Trending
Prev Story
Next Story

नेपालले भारत ‘ए’ को सामना गर्दै

Ekantipur •
November 19, 2026 • 12:02 PM
3
3 reads 0 reactions

तिलक वर्माको कप्तानीमा रहेको भारतीय टोलीमा अभिषेक शर्मा, वैभव सूर्यवंशी, रिंकु सिंह, हर्षित राणालगायतका खेलाडी छन् ।

नेपालले भारत ‘ए’ को सामना गर्दै

तिलक वर्माको कप्तानीमा रहेको भारतीय टोलीमा अभिषेक शर्मा, वैभव सूर्यवंशी, रिंकु सिंह, हर्षित राणालगायतका खेलाडी छन् ।

काठमाडौँ — नेपालले शुक्रबार बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै एसिया कप राइजिङ स्टार्स प्रतियोगिताको सुरुआत गर्दैछ । कतारको दोहामा एसियाका इमर्जिङ खेलाडीबीचको प्रतियोगिता बिहीबार सुरु भइसकेको छ ।

नेपालले वेस्ट इन्ड पार्क इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सुरु हुने खेलमा भारत ‘ए’ को सामना गर्नेछ । प्रतियोगिताअघि भारत ‘ए’ का कप्तान तिलक वर्माले नेपाली क्रिकेटको प्रशंसा गरेका छन् ।

कप्तानहरूको पत्रकार सम्मेलनमा उनले पछिल्ला केही वर्षमा नेपालले क्रिकेटमा उल्लेखनीय प्रगति गरेको बताएका हुन् । ‘पछिल्ला केही वर्षलाई हेर्ने हो भने नेपालले अफगानिस्तानसँग निकै राम्रो प्रदर्शन गरिरहेको छ । इमर्जिङ लेभलमा मात्र होइन, सिनियर टोलीको स्तरमा पनि उनीहरूको प्रदर्शन राम्रो छ । नेपाल र अफगानिस्तानसँग खेल्न निकै उत्साहित छु । सबै प्रतिद्वन्द्वी राम्रा छन्, तर नेपाल र अफगानिस्तानसँगको प्रतिस्पर्धा विशेष रोमाञ्चक हुनेछ,’ तिलकले भने ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोलीमा सिनियर अन्तर्राष्ट्रिय अनुभव र युवा प्रतिभाको राम्रो संयोजन छ । कुशल भुर्तेल, ललित राजवंशी, सन्दीप जोरा, देव खनाल र लोकेश बमजस्ता खेलाडी नेपाली टोलीका महत्त्वपूर्ण सदस्य हुन् ।

विशेषगरी बलिङमा सन्दीप लामिछाने र ललित राजवंशी नेपालको प्रमुख हतियार बन्न सक्छन् । सोमपाल कामीले चोटका कारण प्रतियोगिता गुमाउने भएपछि उनलाई प्रतिस जिसीले प्रतिस्थापन गरेका छन् भने यसअघि ट्राभलिङ रिजर्भमा रहेका मयन यादवलाई मुख्य टिममा समावेश गरिएको छ ।

जारी एनपीएलमा शीर्ष चारमा नपरेका टोलीका खेलाडीमात्र नेपाली टोलीमा रहेका छन् र सोहीअनुरूप मयनले स्थान बनाएका छन् । एनपीएलको फाइनलमा पुगेको डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सका सन्दीप जोरा र अभिशेष गौतम पनि टिममा छन् । साथै सुदूरपश्चिमका ईशान पाण्डेले एसिया कप राइजिङ स्टार्समा शीर्ष क्रममा ब्याटिङ गर्ने छन् ।

ब्याटिङतर्फ कुशल भुर्तेल र लोकेश बमबाट नेपालले ठूलो अपेक्षा गर्नेछ । जारी एनपीएलमा २ सय ४२ रनसहित लोकेश शीर्ष रनकर्ताको सूचीमा दोस्रो स्थानमा छन् । कुशलको पोखराले खास प्रदर्शन गर्न नसके पनि उनले एनपीएल ३ मा २ सय ३५ रन प्रहार गर्दै लय समातेका छन् ।

