Trending
Prev Story
Next Story

पुटिन र सीसँग भेटपछि चीनबाट फर्किए ट्रम्प, इरानबारे के भने ?

Onlinekhabar •
November 19, 2026 • 12:01 PM
3
3 reads 0 reactions

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको त्रिपक्षीय बैठक सकिएको छ । बैठकपछि ट्रम्प एयरफोर्स वान विमानमा सवार भएर अमेरिका फर्किएका छन् । बैठकस्थलबाट बाहिरिँदै गरेको उनको तस्बिर सार्वजनिक भएको …

पुटिन र सीसँग भेटपछि चीनबाट फर्किए ट्रम्प, इरानबारे के भने ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको त्रिपक्षीय बैठक सकिएको छ ।

बैठकपछि ट्रम्प एयरफोर्स वान विमानमा सवार भएर अमेरिका फर्किएका छन् । बैठकस्थलबाट बाहिरिँदै गरेको उनको तस्बिर सार्वजनिक भएको छ ।

रुसी सरकारी सञ्चारमाध्यमका अनुसार पुटिन पनि बैठकस्थलबाट बाहिरिएका छन् । सार्वजनिक भिडियोमा चिनियाँ राष्ट्रपति सीले पुटिनलाई उनको गाडीसम्म पुर्‍याएको देखिन्छ ।

रुसी समाचार एजेन्सी तासका अनुसार तीनै नेताबीचको बैठक करिब डेढ घण्टा चलेको थियो । बैठकपछि तीनै जना राष्ट्रपतिले सञ्चारमाध्यमसँग कुनै प्रतिक्रिया दिएनन् ।

त्यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पको सवारी काफिला पनि चीनको सेन्जेनस्थित काइलिन भिल्लाबाट बाहिरिएको थियो ।

बैठक सुरु हुनुअघि ट्रम्पले तीन देशका नेताहरूको उपस्थितिमा संक्षिप्त सम्बोधन गरेका थिए । उनले विश्वका अन्य देशमा परमाणु हतियार फैलिने जोखिम रोक्न तीनै देशले मिलेर काम गर्नु अत्यन्त आवश्यक रहेको बताएका थिए ।

‘हामी इरानको मामिलामा पनि यही गरिरहेका छौँ । हामी इरानलाई परमाणु हतियार बनाउन दिने छैनौँ,’ उनले भनेका थिए ।

चीनको सेन्जेनमा एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) सम्मेलन आयोजना भइरहेको छ । सम्मेलनमा चीनका राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी भएका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1d ago
ट्रम्प र सीसँगको बहुप्रतीक्षित भेटवार्ताअघि पुटिन चीनमा

ट्रम्प र सीसँगको बहुप्रतीक्षित भेटवार्ताअघि पुटिन चीनमा

युक्रेन युद्धपछि पश्चिमी प्रतिबन्धमा रहेका पुटिनले दुई शक्तिशाली नेतासँगको भेटलाई रुसको अन्तर्राष्ट्रिय प्रभाव बढाउने अवसरका रूपमा उपयोग गर्न खोज्नेछन्।

#राष्ट्रपति #पुटिन #ट्रम्प
Compare →
Hamro Patro News
4h ago
सेन्जेनको शक्तिशाली कूटनीतिक दृश्य : सीको पहलमा पुटिन र ट्रम्प एउटै टेबुलमा

सेन्जेनको शक्तिशाली कूटनीतिक दृश्य : सीको पहलमा पुटिन र ट्रम्प एउटै टेबुलमा

सेन्जेन – चिनियाँ राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एउटै मञ्चमा उभ्याएर विश्वका अन्य कुनै पनि नेताले गर्न नसकेको ऐतिहासिक कूटनीतिक सफलता ...

#राष्ट्रपति #पुटिन #ट्रम्प
Compare →
Nagarik News
1d ago
सी, पुटिन र ट्रम्पबिच ऐतिहासिक त्रिपक्षीय वार्ता हुँदै, मनिलामा लाग्यो ‘ट्रम्प आउट’ को नारा

सी, पुटिन र ट्रम्पबिच ऐतिहासिक त्रिपक्षीय वार्ता हुँदै, मनिलामा लाग्यो ‘ट्रम्प आउट’ को नारा

त्रिपक्षीय वार्ताअघि ट्रम्पले सीसँग छुट्टै द्विपक्षीय भेट गर्ने कार्यक्रम छ। पुटिनसँग पनि छुट्टै भेट हुन सक्ने ट्रम्पले संकेत गरेका छन्।

#राष्ट्रपति #पुटिन #ट्रम्प
Compare →
Bizshala
1d ago
चीनमा ट्रम्प, सी र पुटिनको भेट : व्यापार, युद्ध र प्रविधिमा चासो

चीनमा ट्रम्प, सी र पुटिनको भेट : व्यापार, युद्ध र प्रविधिमा चासो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच चीनमा...

#राष्ट्रपति #ट्रम्प #पुटिन
Compare →

Related Stories

World News
Build #2612