Trending
Prev Story
Next Story

चीनबाट पुटिनको सन्देश : प्रतिबन्धहरूले अब आर्थिक वृद्धिलाई रोक्न सक्दैनन्

Onlinekhabar •
November 19, 2026 • 08:00 AM
2
2 reads 0 reactions

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार पश्चिमा प्रतिबन्ध, ट्यारिफ र निर्यात बन्देजले अब देशहरूको आर्थिक वृद्धिलाई रोक्न नसक्ने बताएका छन्। विश्व अर्थतन्त्र केही शक्तिशाली राष्ट्रहरूको वर्चस्व रहेको प्रणालीबाट टाढा जाँदै गरेको तर्क उनले गरेका छन्। चीनको सेन्जेनमा …

चीनबाट पुटिनको सन्देश : प्रतिबन्धहरूले अब आर्थिक वृद्धिलाई रोक्न सक्दैनन्

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार पश्चिमा प्रतिबन्ध, ट्यारिफ र निर्यात बन्देजले अब देशहरूको आर्थिक वृद्धिलाई रोक्न नसक्ने बताएका छन्। विश्व अर्थतन्त्र केही शक्तिशाली राष्ट्रहरूको वर्चस्व रहेको प्रणालीबाट टाढा जाँदै गरेको तर्क उनले गरेका छन्।

चीनको सेन्जेनमा आयोजित एसिया-प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) सीईओ समिटमा व्यापारी नेताहरूलाई पुटिनले सम्बोधन गरेका छन्। सो क्रममा उनले पश्चिमा आर्थिक प्रतिबन्धहरूको आलोचना गरेका छन्। यस्ता प्रतिबन्ध लगाउने देशहरूले आफ्नै उद्योगहरूलाई झन् बढी नोक्सान पुर्‍याइरहेको उनले बताएका छन्।

अन्य देशहरूमाथि दबाब सिर्जना गर्न प्रभुत्वशाली आर्थिक शक्तिहरूले पहिले प्रयोग गर्ने हतियारहरूको प्रभावकारिता घट्दै गएको पुटिनले बताएका छन्।

‘आर्थिक वर्चस्व र आफ्ना शर्तहरू लाद्ने पुराना हतियारहरू अब विगतका कुरा भइसकेका छन्,’ उनले भनेका छन्। प्रतिबन्ध, ट्यारिफ र निर्यात बन्देजले विकासलाई सुस्त बनाउन सक्ने उनले बताएका छन्। तर, यिनले आर्थिक वृद्धिलाई पूर्ण रूपमा रोक्न वा अर्थतन्त्रलाई ध्वस्त पार्न अब नसक्ने उनको भनाइ छ।

रुसी राष्ट्रपतिले युरोपेली देशहरूमाथि पनि आरोप लगाएका छन्। दशकौंसम्म युरोपको अर्थतन्त्रलाई टेवा पुर्‍याएको रुसी ऊर्जा स्रोतको आपूर्ति बन्द गरेर युरोपेली देशहरूले आफ्नै औद्योगिक प्रतिस्पर्धात्मक क्षमता कमजोर बनाएको आरोप उनले लगाएका छन्।

युक्रेन युद्धका कारण रुसले अझै पनि व्यापक पश्चिमा प्रतिबन्धहरूको सामना गरिरहेको छ। यसमा रुसको ऊर्जा निर्यात, वित्तीय संस्थाहरू, प्रविधि आयात र अन्तर्राष्ट्रिय बजारमाथिको पहुँचमा लगाइएका बन्देजहरू समावेश छन्। यही परिप्रेक्ष्यमा पुटिनको यो टिप्पणी आएको हो।

रुसी निर्यातमा डलर र युरोको हिस्सा घटेको पुटिनको भनाइ छ। पश्चिमा वित्तीय प्रतिबन्धहरूले अमेरिकी डलर र युरोमाथिको निर्भरता घटाउने रुसको प्रयासलाई तीव्र पारेको तर्क पुटिनले गरेका छन्।

रुसी निर्यातमा यी दुई मुद्राको संयुक्त हिस्सा सन् २०२१ को ८५ प्रतिशतबाट घटेर हाल करिब ९ प्रतिशतमा झरेको उनले बताएका छन्। पश्चिमा बैंक तथा वित्तीय संस्थाहरूले लगाएका प्रतिबन्धहरूपछि यो गिरावट आएको हो।

