राष्ट्रिय भेलाका निर्णयलाई केन्द्रीय कमिटीको बैठकबाट स्वीकृत गराउने, स्थानीय तहको निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
काठमाडौं — एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बिहीबार काठमाडौंस्थित एक होटलमा बैठक सुरु भएको हो । राष्ट्रिय भेला सम्पन्न भएलगत्तै एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको हो ।
बैठकमा राष्ट्रिय भेलामा उठेका विषय, पार्टीका आगामी कार्ययोजना तथा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने अपेक्षा गरिएको छ । राष्ट्रिय भेलाका निर्णयलाई केन्द्रीय कमिटीको बैठकबाट स्वीकृत गराउने, स्थानीय तहको निर्वाचन लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।