तर, भारत ‘ए’ विरुद्धको खेल नेपालका लागि सहज भने हुने छैन । भारतीय टोलीमा अन्तर्राष्ट्रिय र इन्डियन प्रिमियर लिग (आईपीएल) को अनुभव बटुलेका खेलाडीहरूको बाहुल्य छ । तिलक वर्माको कप्तानीमा रहेको टोलीमा आक्रामक ओपनर अभिषेक शर्मा, युवा ब्याटर वैभव सूर्यवंशी र विस्फोटक फिनिसर रिंकु सिंह मुख्य आकर्षणका रूपमा छन् । त्यस्तै, तीव्र गतिका बलर हर्षित राणा पनि भारतीय टोलीमा फर्किएका छन् । अभिषेक शर्मा र वैभव सूर्यवंशीबाट भारतले आक्रामक सुरुवातको अपेक्षा गर्नेछ । मध्यक्रममा रिंकु सिंहको उपस्थितिले टोलीलाई थप बलियो बनाएको छ । बलिङमा हर्षित राणाको गति र आक्रामकता नेपालका ब्याटरका लागि चुनौती बन्न सक्छ ।

यी दुई टोलीबीच यसअघि सन् २०२३ को इमर्जिङ टिम्स एसिया कपमा प्रतिस्पर्धा भएको थियो । श्रीलंकाको कोलम्बोमा भएको उक्त खेलमा भारत ‘ए’ ले नेपाललाई ९ विकेटले पराजित गरेको थियो । नेपालले दिएको १६८ रनको लक्ष्य भारतले एक विकेट गुमाएर पूरा गरेको थियो ।

नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्दै राइजिङ स्टार्स एसिया कपमा स्थान बनाएको हो । समूह ‘बी’ मा रहेको नेपालले आफ्नो दोस्रो खेलमा आइतबार यूएई र तेस्रो खेलमा आगामी मंगलबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने छ ।

अर्को समूहमा बंगलादेश, श्रीलंका र अफगानिस्तानका ‘ए’ टोली तथा हङकङको राष्ट्रिय टोली रहेका छन् । ८ टोली सहभागी ५० ओभरको प्रतियोगितामा दुवै समूहका शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् ।

सुबास रोकाया कान्तिपुर टिभीका संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
2h ago
राजदूत पाण्डेले भारतीय राष्ट्रपतिलाई बुझाए ओहदाको प्रमाणपत्र

राजदूत पाण्डेले भारतीय राष्ट्रपतिलाई बुझाए ओहदाको प्रमाणपत्र

३ मंसिर, काठमाडौं । भारतका लागि नेपाली राजदूत  डा. निश्चलनाथ पाण्डेले ओहदाको प्रमाणपत्र बुझाएका छन् । भारतकी राष्ट्रपति द्रौपदी मुर्मुलाई बिहीबार उनले ओहदाको प्रमाणपत्र बुझाएका हुन् । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी भइरहेकाले दुई दिन अघि …

#भारत
Compare →
Hamro Patro News
3h ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे भोलि औपचारिक घोषणा

प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे भोलि औपचारिक घोषणा

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणबारे सरकारले भोलि औपचारिक घोषणा गर्ने भएको छ । परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी भ्रमणको मिति र कार्यतालिकाबारे जानकारी गराउने त...

#भारत
Compare →
Arthasansar
3h ago
भारत भ्रमणमा पञ्चेश्वर परियोजना टुंग्याउन प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव

भारत भ्रमणमा पञ्चेश्वर परियोजना टुंग्याउन प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव

पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पञ्चेश्वरको विषयलाई अघि बढाउन सुझाव दिएका छन् ।...

#भारत
Compare →
Nagarik News
5h ago
पर्यटन र हवाई सम्पर्कबाट नेपाल–भारत सम्बन्ध थप बलियो बनाउन मन्त्री पौडेलको जोड

पर्यटन र हवाई सम्पर्कबाट नेपाल–भारत सम्बन्ध थप बलियो बनाउन मन्त्री पौडेलको जोड

उनले नेपाललाई भारतीय पर्यटकका लागि सहज, सुरक्षित र आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न दुवै देशबीच सहकार्य विस्तार आवश्यक रहेको बताए।

#भारत
Compare →
Bizshala
19h ago
प्रधानमन्त्री शाहको भारत भ्रमणअघि थप ६१५ मेगावाट बिजुली बेच्ने बाटो खुल्यो

प्रधानमन्त्री शाहको भारत भ्रमणअघि थप ६१५ मेगावाट बिजुली बेच्ने बाटो खुल्यो

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणअघि नेपालले भारतीय ऊर्जा एक्सचेन्जमा थप ६१५.०२ मेगावाट विद्युत्...

#भारत
Compare →

Related Stories

Sports
Build #2612