‘हामीले युरो वा डलरलाई कहिल्यै अस्वीकार गरेका छैनौं,’ पुटिनले भनेका छन्। पश्चिमा देश र वित्तीय संस्थाहरूले नै रुससँगको कारोबारमा यिनको प्रयोगमा बन्देज लगाएको तर्क उनले गरेका छन्। यसो गरेर उनीहरूले आफैँलाई सजाय दिएको पुटिनले थपेका छन्।

सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेपछि रुसमाथि प्रतिबन्धहरू लगाइएको थियो। ती प्रतिबन्धहरूपछि अन्तर्राष्ट्रिय व्यापार कायम राख्न रुसले वैकल्पिक भुक्तानी प्रणाली र आन्तरिक मुद्रामा हुने राफसाफमाथिको निर्भरता बढाउँदै लगेको छ।

यद्यपि, पश्चिमा मुद्राहरूबाट टाढा सर्ने कार्य चुनौतीरहित भने रहेको छैन। वैकल्पिक भुक्तानी माध्यमहरूमा रुसको बढ्दो निर्भरताले उसलाई चीन जस्ता देशका वित्तीय संस्थाहरूको दबाबमा पनि पारेको छ।

ब्लुमबर्गको हालैको एक रिपोर्टअनुसार सन् २०२४ को उच्च विन्दुबाट रुसी निर्यात भुक्तानीमा युआनको हिस्सा आधाले घटेको छ। यसैबीच, एसियाबाट हुने रुसको निर्यात आम्दानीमा रुबल प्रमुख मुद्रा बनेको छ। विदेशी बैंकहरूलाई अमेरिकी प्रतिबन्धको जोखिममा नपारी पहुँचयोग्य रहने भुक्तानी प्रणालीहरू खोज्न मस्कोले भोग्नुपरेका कठिनाइहरूलाई यसले प्रतिबिम्बित गर्दछ।

रुसद्वारा एसिया-प्यासिफिक क्षेत्रसामु आर्थिक वृद्धि र प्रविधिको प्रस्ताव। पश्चिमा बन्देजका बाबजुद रुसलाई आफ्नो औद्योगिक र प्राविधिक क्षमता विस्तार गर्न सक्षम अर्थतन्त्रको रूपमा प्रस्तुत गर्ने प्रयास पनि पुटिनले गरेका छन्।

विगत तीन वर्षमा रुसको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १० प्रतिशतभन्दा बढीले बढेको दाबी उनले गरेका छन्। सोही अवधिमा बेरोजगारी दर २.३ प्रतिशत रहेको उनले बताएका छन्। पश्चिमा देशहरूको दबाबले मस्कोलाई आफ्नो प्राविधिक आत्मनिर्भरता बलियो बनाउन प्रोत्साहित गरेको उनको भनाइ छ। यसले औद्योगिक उत्पादन बढाउन र श्रम उत्पादकत्व सुधार गर्न पनि मद्दत पुगेको उनले बताएका छन्।

अन्तर्राष्ट्रिय प्रक्षेपणहरूले भने रुसको आर्थिक पुनारूथ्ले बढ्दो सीमाहरूको सामना गरिरहेको संकेत गर्दछन्। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२६ र २०२७ दुवै वर्षमा रुसको अर्थतन्त्र जम्मा ०.९ प्रतिशतले मात्र बढ्ने प्रक्षेपण गरेको छ। विश्व बैंक अझ बढी सतर्क देखिएको छ। विश्व बैंकले सन् २०२६ मा ०.८ प्रतिशत र सन् २०२७ मा ०.७ प्रतिशत आर्थिक वृद्धिको पूर्वानुमान गरेको छ।

रुसी राष्ट्रपतिले एसिया-प्यासिफिक अर्थतन्त्रहरूसँग आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिजिटल प्लेटफर्म र स्याटेलाइट कनेक्टिभिटीमा सहकार्यका अवसरहरू पनि औंल्याएका छन्।

डिजिटल प्लेटफर्म र एआई विकासमा आफ्नो अनुभव बाँड्न रुस तयार रहेको पुटिनले बताएका छन्। उनले रुसलाई आधुनिक प्राविधिक समाधानहरूको एक भरपर्दो आपूर्तिकर्ताको रूपमा वर्णन गरेका छन्।

उनले रुसका दुई प्रमुख लार्ज ल्याङ्ग्वेज मोडल (एलएलएम) हरूको पनि प्रवर्द्धन गरेका छन्। ती मोडलहरू विश्वकै उत्कृष्टमध्येका रहेको दाबी उनले गरेका छन्। तर, ती मोडलहरूको पहिचान खुलाइएको थिएन। समिटको समाचारमा उद्धृत गरिएको आर्टिफिसियल एनालाइसिस र्‍याङ्किङको शीर्ष १० भित्र पनि तीमध्ये कुनै मोडल परेका थिएनन्।

