Trending
Prev Story
Next Story

ट्रम्पलाई जिताउन करोडौँ खर्चिएका मस्क भन्छन् : अब म ‘मागा’ होइन, पैसा खर्च गर्नु मूर्खता थियो

Nagarik News •
November 19, 2026 • 03:41 PM
1
1 reads 0 reactions

मस्कको पछिल्लो अभिव्यक्ति विगतको उनको व्यवहारभन्दा फरक देखिएको छ। सन् २०२४ को राष्ट्रपति निर्वाचनमा उनले ट्रम्पको खुलेर समर्थन गरेका थिए।

ट्रम्पलाई जिताउन करोडौँ खर्चिएका मस्क भन्छन् : अब म ‘मागा’ होइन, पैसा खर्च गर्नु मूर्खता थियो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सत्तामा पुर्‍याउन र रिपब्लिकन उम्मेदवारलाई चुनाव जिताउन करोडौँ डलर खर्चिएका विश्वकै धनी व्यक्ति एलन मस्कले आफ्नो राजनीतिक पहिचानबारे फरक धारणा सार्वजनिक गरेका छन्।

उनले आफू ‘मेक अमेरिका ग्रेट अगेन’ (मागा) समर्थक नभएको बताउँदै मध्यावधि निर्वाचनमा यति धेरै पैसा खर्च गरेकोमा मूर्ख महसुस भइरहेको बताएका हुन्।

द न्युयोर्क टाइम्सको डिलबुक सम्मेलनमा बुधबार भएको अन्तर्वार्तामा मस्कले रिपब्लिकन उम्मेदवारका लागि ठुलो रकम खर्च गरे पनि त्यसअनुसारको उपलब्धि हासिल नभएको बताए। ‘यति धेरै पैसा खर्च गरेर पनि त्यसको खासै उपलब्धि नदेख्दा आफूलाई निकै मूर्ख महसुस भइरहेको छ। समयलाई पछाडि फर्काउन मिल्ने भए सायद कम पैसा खर्च गर्थें,’ उनले भने।

मस्कले सन् २०२६ को मध्यावधि निर्वाचनमा रिपब्लिकन उम्मेदवारलाई सहयोग गर्न ४० करोड डलरभन्दा बढी खर्च गरेका थिए। उनले प्रतिनिधिसभा र सिनेटका उम्मेदवारलाई समर्थन गर्ने राजनीतिक कोषमा ठुलो रकम दिएका थिए। उनको सबैभन्दा ठुलो लगानी टेक्ससमा थियो। त्यहाँ रिपब्लिकन सिनेट उम्मेदवार केन प्याक्सटनलाई समर्थन गर्ने समूहलाई उनले १५ करोड डलरभन्दा बढी रकम दिएका थिए।

तर, निर्वाचनमा मस्कको लगानीले अपेक्षित परिणाम दिन सकेन। डेमोक्र्याटहरूले प्रतिनिधिसभा र सिनेट दुवैमा बहुमत हासिल गरे भने टेक्ससमा प्याक्सटन डेमोक्र्याट उम्मेदवार जेम्स तालारिकोसँग पराजित भए। टेक्ससको गभर्नर पदमा पनि डेमोक्र्याट उम्मेदवार जीना हिनोजोसाले जित हासिल गरिन्। यो परिणामले रिपब्लिकन पार्टीलाई ठुलो धक्का लागेको छ।

मस्कले निर्वाचनमा आफ्नो उद्देश्य रिपब्लिकन पार्टीलाई सिनेटको बहुमत जोगाउन सहयोग गर्नु रहेको बताए। सन् २०२९ मा कुनै एक दलले राष्ट्रपति पदसँगै संसद्का दुवै सदन नियन्त्रण गर्न नपाओस् भन्ने आफ्नो चाहना रहेको उनको भनाइ थियो। तर, उक्त उद्देश्य पूरा हुन नसकेको उनले स्वीकार गरे। ‘अमेरिकी निर्वाचन पैसा मात्रै खर्च गरेर जित्न सकिँदैन भन्ने यसले देखाएको छ,’ उनले भने।

अन्तर्वार्ताका क्रममा मस्कले आफू ‘मागा’ नभएको दोहोर्‍याए। रिपब्लिकन पार्टीका सबै नीतिलाई आँखा चिम्लेर समर्थन गर्नु नै मागाको अर्थ हो भने आफू त्यसको पक्षमा नरहेको उनले बताए। ‘म मागा होइन। दुवै पार्टीमा सकारात्मक र नकारात्मक पक्ष छन्,’ उनले भने। उनले आफ्नो राजनीतिक विचारधारा मध्यम खालको रहेको र कुनै चरम राजनीतिक विचार नराख्ने दाबीसमेत गरे।

