Trending
Prev Story
Next Story

भारतको ऊर्जा एक्सचेन्जमा ५९४ मेगावाट विद्युत् बेच्न नेपाललाई अनुमति

Ekantipur •
November 19, 2026 • 09:02 AM
2
2 reads 0 reactions

भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले थप २१.३४ मेगावाट विद्युत् निर्यातका लागि नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ । योसँगै स्वीकृत निर्यात परिमाण ११९८ मेगावाट पुगेको छ ।

भारतको ऊर्जा एक्सचेन्जमा ५९४ मेगावाट विद्युत् बेच्न नेपाललाई अनुमति

भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले थप २१.३४ मेगावाट विद्युत् निर्यातका लागि नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ । योसँगै स्वीकृत निर्यात परिमाण ११९८ मेगावाट पुगेको छ ।

काठमाडौं — नेपाल विद्युत् प्राधिकरणले द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअन्तर्गत निर्यातका लागि स्वीकृति प्राप्त जलविद्युत् आयोजनाबाट उत्पादित ५९४ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मा बिक्री गर्न अनुमति पाएको छ ।

भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले मध्यकालीन विद्युत् बिक्री सम्झौताअन्तर्गत स्वीकृत आयोजनाहरूको विद्युत् आईएक्सको डेअहेड तथा रियल टाइम मार्केटमा बिक्री गर्न २ मंसिरमा अनुमति दिएको हो । उक्त अनुमतिअनुसार ५९४ मेगावाट विद्युत् १८ नोभेम्बर २०२६ देखि १४ जुन २०२७ (२ मंसिर २०८३–३१ जेठ २०८४) सम्म आईएक्समा बिक्री गर्न सकिनेछ ।

अनुमतिप्राप्त परिमाणमध्ये २०५ मेगावाट विद्युत् कटैया–कुशाहा, रामनगर–सुरजपुर र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत तथा ३८९ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनमार्फत आईएक्समा बिक्री गरिनेछ ।

नेपाल विद्युत् प्राधिकरण र भारतका एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) तथा पावर ट्रेडिङ कर्पोरेसन (पीटीसी) बीच भएको द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार हरियाणा र बिहार राज्यमा हरेक वर्ष जुनदेखि अक्टोबरसम्म विद्युत् निर्यात हुँदै आएको छ । चालु आर्थिक वर्षका लागि सम्झौताअनुसार विद्युत् निर्यात गर्ने अवधि गत ३१ अक्टोबर (१४ कात्तिक) मा समाप्त भएको थियो ।

मध्यकालीन सम्झौताअन्तर्गत निर्यात हुँदै आएको विद्युत् वैकल्पिक बजारका रूपमा आईएक्समा बिक्री गर्न आवश्यक अनुमतिका लागि प्राधिकरणबाट निर्यातयोग्य आयोजनाहरूको सूची निर्यात अवधि समाप्त हुनुअघि नै भारतीय सम्बन्धित निकायमा पेस गरिएको थियो । त्यसपछि स्वीकृतिका लागि निरन्तर पहल तथा फलोअप हुँदै आएको थियो ।

सोही प्रक्रियाअन्तर्गत हाल ५९४ मेगावाट विद्युत् आईएक्समा बिक्री गर्ने अनुमति प्राप्त भएको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बताए । उनका अनुसार एनभीभीएनमार्फत ३८९ मेगावाट र पीटीसीमार्फत २०५ मेगावाट गरी ५९४ मेगावाट विद्युत् आईएक्समा बिक्री गर्ने अनुमति प्राप्त भएको हो ।

प्राधिकरणले आन्तरिक खपतबाट बढी भएको वर्षायामको विद्युत् आईएक्सको डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री गर्दै आएको छ । त्यसैगरी, द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार भारतका हरियाणा तथा बिहार र बंगलादेशमा विद्युत् निर्यात हुँदै आएको छ ।

थप २१ मेगावाट विद्युत् निर्यात स्वीकृति

भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले थप २१.३४ मेगावाट विद्युत् निर्यातका लागि नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ । सेती खोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् १८ नोभेम्बर २०२६ देखि ३१ अगस्ट २०२७ (२ मंसिर २०८३–१५ भदौ २०८४) सम्म आईएक्समा बिक्री गर्न अनुमति प्राप्त भएको हो ।

यससँगै हालसम्म नेपालबाट भारततर्फ कुल १ हजार १९८ मेगावाट विद्युत् निर्यातका लागि अनुमति प्राप्त भएको छ । त्यस्तै, आगामी हिउँदयामको विद्युत् माग र आपूर्ति व्यवस्थापनका लागि भारतबाट १ हजार ४ मेगावाट विद्युत् आयात गर्नसमेत अनुमति प्राप्त भइसकेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
1d ago
हिउँदमा विद्युत् संकट टार्न भारतको भर, नेपाललाई ३५० मेगावाट आयात र ५६ मेगावाट निर्यातको अनुमति

हिउँदमा विद्युत् संकट टार्न भारतको भर, नेपाललाई ३५० मेगावाट आयात र ५६ मेगावाट निर्यातको अनुमति

काठमाण्डौ । वर्षायाममा विद्युत् निर्यात गरेर आम्दानी गर्दै आएको नेपालले आगामी हिउँदमा भने आन्तरिक माग धान्न भारतबाट...

#विद्युत् #मेगावाट #भारत
Compare →
Onlinekhabar
2d ago
भारतबाट ३५० मेगावाट आयात र ५६ मेगावाट निर्यात अनुमति

भारतबाट ३५० मेगावाट आयात र ५६ मेगावाट निर्यात अनुमति

१ मंसिर, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले यस वर्ष हिउँदयाममा भारतबाट ३ सय ५० मेगावाट विद्युत् आयात गर्न अनुमति पाएको छ । भारतको विद्युत मन्त्रालय अन्तर्गत केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार डे–अहेड तथा रियल …

#विद्युत-प्राधिकरण #विद्युत् #मेगावाट
Compare →
Hamro Patro News
2d ago
हिउँदयाममा विद्युत् प्राधिकरणले भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्ने

हिउँदयाममा विद्युत् प्राधिकरणले भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्ने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले यस वर्षको हिउँदयाममा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय ऊर्जा वि...

#विद्युत-प्राधिकरण #विद्युत् #भारत
Compare →
Nagarik News
7h ago
ऊर्जामन्त्री श्रेष्ठले अगाडि बढाए पीपीए, पहिलाे चरणमा एक हजार मेगावाट क्षमताका सरकारी कम्पनीसँग हुने

ऊर्जामन्त्री श्रेष्ठले अगाडि बढाए पीपीए, पहिलाे चरणमा एक हजार मेगावाट क्षमताका सरकारी कम्पनीसँग हुने

नेपाल विद्युत प्राधिकरणले नेपाल सरकारको स्वामित्वमा रहेका कम्पनीहरूसँग विद्युत खरिद सम्झौता (पीपीए) अगाडि बढाएको छ।

#विद्युत-प्राधिकरण #मेगावाट #ऊर्जा
Compare →
Arthasansar
1h ago
भारत भ्रमणमा पञ्चेश्वर परियोजना टुंग्याउन प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव

भारत भ्रमणमा पञ्चेश्वर परियोजना टुंग्याउन प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव

पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पञ्चेश्वरको विषयलाई अघि बढाउन सुझाव दिएका छन् ।...

#भारत
Compare →

Related Stories

World News
Build #2612