Trending
Prev Story
Next Story

बर्खास्तीमा परेका सशस्त्र एआईजी दाहालले दिए पुनरावेदन निवदेन

Onlinekhabar •
November 19, 2026 • 07:01 AM
3
3 reads 0 reactions

३ मंसिर, काठमाडौं । बर्खास्तीमा परेका सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहालले पुनरावेदनको निवेदन दिएका छन् । स्रोतका अनुसार उनले गृहमन्त्री हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बर्खास्तीविरुद्ध पुनरावेदनको निवेदन दिएका हुन्। उनको निवेदनमाथि निर्णय गर्ने अधिकार …

बर्खास्तीमा परेका सशस्त्र एआईजी दाहालले दिए पुनरावेदन निवदेन

३ मंसिर, काठमाडौं । बर्खास्तीमा परेका सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहालले पुनरावेदनको निवेदन दिएका छन् ।

स्रोतका अनुसार उनले गृहमन्त्री हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बर्खास्तीविरुद्ध पुनरावेदनको निवेदन दिएका हुन्। उनको निवेदनमाथि निर्णय गर्ने अधिकार मन्त्रिपरिषद्‌मा रहन्छ ।

मन्त्रिपरिषद्ले आफ्नो पूरानै निर्णयलाई सदर गरेमा दाहालको अदालत जाने बाटो खुल्छ । अहिले भने सोझै अदालत जान नमिल्ने भएकाले उनले मन्त्रिपरिषद्‌मा पुनरावेदन दिएको स्रोतले बतायो ।

संवेदनशील र गम्भीर सूचना चुहाएको भन्दै सरकारले २३ असोजमा दाहाललाई बर्खास्त गरेको थियो । बिचौलिया भनिएका इनम सापकोटासँग कनेक्शन देखिएको उनलाई प्रधानमन्त्रीका सूचना चुहाएको आरोप छ।

इनम पक्राउ परेपछि उनको मोबाइलबाट एआईजी दाहालको कनेक्सन देखिएको थियो । इनमसँग कनेक्सन देखिएको र इनमलाई संवेदनशील सूचना चुहाएको भन्दै १९ असोजमा सरकारले एआईजी दाहाललाई निलम्बन गरेको थियो । त्यसपछि एआईजी अञ्जनीकुमार पोखरेललाई छानबिनको जिम्मेवारी दिइएको थियो ।

२३ असोजमा सरकारले एआईजी दाहाललाई बर्खास्तसमेत गरेको थियो । प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने पदीय आचरण प्रचलित काम नगरेको भन्दै उनलाई बर्खास्त गरिएको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ११ असोजमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई उनकै घरबाट पक्राउ गरेको थियो । उनलाई राति २ बजे पक्राउ गरी १२ घण्टासम्म प्रहरी नियन्त्रणमा राखेर केरकार गरिएको थियो । चोलेन्द्र पक्राउ परेलगत्तै एआईजी दाहालले प्रहरी हिरासतमा गएर भेटेको विषय पनि सार्वजनिक भएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
सशस्त्र प्रहरीलाई विद्यालयको २९ रोपनी जग्गा दिने निर्णयपछि विवाद

सशस्त्र प्रहरीलाई विद्यालयको २९ रोपनी जग्गा दिने निर्णयपछि विवाद

स्याङ्जा । स्याङ्जाको वालिङस्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयको स्वामित्वमा रहेको २९ रोपनीभन्दा बढी जग्गा सशस्त्र प्रहरी बललाई उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णयपछि विवाद उत्पन्न भएको छ। विद...

#मन्त्रिपरिषद् #सशस्त्र
Compare →
Ekantipur
3d ago
युद्ध रोकेर संवाद, कूटनीति तथा शान्तिपूर्ण वार्ताबाट समाधान खोज्न दाहालको आग्रह

युद्ध रोकेर संवाद, कूटनीति तथा शान्तिपूर्ण वार्ताबाट समाधान खोज्न दाहालको आग्रह

विश्व एकध्रुवीय व्यवस्थाबाट बहुध्रुवीय संरचनातर्फ अघि बढिरहेको उल्लेख गर्दै दाहालले चीनको उदय, रूसको बढ्दो अन्तर्राष्ट्रिय भूमिका तथा ग्लोबल साउथका देशहरूबीचको सहकार्यलाई विश्व शक्ति सन्तुलनमा देखिएका महत्त्वपूर्ण परिवर्तन भएको बताए ।

#दाहाल
Compare →
Nagarik News
6d ago
१० हजार राज्यले र ३ हजार माओवादीले मा’ रेको तथ्य हो, १७ हजार होइन: दाहाल

१० हजार राज्यले र ३ हजार माओवादीले मा’ रेको तथ्य हो, १७ हजार होइन: दाहाल

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले सशस्त्र द्वन्द्वका क्रममा १७ हजार मान्छे मारेको भन्ने आरोप झुटो भएको दाबी गर्दै त्यसलाई प्रमाणित गरेर देखाउन चुनौती दिएका छन्।

#दाहाल
Compare →

Related Stories

Technology
Build #2612