मस्कको पछिल्लो अभिव्यक्ति विगतको उनको व्यवहारभन्दा फरक देखिएको छ। सन् २०२४ को राष्ट्रपति निर्वाचनमा उनले ट्रम्पको खुलेर समर्थन गरेका थिए। ट्रम्पको चुनावी अभियान र अन्य रिपब्लिकन उम्मेदवारलाई जिताउन करोडौँ डलर खर्च गरेका मस्क सन् २०२५ मा ट्रम्प प्रशासनको सरकारी दक्षता विभागको नेतृत्वमा समेत पुगेका थिए।

त्यतिबेला ट्रम्पको चुनावी सभामा मस्कले आफू ‘मागा’ मात्र नभई ‘डार्क मागा’ भएको भन्दै ठट्टासमेत गरेका थिए। ट्रम्पको दोस्रो शपथग्रहण समारोहमा पनि उनी अगाडिको पङ्क्तिमा बसेका थिए। तर, पछिल्लो चुनावी परिणामपछि उनले आफू मागा समर्थक नभएको बताउनुका साथै राजनीतिक खर्चप्रति असन्तुष्टि जनाएका छन्।

ट्रम्पसँगको मस्कको निकट सम्बन्धलाई लिएर डेमोक्र्याटहरूले आलोचना गर्दै आएका छन्। आगामी दिनमा संसदमा आफ्नो बहुमत प्रयोग गरेर ट्रम्प प्रशासनका कामको अनुसन्धान गर्ने उनीहरूको तयारी छ। त्यसक्रममा मस्कको राजनीतिक आर्थिक सहयोग र प्रशासनसँगको सम्बन्ध पनि अनुसन्धानको विषय बन्न सक्ने बताइएको छ।

मस्कले भने टेक्ससकी नवनिर्वाचित गभर्नर हिनोजोसाको नेतृत्वमा आफ्नो व्यवसायलाई समस्या नहुने विश्वास व्यक्त गरेका छन्। उनले नयाँ गभर्नर मध्यम विचारधाराकी हुने र टेक्ससमा आफ्नो व्यवसाय सञ्चालन गर्न कुनै समस्या नआउने उनको विश्वास छ।

प्रकाशित: ३ मंसिर २०८३ २१:२६ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
32m ago
ट्रम्पलाई जिताउन करोडौँ खर्चिएका मस्क भन्छन् : अब म ‘मागा’ होइन, पैसा खर्च गर्नु मूर्खता थियो

ट्रम्पलाई जिताउन करोडौँ खर्चिएका मस्क भन्छन् : अब म ‘मागा’ होइन, पैसा खर्च गर्नु मूर्खता थियो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सत्तामा पुर्‍याउन र रिपब्लिकन उम्मेदवारलाई चुनाव जिताउन करोडौँ डलर खर्चिएका विश्वकै धनी व्यक्ति एलन मस्कले आफ्नो राजनीतिक पहिचानबारे फरक धारणा सार्वजनिक गरेका छ...

#मस्क #ट्रम्प #जिताउन
Compare →
Onlinekhabar
11h ago
रिपब्लिकन उम्मेदवारलाई सघाउन ५० करोड डलर खर्च गर्नु मूर्खता थियो : एलन मस्क

रिपब्लिकन उम्मेदवारलाई सघाउन ५० करोड डलर खर्च गर्नु मूर्खता थियो : एलन मस्क

३ मंसिर, काठमाडौं । अर्बपति व्यापारी एलन मस्कले रिपब्लिकन उम्मेदवारहरूलाई चुनावमा सघाउन ठूलो रकम खर्च गर्नु आफ्नो मूर्खता भएको बताएका छन् । उनले आफू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ (मागा) अभियानको हिस्सा …

#मस्क #खर्च #मूर्खता
Compare →
Bizshala
10h ago
जेन्सेन ह्वाङको बहिर्गमनप्रति मस्कको असन्तुष्टि, चुनावी खर्चमा पछुतो

जेन्सेन ह्वाङको बहिर्गमनप्रति मस्कको असन्तुष्टि, चुनावी खर्चमा पछुतो

काठमाडौं । अमेरिकी अर्बपति उद्यमी एलन मस्कले एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङको बहिर्गमनप्रति...

#मस्क #खर्च
Compare →
Ekantipur
3h ago
ट्रम्प, सी र पुटिनबीच के भयो कुराकानी ?

ट्रम्प, सी र पुटिनबीच के भयो कुराकानी ?

बिहीबार चीनको सेन्जेनमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चीनफिङ र भ्लादिमिर पुटिनबीच झन्डै डेढ घण्टा वार्ता भएको थियो

#ट्रम्प
Compare →
Arthasansar
2d ago
पहिलो चौमासिक : सरकारको राजस्व संकलन २३.३९ र खर्च २३.३७ प्रतिशत

पहिलो चौमासिक : सरकारको राजस्व संकलन २३.३९ र खर्च २३.३७ प्रतिशत

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा सरकारको आम्दानी वार्षिक लक्ष्यको २३ दशमलव ३९ र खर्च २३ दशमलव ३७ प्रतिशत...

#खर्च
Compare →

Related Stories

World News
Build #2612