Trending
Prev Story
Next Story

बालविवाह अन्त्यदेखि बालमैत्री बजेटसम्म, सरकारसँग सिजपका ३९ माग

Onlinekhabar •
November 20, 2026 • 04:00 AM
4
4 reads 0 reactions

४ मंसिर, काठमाडौं । बालअधिकार संरक्षण र बालविवाह अन्त्यका लागि बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले सरकारसँग ३९ बुँदे माग अघि सारेको छ । विश्व बाल दिवस (नोभेम्बर २०) तथा बालविवाह, कम उमेरमा हुने विवाह …

बालविवाह अन्त्यदेखि बालमैत्री बजेटसम्म, सरकारसँग सिजपका ३९ माग

४ मंसिर, काठमाडौं । बालअधिकार संरक्षण र बालविवाह अन्त्यका लागि बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले सरकारसँग ३९ बुँदे माग अघि सारेको छ ।

विश्व बाल दिवस (नोभेम्बर २०) तथा बालविवाह, कम उमेरमा हुने विवाह र जबर्जस्ती विवाह अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवस (नोभेम्बर २७) को सन्दर्भमा अभियानले बालबालिकाको अधिकार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

अभियानले बालबालिकाको बाँच्न पाउने, संरक्षण पाउने, विकास गर्न पाउने र सहभागिता जनाउन पाउने अधिकार सुनिश्चित गर्न संविधान, कानुन तथा नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न माग गरेको छ । यसका लागि संघ, प्रदेश र स्थानीय तहका सरकारले प्राथमिकताका साथ काम गर्नुपर्ने उसको भनाइ छ ।

सिजपले विवाहको न्यूनतम उमेर २० वर्ष कायम राख्दै बालविवाह अन्त्यसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना, २०८२ प्रभावकारी रूपमा कार्यान्वयन गर्न माग गरेको छ । बालश्रम अन्त्य, बालबालिका बेचबिखन नियन्त्रण तथा सडक बालबालिकामुक्त नेपाल अभियानलाई निरन्तरता दिनुपर्ने माग पनि अभियानले अघि सारेको छ ।

त्यस्तै, राष्ट्रिय बालअधिकार परिषद्लाई आवश्यक स्रोतसाधन र अधिकार सम्पन्न बनाउन तथा बालअधिकार संरक्षणका लागि राष्ट्रिय बालअधिकार आयोग वा उच्चस्तरीय संयन्त्र निर्माण गर्न सिजपले माग गरेको छ । बालबालिकाको सर्वोत्तम हितलाई सरकारी नीति, कार्यक्रम र बजेटको प्राथमिकतामा राख्नुपर्ने भन्दै तीनै तहका सरकारले बालबालिकाका लागि अनिवार्य बजेट विनियोजन गर्नुपर्नेमा जोड दिएको छ ।

विद्यालयमा बालमनोविज्ञ र नर्सको व्यवस्था गर्न, बालबालिकाको मानसिक स्वास्थ्य संरक्षणका कार्यक्रम सञ्चालन गर्न तथा अनलाइन हिंसा र दुर्व्यवहार नियन्त्रणका लागि प्रभावकारी व्यवस्था गर्न पनि अभियानले माग गरेको छ । विद्यालयलाई शान्ति क्षेत्रका रूपमा कायम राख्न र राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग रोक्नुपर्ने उसको माग छ ।

बालबालिकामाथि हुने यौन हिंसा, दुर्व्यवहार, बलात्कार, शोषण तथा शारीरिक र मानसिक दण्ड अन्त्य गर्नुपर्ने माग पनि विज्ञप्तिमा उल्लेख छ । अपाङ्गता भएका, अटिजम भएका तथा सीमान्तकृत समुदायका बालबालिकाको विशेष आवश्यकता र अधिकार सुनिश्चित गर्न राज्यले प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने अभियानको भनाइ छ ।

सिजपले बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षाको अधिकार सुनिश्चित गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । जन्मदर्ता र नागरिकताको अधिकारबाट कुनै पनि बालबालिका वञ्चित हुन नहुने भन्दै वैदेशिक रोजगारीमा रहेका अभिभावकका बालबालिकाको संरक्षणमा समेत विशेष ध्यान दिन माग गरेको छ ।

त्यसैगरी, बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न, बालमैत्री स्थानीय शासन प्रवर्द्धन गर्न तथा बालसंवेदनशील सामाजिक सुरक्षा प्रणाली विकास गर्न अभियानले आग्रह गरेको छ । विपद्मा परेका बालबालिकाको उद्धार, संरक्षण र सुरक्षित व्यवस्थापनलाई पनि प्राथमिकतामा राख्नुपर्ने उसको माग छ ।

सिजपका तर्फबाट तिलोत्तम पौडेल र राजु घिमिरेले जारी गरेको प्रेस विज्ञप्तिमा बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखेर काम गर्न सरकार, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यम तथा विकास साझेदारबीच प्रभावकारी समन्वय र सहकार्यको आह्वान गरिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1d ago
बालविवाह रोक्न विवाहको उमेर २० वर्ष नै कायम राख्न सिजपको माग, बालअधिकार सुनिश्चित गर्न सरकारसमक्ष ३९ बुँदे ध्यानाकर्षण

बालविवाह रोक्न विवाहको उमेर २० वर्ष नै कायम राख्न सिजपको माग, बालअधिकार सुनिश्चित गर्न सरकारसमक्ष ३९ बुँदे ध्यानाकर्षण

काठमाण्डौ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले बालविवाह अन्त्यका लागि विवाहको कानुनी उमेर २० वर्ष नै...

#बालविवाह #सिजप
Compare →
Nagarik News
1d ago
बाल अधिकार संरक्षणका लागि सरकारलाई सिजपको ३९ बुँदे ध्यानाकर्षण

बाल अधिकार संरक्षणका लागि सरकारलाई सिजपको ३९ बुँदे ध्यानाकर्षण

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले बाल अधिकार संरक्षण र बालबालिकाको सुरक्षित भविष्य सुनिश्चित गर्न सरकारसँग ३९ बुँदे माग राखेको छ।

#सिजप
Compare →
Hamro Patro News
2d ago
बालविवाह गरेका बालबालिकालाई नै कसूरदार ठहर गर्ने कानुनी व्यवस्था संशोधन गर्न सुझाव

बालविवाह गरेका बालबालिकालाई नै कसूरदार ठहर गर्ने कानुनी व्यवस्था संशोधन गर्न सुझाव

काठमाडौं । मुलुकी अपराध संहिता, २०७४ लाई संशोधन गर्न बनेको प्रस्तावित विधेयकमा बालविवाहलाई पुनःपरिभाषित गर्न सुझाव दिइएको छ । संविधानको मर्मअनुरूप कानुन निर्माण गर्न विवाहको उमेरसम्बन्धी व्यवस्था स...

#बालविवाह
Compare →
Ekantipur
2w ago
लुम्बिनीका सबै स्थानीय तहमा बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन

लुम्बिनीका सबै स्थानीय तहमा बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन

प्रदेशका १०९ पालिकाले वडास्तरसम्म कार्यक्रम पुर्‍याउँदै वृत्तचित्र, सडक नाटक, सञ्चारप्रचार र विशेष परामर्शमार्फत बालविवाहविरुद्ध जनमत निर्माण गर्नेछन्।

#बालविवाह
Compare →

Related Stories

Politics & Governance
Build #2612