व्यापार सहकार्य बढाउन सीको जोड लगत्तै पुटिनको टिप्पणी आएको हो। सोही समिटमा चिनियाँ राष्ट्रपति सी चिनफिङले बृहत् आर्थिक एकीकरण, खुला व्यापार र उदीयमान प्रविधिहरूमा सहकार्यका लागि आह्वान गरेको केही समयपछि नै पुटिनको सम्बोधन आएको हो।

हालको विश्वव्यापी वातावरणमा बढ्दो संरक्षणवाद, कमजोर वृद्धि गति र उदीयमान प्रविधिहरूले निम्त्याएका चुनौतीहरू देखिएको सीले बताएका छन्। उनले एपेक सदस्य राष्ट्रहरूलाई व्यापार र लगानीका अवरोधहरू कम गर्न आग्रह गरेका छन्। साथै, सप्लाई चेन, आर्टिफिसियल इन्टेलिजेन्स र डिजिटल अर्थतन्त्रमा सहकार्य बलियो बनाउन पनि उनले अनुरोध गरेका छन्।

विदेशी व्यवसायहरूका लागि थप अनुमानयोग्य वातावरण सिर्जना गर्न चीनले पनि प्रतिबद्धता जनाएको छ। यसका लागि ट्यारिफ घटाउने, बजार पहुँच विस्तार गर्ने र व्यापारिक नियम तथा कानुनहरूमा सुधार ल्याउने प्रतिबद्धता चीनले व्यक्त गरेको छ।

ट्यारिफ, एडभान्स्ड सेमिकन्डक्टर, आर्टिफिसियल इन्टेलिजेन्स र महत्त्वपूर्ण प्रविधिहरूमा पहुँचको विषयलाई लिएर अमेरिका र चीनबीच तनाव जारी छ। यही तनावका बीच नेताहरूबाट यस्ता फरक-फरक आर्थिक सन्देशहरू आएका हुन्।

सेन्जेनमा भइरहेको एपेक समिटले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, सी र पुटिनबीच वार्ता गर्ने अवसर प्रदान गर्ने अपेक्षा पनि गरिएको छ। तीन नेताहरूबीच प्रस्तावित यस बैठकले व्यापार, प्रविधि र बृहत् भूराजनीतिक विषयहरूलाई केन्द्रमा ल्याउन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1d ago
ट्रम्प र सीसँगको बहुप्रतीक्षित भेटवार्ताअघि पुटिन चीनमा

ट्रम्प र सीसँगको बहुप्रतीक्षित भेटवार्ताअघि पुटिन चीनमा

युक्रेन युद्धपछि पश्चिमी प्रतिबन्धमा रहेका पुटिनले दुई शक्तिशाली नेतासँगको भेटलाई रुसको अन्तर्राष्ट्रिय प्रभाव बढाउने अवसरका रूपमा उपयोग गर्न खोज्नेछन्।

#पुटिन #चीन
Compare →
Nagarik News
39m ago
एपेकमा पुटिनले भने : विश्वका लागि खुला छ रुस

एपेकमा पुटिनले भने : विश्वका लागि खुला छ रुस

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले एसिया–प्रशान्त क्षेत्रका अर्थतन्त्रहरूसँग रुसले ‘सकारात्मक साझेदारी’ गर्न चाहेको बताएका छन्।

#अर्थतन्त्र #पुटिन
Compare →
Hamro Patro News
2d ago
ट्रम्प, पुटिन र सीबीच हुने ऐतिहासिक बैठकले विश्वका लागि के अर्थ राख्छ

ट्रम्प, पुटिन र सीबीच हुने ऐतिहासिक बैठकले विश्वका लागि के अर्थ राख्छ

चीन, रुस र अमेरिकाका शीर्ष नेताहरूबीच हुन लागेको त्रिपक्षीय वार्ताले युरोपलाई झस्काएको छ। कतिपयले यो भेटलाई दोस्रो विश्वयुद्धपछिको अवस्थासँग समेत तुलना गर्न थालेका छन्। मस्कोको रेड स्क्वाएरमा गत न...

#पुटिन #चीन
Compare →
Bizshala
1d ago
चीनमा ट्रम्प, सी र पुटिनको भेट : व्यापार, युद्ध र प्रविधिमा चासो

चीनमा ट्रम्प, सी र पुटिनको भेट : व्यापार, युद्ध र प्रविधिमा चासो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच चीनमा...

#चीन #पुटिन
Compare →

Related Stories

World News
Build #2612