Trending
Prev Story
Next Story

जेन्सेन ह्वाङको बहिर्गमनप्रति मस्कको असन्तुष्टि, चुनावी खर्चमा पछुतो

Bizshala •
November 19, 2026 • 05:34 AM
4
4 reads 0 reactions

काठमाडौं । अमेरिकी अर्बपति उद्यमी एलन मस्कले एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङको बहिर्गमनप्रति...

जेन्सेन ह्वाङको बहिर्गमनप्रति मस्कको असन्तुष्टि, चुनावी खर्चमा पछुतो

काठमाडौं । अमेरिकी अर्बपति उद्यमी एलन मस्कले एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङको बहिर्गमनप्रति असन्तुष्टि जनाउँदै उनको स्थान कसैले लिन नसक्ने बताएका छन् । साथै, उनले अमेरिकी मध्यावधि निर्वाचनमा ठूलो रकम खर्च गरेकोमा पछुतो व्यक्त गरेका छन् ।

बुधबार न्युयोर्क टाइम्सको ‘डिलबुक समिट’ मा बोल्दै मस्कले ह्वाङको बहिर्गमनलाई लगातार जितिरहेको टोलीबाट बास्केटबलका महान् खेलाडी माइकल जोर्डनलाई हटाउनुसँग तुलना गरे । उनले यस्तो निर्णय बुद्धिमानीपूर्ण नभएको बताए ।

चिनियाँ जासुस भएको आशङ्का गरिएकी महिलासँगको सम्बन्ध र कम्पनीका कर्मचारीसँगको सम्बन्धबारे विवरण सार्वजनिक भएपछि बढेको दबाबका बीच ह्वाङले गत साता राजीनामा दिएका थिए । उनी आगामी महिना राष्ट्रिय सुरक्षा र निर्यात नियन्त्रणसम्बन्धी विषयमा अमेरिकी संसद्मा बयान दिने तयारीमा छन् ।

मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित आफूले चिनेका अधिकांश व्यक्तिको धारणा पनि ह्वाङले एनभिडियाको नेतृत्वमै रहनुपर्ने रहेको बताए । यद्यपि, उनले यो निर्णय कम्पनीको सञ्चालक समितिको अधिकारक्षेत्रमा पर्ने स्पष्ट पारे ।

मध्यावधि निर्वाचनमा कम्तीमा ४७ करोड ४० लाख अमेरिकी डलर खर्च गरेकोमा आफूलाई मूर्खतापूर्ण निर्णय गरेको महसुस भएको मस्कले बताए । राष्ट्रपति, प्रतिनिधिसभा र सिनेट तीनै निकाय एउटै दलको नियन्त्रणमा जान नदिन आफूले खर्च गरेको उनको भनाइ थियो । ‘समयलाई पछाडि फर्काउन सक्ने भए मैले कम पैसा खर्च गर्ने थिएँ,’ उनले भने ।

उनले आफू ‘मागा’ आन्दोलनको समर्थक नभएको पनि बताएका छन् ।

यसैबीच, मस्कले स्पेसएक्स र टेस्लाबीच गाभिने सम्भावनाबारे पनि चर्चा गरे । कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स तथा चिप डिजाइनका क्षेत्रमा दुवै कम्पनीबीच सहकार्यको सम्भावना बढेको उनको भनाइ छ । तर, यस्तो सम्झौताका लागि सेयरधनीको स्वीकृति आवश्यक पर्ने उनले स्पष्ट पारे ।

मस्कले स्पेसएक्सले एआई कम्पनी एन्थ्रोपिकलाई छोटो अवधिका सम्झौतामार्फत कम्प्युटिङ क्षमता भाडामा दिइरहेको जानकारी पनि दिए । उनका अनुसार एन्थ्रोपिकले थप १० गिगावाट कम्प्युटिङ क्षमता लिन चासो देखाएको छ ।

यसैबीच, एन्थ्रोपिकले बुधबार प्रतिकित्ता ८३ डलरका दरले आईपीओ जारी गरी ८१ अर्ब ३० करोड अमेरिकी डलर जुटाएको छ । कम्पनीका अनुसार यो अहिलेसम्मकै ठूलो सार्वजनिक सेयर निष्कासन हो ।

एक वर्षअघि आफ्नो मानसिक अवस्थालाई ‘आँधीबेहरी’सँग तुलना गरेका मस्कले अहिले भने आफू तुलनात्मक रूपमा शान्त रहेको बताएका छन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1d ago
एनभिडियाका वरिष्ठ अधिकारीलाई समेत थर्काउँथिन् जेन्सेनकी छोरी

एनभिडियाका वरिष्ठ अधिकारीलाई समेत थर्काउँथिन् जेन्सेनकी छोरी

१ मंसिर, काठमाडौं । विवाहेत्तर प्रेम सम्बन्ध र राष्ट्रिय सुरक्षा जोखिमसँग जोडिएका गम्भीर अनुसन्धानको घेरामा परेपछि चिप निर्माता कम्पनी एनभिडियाका संस्थापक तथा सीईओ जेन्सेन ह्वाङले ३३ वर्ष लामो नेतृत्व त्याग्दै गत साता राजीनामा दिए। तर, जेन्सेन …

#ह्वाङ #जेन्सेन
Compare →
Nagarik News
23h ago
जेन्सेन प्रकरण : एलिसका पतिले चीनमा ९ अर्ब डलरको डाटा सेन्टर साम्राज्य खडा गरे !

जेन्सेन प्रकरण : एलिसका पतिले चीनमा ९ अर्ब डलरको डाटा सेन्टर साम्राज्य खडा गरे !

एनभिडियाका पूर्वप्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङसँग नाम जोडिएकी चिनियाँ व्यवसायी एलिस हुआङबारे नयाँ खुलासा भएको छ।

#जेन्सेन
Compare →
Hamro Patro News
2d ago
ट्रम्पले भने, "जेन्सेन हुआङले आफ्नो पद फिर्ता पाए पनि मलाई कुनै आपत्ति छैन

ट्रम्पले भने, "जेन्सेन हुआङले आफ्नो पद फिर्ता पाए पनि मलाई कुनै आपत्ति छैन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनभिडियाका पूर्व सीईओ जेन्सेन हुआङले आफ्नो पद फिर्ता पाएमा आफूलाई कुनै आपत्ति नहुने बताएका छन्। हुआङका सहकर्मीहरूले पनि उनलाई यस पदमा पुनर्स्थापित गर्न माग गरिर...

#जेन्सेन
Compare →
Ekantipur
2d ago
जेन्सन ह्वाङसँग सम्बन्धमा रहेको आरोप लागेकी एलिसले गत वर्ष नै छाडेकी थिइन् कम्पनी

जेन्सन ह्वाङसँग सम्बन्धमा रहेको आरोप लागेकी एलिसले गत वर्ष नै छाडेकी थिइन् कम्पनी

एनभिडिया चिप चीन पुर्‍याएको आरोपमा अनुसन्धानमा रहेको मेगास्पिडले बाह्य कानुनी परामर्शदातामार्फत आन्तरिक छानबिन गर्ने घोषणा पनि गरेको छ ।

#ह्वाङ
Compare →

Related Stories

Politics & Governance
Build #2612