Trending
Prev Story
Next Story

भारतमा हवाई यात्रुको चाप, २ हजार बढी विमान खरिदको तयारी

Onlinekhabar •
November 20, 2026 • 04:00 AM
6
6 reads 0 reactions

४ मंसिर, काठमाडौं । भारतमा हवाई यात्रुको संख्या बढ्दै जाँदा विमानको माग पनि तीव्र रूपमा बढेको छ । यसबीचमा भारतीय एयरलाइन्सले १ हजार २०० भन्दा बढी विमान खरिदको अर्डर दिइसकेका छन् । तर, आगामी वर्षहरूमा …

भारतमा हवाई यात्रुको चाप, २ हजार बढी विमान खरिदको तयारी

४ मंसिर, काठमाडौं । भारतमा हवाई यात्रुको संख्या बढ्दै जाँदा विमानको माग पनि तीव्र रूपमा बढेको छ । यसबीचमा भारतीय एयरलाइन्सले १ हजार २०० भन्दा बढी विमान खरिदको अर्डर दिइसकेका छन् । तर, आगामी वर्षहरूमा यात्रुको चाप र उडान विस्तारलाई ध्यानमा राख्दै थप करिब १ हजार विमान खरिद गर्ने तयारी भइरहेको छ ।

भारतका केन्द्रीय वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलका अनुसार भारतलाई आफ्नो हवाई यातायातको आवश्यकता पूरा गर्न २ हजारभन्दा बढी विमान चाहिन्छ । त्यसैले हाल एयरलाइन्सले दिएका अर्डरबाहेक थप विमान खरिदको तयारी पनि भइरहेको उनले बताएका छन् ।

इजिप्ट भ्रमणको क्रममा पत्रकारहरूसँग गत सोमबार कुरा गर्दै मन्त्री गोयलले भनेका थिए, ‘हामीले एक हजार २०० भन्दा बढी विमानको अर्डर दिइसकेका छौं । र, थप एक हजार विमान किन्ने तयारीमा छौं । हाम्रो आवश्यकताका लागि दुई हजार बढी विमान चाहिन्छ । त्यसैले विमानको आपूर्ति छिटो गर्न स्थापित विमान निर्माता कम्पनीहरूसँग पहल गरिरहेका छौं ।’

उनका अनुसार थप विमान उपलब्ध भएपछि भारतबाट इजिप्टसहित विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा उडान संख्या बढाउन सकिनेछ । हाल इजिप्ट एयरले भारत र इजिप्टबीच सिधा उडान सञ्चालन गर्दै आएको छ ।

भारतमा हवाई यात्रुको संख्या बढ्नु, साना शहरमा विमानस्थल विस्तार हुनु तथा हवाई कनेक्टिभिटीमा सुधार आउनुले विमानको माग बढाएको हो । त्यसैले एयरलाइन्सहरूले घरेलु तथा अन्तर्राष्ट्रिय उडान विस्तार गर्न नयाँ विमान थप्ने योजना बनाएका छन् ।

भारतको नागरिक उड्डयन मन्त्रालयले सन् २०२५ मा संसद्‍मा प्रस्तुत गरेको विवरण अनुसार, एअर इन्डिया, इन्डिगो र अकासा एयरले दिएका विमान खरिदका अर्डरको संख्या नै २ हजारभन्दा बढी छ । सो विवरणमा पुराना तथा नयाँ अर्डर र डेलिभरी भइसकेका विमानसमेत छुट्टाछुट्टै उल्लेख गरिएको छ ।

भारतका तीन ठूला एयरलाइनले दिए विमान खरिदको अर्डर

भारतको सबैभन्दा ठूलो एयरलाइन इन्डिगोले सन् २०१५ मा ४००, सन् २०१९ मा ३०० र सन् २०२३ मा ५०० ए ३२० सिरिजका विमान अर्डर गरेको थियो । सन् २०२४ मा थप ३० ए ३५० विमान अर्डर गरेकोमा पछि उक्त अर्डर ६० पुर्‍याइएको विवरण पनि सार्वजनिक भएको छ । संसदमा प्रस्तुत सन् २०२५ को विवरणमा भने ३० ए ३५० विमान अर्डर गरेको उल्लेख छ ।

सन् २०२३ को जुनमा एयरबसलाई ५०० वटा ए ३२० सिरिजका विमानको अर्डर दिएको थियो । कम्पनीले घरेलु तथा अन्तर्राष्ट्रिय रुटमा उडान विस्तार गर्ने उद्देश्यले उक्त अर्डर दिएको हो ।

इन्डिगो भारतको घरेलु हवाई बजारमा सबैभन्दा ठूलो हिस्सेदारी भएको एयरलाइन हो । सन् २०२६ मा कम्पनीको घरेलु बजार हिस्सेदारी ६४ प्रतिशतभन्दा बढी रहेको बताइएको छ । विमान थपिएसँगै कम्पनीले आफ्नो उडान नेटवर्क र यात्रु क्षमता विस्तार गर्ने लक्ष्य राखेको छ ।

टाटा समूहको एअर इन्डियाले सन् २०२३ मा ४७० विमान अर्डर गरेको थियो । सन् २०२४ मा थप १० ए ३५० र ९० ए ३२० विमानको अर्डरसम्बन्धी विवरण पनि संसदमा प्रस्तुत गरिएको छ ।यी विमान मुख्यत: लामो दूरीका अन्तर्राष्ट्रिय उडानमा प्रयोग गरिनेछन् । अन्य विमानले घरेलु तथा छोटो दूरीका अन्तर्राष्ट्रिय उडानको क्षमता बढाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

