Trending
Prev Story
Next Story

पोखरा घुम्न आएकी ग्रिसकी नागरिक तिलहरी चोरी आरोपमा पक्राउ

Onlinekhabar •
November 19, 2026 • 03:31 AM
4
4 reads 0 reactions

३ मंसिर, पोखरा । पोखराको एक सुनचाँदी पसलबाट तिलहरी चोरेको आरोपमा प्रहरीले ग्रिसकी नागरिकलाई पक्राउ गरेको छ । पर्यटकका रूपमा नेपाल आएकी काल्लीपी स्टेफानलाई चोरीको गहनासहित प्रहरीले पक्राउ गरेको हो । उनी नोभेम्बर १२ तारिख (कात्तिक …

पोखरा घुम्न आएकी ग्रिसकी नागरिक तिलहरी चोरी आरोपमा पक्राउ

३ मंसिर, पोखरा । पोखराको एक सुनचाँदी पसलबाट तिलहरी चोरेको आरोपमा प्रहरीले ग्रिसकी नागरिकलाई पक्राउ गरेको छ । पर्यटकका रूपमा नेपाल आएकी काल्लीपी स्टेफानलाई चोरीको गहनासहित प्रहरीले पक्राउ गरेको हो ।

उनी नोभेम्बर १२ तारिख (कात्तिक २६ गते) मात्रै नेपाल घुम्न आएकी थिइन् । पोखरा घुम्ने क्रममा उनले कात्तिक २९ गते पोखरा महानगरपालिका–२ मोहोरिया टोलस्थित यशोदा ज्वेलर्समा पुगेर तिलहरी हेरेकी थिइन् ।

पसलमा गहना हेरेर फर्किएकी उनीमाथि त्यतिबेला पसल सञ्चालकले शंका गरेका थिएनन् । तर, भोलिपल्ट आफूले देखाएको तिलहरी पसलमा नभेटिएपछि सञ्चालकले खोजी सुरु गरे । पसलमा जडान गरिएको सीसीटीभी फुटेज हेर्दा विदेशी महिलाले नै तिलहरी लगेको देखिएपछि प्रहरीलाई खबर गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले सीसीटीभी फुटेजका आधारमा महिलाको पहिचान र खोजी सुरु गरेको थियो । सोही क्रममा बुधबार पोखरा महानगरपालिका–४ गैह्रापाटनस्थित पन्थी गल्लीमा उनलाई फेला पारेर प्रहरीले नियन्त्रणमा लिएको हो ।

गहनाको खोजीका क्रममा प्रहरीले महिलाको झोला खानतलासी गर्दा चोरी भएको तिलहरी फेला पारेको थियो । प्रहरीले उनको साथबाट रातो पोतेसहितको तिलहरी बरामद गरेको छ ।

प्रहरीका अनुसार पक्राउ परेकी ६६ वर्षीया स्टेफानोले आफूले झुक्किएर गहना आफ्नै झोलामा राखेको बयान दिएकी छन् । तर, घटनाको प्रकृति हेर्दा जानाजानी चोरी गरेको प्रहरीको आशंका छ ।

कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले महिलाले झुक्किएर झोलामा परेको बताएको जानकारी दिए । ‘उनले झुक्किएर आफ्नो झोलामा परेको बताउँछिन् । तर, यो उनको नियत नै देखिएको छ । झोलामा परेको भए उनले सोही दिन फिर्ता गर्ने थिइन्,’ एसपी कार्कीले भने ।

प्रहरीले चोरीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउन उनलाई कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेको छ । बरामद भएको तिलहरी र घटनासँग सम्बन्धित सीसीटीभी फुटेजलाई प्रहरीले अनुसन्धानको आधार बनाएको छ ।

पोखरा आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य हो । यहाँ घुम्न आउने पर्यटकको संख्या बढेसँगै पर्यटकबाट हुने विभिन्न गतिविधि पनि प्रहरीका लागि चुनौती बन्दै गएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
4h ago
फोहोरलाई मोहर बनाउँदै पोखरा

फोहोरलाई मोहर बनाउँदै पोखरा

फोहोरबाट आम्दानी दिलाउने र हरित रोजगारीको बाटो देखाउने उद्देश्यसहित पोखरामा आरयु (रिसाइकल र अपसाइकल) फेस्ट सुरु भएको छ।

#पोखरा
Compare →
Ekantipur
13h ago
दुबई उडानले बढायो पोखराको उत्साह, भारतसँग दिल्ली उडानको अपेक्षा

दुबई उडानले बढायो पोखराको उत्साह, भारतसँग दिल्ली उडानको अपेक्षा

प्रधानमन्त्रीको भारत भ्रमणमा पोखरा–दिल्ली सिधा उडान र थप तीन हवाई प्रवेश मार्गको विषय उठाउन पर्यटन व्यवसायीको माग

#पोखरा
Compare →
Hamro Patro News
1d ago
पोखराको लेकसाइडमा देउसी हेर्दा झैझगडा गर्ने नौजना पक्राउ

पोखराको लेकसाइडमा देउसी हेर्दा झैझगडा गर्ने नौजना पक्राउ

पोखरा । पोखरा-६ लेकसाइडमा देउसीभैलो हेर्ने क्रममा झैझगडा गरेर कुटपिटमा संलग्न नौजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले नौजनालाई...

#पोखरा
Compare →
Arthasansar
3d ago
अन्तिम खेलमा पोखरासँग पराजित भएपछि काठमाण्डू इलिमिनेटरमा

अन्तिम खेलमा पोखरासँग पराजित भएपछि काठमाण्डू इलिमिनेटरमा

कुशल भुर्तेल र युवराज सिंह सम्राको आक्रमक ब्याटिङ अनी दिनेश खरेलको शानदार बलिङमा पोखरा नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार...

#पोखरा
Compare →

Related Stories

National (Nepal)
Build #2612