कागिसो रबाडाले ७२ रन र आठ विकेट लिएपछि दक्षिण अफ्रिकाले पछिल्ला १८ मध्ये १६ टेस्ट जितेको छ।
काठमाडौँ — दक्षिण अफ्रिकाले बंगलादेशलाई पहिलो टेस्टमा ९ विकेटले हराएको छ । जोहानेसबर्गस्थित वान्डरर्स स्टेडियममा बिहीबार सम्पन्न खेलमा दक्षिण अफ्रिकाले १२ रनको लक्ष्य एक दशमलव तीन ओभरमै पूरा गरेको हो ।
जितसँगै दक्षिण अफ्रिका विश्व टेस्ट च्याम्पियनसिपको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। उसले पछिल्ला १८ मध्ये १६ टेस्ट जितेको छ ।
बंगलादेशविरुद्ध पहिलो इनिङ्समा कागिसो रबाडाले ७२ रन बनाउनुका साथै आठ विकेटसमेत लिए। मार्केस एकरम्यानले पहिलो इनिङ्समा एक सय ५७ र कप्तान टेम्बा बभुमाले अविजित ६८ रन बनाए ।
पहिले ब्याटिङ गरेको बंगलादेशले चार सय रन बनाएको थियो। उसका तौहिद हृदोयले एक सय ३७ र लिटन दासले एक सय २० रन बनाए । लिटनले दक्षिण अफ्रिकाको पहिलो इनिङ्समा आठ खेलाडीलाई आउट गराउन भूमिका खेलेर टेस्ट क्रिकेटमा एकै इनिङ्समा विकेटकिपरको सर्वाधिक डिसमिसलको विश्व कीर्तिमान पनि बनाए ।
जितसँगै दक्षिण अफ्रिकाले शृंखलामा अग्रता बनाएको छ। दोस्रो तथा अन्तिम टेस्ट सेन्चुरियनमा हुनेछ ।