भारतको अर्को एयरलाइन अकासा एयरले पनि आफ्नो विमान विमान थप्ने योजना अघि बढाएको छ । अकासा एयरले सन् २०२१ मा ७६ बोइङ ७३७ म्याक्स विमान र सन् २०२४ मा थप १५० विमान अर्डर गरेको थियो । कम्पनीले सन् २०२४ को जनवरीमा बोइङसँग थप १५० वटा ७३७ म्याक्स विमान खरिद गर्ने अर्डर दिएको थियो ।

अकासा एयरले घरेलु बजारमा आफ्नो उपस्थिति विस्तार गर्नुका साथै अन्तर्राष्ट्रिय उडानमा पनि प्रवेश गर्ने लक्ष्य राखेको छ । विमानको डेलिभरी आगामी वर्षहरूमा हुने भएकाले कम्पनीले चरणबद्ध रूपमा आफ्नो उडान नेटवर्क विस्तार गर्ने योजना बनाएको छ ।

सन् २०४४ सम्म ३ हजार बढी विमान आवश्यक पर्ने प्रक्षेपण

विमान निर्माता कम्पनी बोइङको अनुमानअनुसार भारत र दक्षिण एसियाका एयरलाइन कम्पनीहरूलाई सन् २०४४ सम्म करिब ३ हजार ३०० नयाँ विमान आवश्यक पर्नेछ । घरेलु तथा अन्तर्राष्ट्रिय उडानको विस्तारसँगै यो माग बढ्ने अनुमान गरिएको छ ।

भारत आगामी वर्षहरूमा एयरबस र बोइङका लागि प्रमुख विमान बजार बन्ने अपेक्षा गरिएको छ । तर, विमान खरिदको अर्डर दिएपछि डेलिभरी प्राप्त गर्न वर्षौं लाग्ने भएकाले एयरलाइन कम्पनीहरूका लागि समयमै विमान उपलब्ध हुनु पनि चुनौतीपूर्ण हुनेछ ।

आगामी वर्षहरूमा भारतको हवाई बजार विस्तारसँगै विमानको माग, उडान संख्या र एयरलाइन कम्पनीबीचको प्रतिस्पर्धा थप बढ्ने अपेक्षा गरिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
19h ago
भारतबाट १५० मेगावाट विद्युत खरिद गर्न बाेलपत्र आह्वानकाे तयारी

भारतबाट १५० मेगावाट विद्युत खरिद गर्न बाेलपत्र आह्वानकाे तयारी

काठमाडौँ । आगामी सुख्खायाममा विद्युत आपूर्ति व्यवस्थापन सहज बनाउन नेपाल विद्युत प्राधिकरणले भारतबाट १५० मेगावाट विद्युत खरिद गर्ने प्रक्रिया अघि बढाउने भएको छ । प्राधिकरणले जनवरी २०२७ देखि मे २०२७ ...

#भारत #खरिद #तयारी
Compare →
Ekantipur
21h ago
हिउँदे बालीका लागि भारतबाट खरिद गरिएको जिटुजीको मल पूर्णरुपमा भित्रियो

हिउँदे बालीका लागि भारतबाट खरिद गरिएको जिटुजीको मल पूर्णरुपमा भित्रियो

भारतबाट खरिद गरिएको ३० हजार टन युरिया र २० हजार टन डीएपीमध्ये वीरगन्ज कार्यालयले ७ हजार ९५४ टन युरिया र ५ हजार ८०७ टन डीएपी प्राप्त गरेको छ।

#भारत #खरिद
Compare →
Nagarik News
19h ago
हिउँदमा नेपालले भारतबाट १५० मेगावाट आरटीसी विद्युत खरिद गर्ने

हिउँदमा नेपालले भारतबाट १५० मेगावाट आरटीसी विद्युत खरिद गर्ने

प्राधिकरण सञ्चालक समिति सदस्य अंशु किरण शाहीका अनुसार प्राधिकरणले १५० मेगावाट विद्युत चौबिसै घण्टा अर्थात् राउन्ड द क्लक (आरटीसी) मोडमा खरिद गर्ने योजना बनाएको छ।

#खरिद #भारत
Compare →
Bizshala
4m ago
प्रधानमन्त्री बालेनसँग भारत जाने ५२ उद्योगी व्यवसायीको सूची तयार, अञ्जनदेखि निर्वाण चौधरी र नितेश मालपानीसम्म

प्रधानमन्त्री बालेनसँग भारत जाने ५२ उद्योगी व्यवसायीको सूची तयार, अञ्जनदेखि निर्वाण चौधरी र नितेश मालपानीसम्म

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणमा निजी क्षेत्रका ५२ जना उद्योगी व्यवसायी सहभागी...

#भारत
Compare →
Arthasansar
1h ago
आइतबार दिउँसो भारत जाँदै प्रधानमन्त्री, यस्तो छ दुई दिने भ्रमण तालिका

आइतबार दिउँसो भारत जाँदै प्रधानमन्त्री, यस्तो छ दुई दिने भ्रमण तालिका

प्रधानमन्त्री बालेन शाह आइतबार दिउँसो १ः४५ बजे भारत प्रस्थान गर्ने भएका छन् । नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारत जाने...

#भारत
Compare →

Related Stories

World News
Build #2612