Trending
Prev Story
Next Story

दल त्याग गरेका जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त

Nagarik News •
November 19, 2026 • 05:24 AM
3
3 reads 0 reactions

जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित १८ जना स्थानीय जनप्रतिनिधिको पद रिक्त भएको छ।

दल त्याग गरेका जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त

जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित १८ जना स्थानीय जनप्रतिनिधिको पद रिक्त भएको छ।

निर्वाचन आयोगले बुधबार सूचना प्रकाशित गर्दै पार्टी त्याग गरेको भन्दै उनीहरूको निर्वाचित पद रिक्त भएको जानकारी गराएको हो। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम जसपा नेपालको केन्द्रीय समन्वय समितिको निर्णयसहित आयोगमा जानकारी प्राप्त भएको थियो।

पार्टीको नीति, सिद्धान्त तथा निर्णयविपरीत कार्य गरी दल त्याग गरेको भन्दै केन्द्रीय समितिको निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी गराइएको सूचनामा उल्लेख छ। आयोगले मंसिर २ गते उनीहरू निर्वाचित भएको पालिका तथा तहको पद स्वतः रिक्त हुने निर्णय गरेको हो।

पद रिक्त हुनेमा सिराहाका पाँच, खोटाङका आठ, भोजपुरका एक, उदयपुरका एक, इलामका दुई र सुनसरीका एक जना जनप्रतिनिधि रहेका छन्।

सिराहाको लहान नगरपालिकाका उपप्रमुख राम चरितर महतो, सखुवानान्कारकट्टी गाउँपालिकाका वडा नम्बर ४ का अध्यक्ष रमेशकुमार यादव र धनगढीमाई नगरपालिकाका वडा नम्बर ७ का अध्यक्ष विजयकुमार महतोको पद रिक्त भएको छ।

त्यस्तै, पर्साको कालिकामाई गाउँपालिकाका वडा नम्बर १ का लालबाबु राउत बरै र वडा नम्बर ३ का संजयकुमार पटेलको पद पनि रिक्त भएको छ।

खोटाङमा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका वडाध्यक्ष मुगाधन राई, कल्पना राई, गिता विक, रामधन राई, शहर मनी राई र विरेन्द्रकुमार दर्नालको पद रिक्त भएको छ।

त्यसैगरी भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका बाल चन्द्र राई, उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका छत्रबहादुर, इलामको माङसेबुङ गाउँपालिकाका विनोदकुमार नेम्वाङ र सन्दकपुर गाउँपालिकाका ढालबहादुर गुरुङको पद रिक्त भएको आयोगले जनाएको छ।

सुनसरीको कोशी गाउँपालिकाका वडा नम्बर ६ का एक वडा अध्यक्षको जुडिलाल कौडगियाको पद रिक्त भएको छ।

प्रकाशित: ३ मंसिर २०८३ ११:०९ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
1h ago
दल त्याग गरेका जसपा नेपालका १८ स्थानीय जनप्रतिनिधिको पद रिक्त

दल त्याग गरेका जसपा नेपालका १८ स्थानीय जनप्रतिनिधिको पद रिक्त

निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपाल (जसपा) बाट निर्वाचित भई दल त्याग गरेका विभिन्न १८ जना स्थानीय तहका जनप्रतिनिधिहरूको पद...

#जसपा #रिक्त #निर्वाचित
Compare →
Ekantipur
5h ago
जसपा नेपाल त्यागेका १८ जनप्रतिनिधिको पद रिक्त, खोटाङका जिसस प्रमुखको पनि पद गयो

जसपा नेपाल त्यागेका १८ जनप्रतिनिधिको पद रिक्त, खोटाङका जिसस प्रमुखको पनि पद गयो

पद रिक्त हुनेमा सिरहाका तीन, पर्साका दुई, खोटाङका आठ, भोजपुरका एक, उदयपुरका एक, इलामका दुई र सुनसरीका एक जना छन् ।

#जसपा #रिक्त #त्याग
Compare →
Onlinekhabar
4h ago
जसपा नेपालबाट निर्वाचित १८ जनप्रतिनिधिको पद रिक्त

जसपा नेपालबाट निर्वाचित १८ जनप्रतिनिधिको पद रिक्त

३ मंसिर, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचनमा निर्वाचित भएका १८ जना जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगले आज सूचना प्रकाशित गरी पद रिक्त भएको जानकारी दिएको हो । सूचना अनुसार …

#जसपा #रिक्त #निर्वाचित
Compare →
Setopati
3h ago
स्थानीय तहमा जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त

स्थानीय तहमा जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त

निर्वाचन आयोगले बुधबार सूचना जारी गर्दै उनीहरूले निर्वाचित भएको दल त्याग गरेको भन्दै पद रिक्त भएको जनाएको हो।

#रिक्त #जसपा #जनप्रतिनिधिको
Compare →
Hamro Patro News
6d ago
एआईजीको एक पद रिक्त : वरीयतामा श्रेष्ठ अगाडि, कार्यसम्पादनमा दीपेन्द्र शाहको दाबेदारी बलियो !

एआईजीको एक पद रिक्त : वरीयतामा श्रेष्ठ अगाडि, कार्यसम्पादनमा दीपेन्द्र शाहको दाबेदारी बलियो !

सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरीक्षक (एआईजी) को एक पद रिक्त भएसँगै बढुवाको प्रतिस्पर्धा सुरु भएको छ। वरीयताक्रममा डीआईजी सुरेशकुमार श्रेष्ठ अगाडि देखिए पनि कार्यसम्पादन, जिम्मेवारी निर्वाह र सं...

#रिक्त
Compare →

Related Stories

Politics & Governance
Build #2612