधानमन्त्री बालेनका प्रमुख सल्लाहकारविरुद्ध प्रहरीमा उजुरी, डिजिटल प्रमाण नष्ट गरी अनुसन्धान प्रभावित पारेको आरोप

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का प्रमुख राजनीतिक सल्लाहकार तथा रणनीतिकार कुमार ब्यञ्जनकार ‘कुमार...

#अनुसन्धान
Compare →

Related Stories

World News
Build #2612