Trending
Prev Story
Next Story

ट्यांकरबाट इन्धन चोरी आरोपमा एकजना पक्राउ, दुई ट्यांकर नियन्त्रणमा

Ekantipur •
November 19, 2026 • 12:02 PM
3
3 reads 0 reactions

तिलोत्तमा–७ स्थित नेपाल पेट्रोलियमको प्रांगणमा मुख्य ताला वा सिल नतोडी इन्धन निकालिरहेको अवस्थामा प्रहरीले एकजनालाई बुधबार पक्राउ गरेको हो।

ट्यांकरबाट इन्धन चोरी आरोपमा एकजना पक्राउ, दुई ट्यांकर नियन्त्रणमा

तिलोत्तमा–७ स्थित नेपाल पेट्रोलियमको प्रांगणमा मुख्य ताला वा सिल नतोडी इन्धन निकालिरहेको अवस्थामा प्रहरीले एकजनालाई बुधबार पक्राउ गरेको हो।

बुटवल — रुपन्देहीमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरबाट इन्धन चोरी गर्ने घटना पुनः दोहोरिएको छ । ट्यांकरको मुख्य ताला वा सिल नतोडी नयाँ शैली अपनाएर इन्धन निकालिरहेको अवस्थामा प्रहरीले दुईवटा ट्यांकरसहित एक जनालाई बुधबार नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाका आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ पौने ८ बजे तिलोत्तमा नगरपालिका–७ सुनयनापथस्थित नेपाल पेट्रोलियमको प्रांगणमा छापा मारेर इन्धन चोरीमा संलग्नलाई नियन्त्रणमा लिएको हो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शारदाप्रसाद चौधरीका अनुसार नेपाल आयल निगमका ट्यांकरबाट इन्धन चोरी भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । सो क्रममा दुईवटा ट्यांकरबाट इन्धन निकालिरहेको अवस्थामा एकजनालाई पक्राउ गरिएको उनले बताए ।

पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका–७ मंगलापुरका ४६ वर्षीय तिलबहादुर फुलाल रहेका छन् । उनलाई लु २ ख २६५५ र लु २ ख ३९४० नम्बरका ट्यांकरबाट इन्धन निकालिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका फुलाल र दुवै ट्यांकरलाई थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय मंगलापुरमा बुझाइएको छ ।

ट्यांकर चालक, सहचालक तथा केही पेट्रोल पम्प सञ्चालकको मिलेमतोमा इन्धन चोरी हुने गरेको आरोप यसअघि पनि लाग्दै आएको थियो । प्रहरीले यसअघिसमेत इन्धन चोरीमा संलग्नलाई पक्राउ गरी पम्प तथा ट्यांकरमाथि कारबाही गरेको थियो ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
11h ago
चोरीका गरगहना र नगदसहित पक्राउ

चोरीका गरगहना र नगदसहित पक्राउ

काठमाडौंको जयबागेश्वरीस्थित एक घरबाट सुनचाँदीका गरगहना चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

#चोरी
Compare →
Onlinekhabar
1d ago
तारकेश्‍वरस्थित एक घरमा चोरी

तारकेश्‍वरस्थित एक घरमा चोरी

२ मंसिर,काठमाडौं । तारकेश्‍वर नगरपालिका–८ मा आज बिहान चोरी भएको छ । तारकेश्वरमा डेरा गरी बस्ने बाजुरा घर भएकी ३१ वर्षीया उर्मिला भण्डारीको कोठाबाट सुनको गहना र नगद समेत गरी करिब १ लाख ३० हजार रूपैयाँ …

#चोरी
Compare →
Hamro Patro News
3d ago
चोरीका गाडी सेकेन्ड ह्यान्ड भन्दै बेचेपछि…

चोरीका गाडी सेकेन्ड ह्यान्ड भन्दै बेचेपछि…

नवलपरासी । नवलपरासीमा चोरीका गाडी सेकेन्ड ह्यान्ड भन्दै बिक्री गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामग्राम नगरपालिका–१४ घर भई हाल बर्दघाट नगरपालिका–४ बस्दै आएका ३६ वर्षीय विजय हरि...

#चोरी
Compare →
Bizshala
6d ago
भिडियो कलबाट ४० करोड डलरको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आरोप

भिडियो कलबाट ४० करोड डलरको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आरोप

काठमाडौं। अमेरिकी अधिकारीहरूले ४० करोड डलरभन्दा बढी मूल्यको क्रिप्टोकरेन्सी चोरीमा उत्तर कोरियाली सरकारसँग...

#चोरी
Compare →

Related Stories

National (Nepal)
Build #2612