Trending
Prev Story
Next Story

सक्रिय राजनीतिमा आफ्नो पुनरागमनबारे भण्डारीले भनिन् : व्यक्तिगत पद वा अवसरका लागि होइन

Nagarik News •
November 19, 2026 • 05:14 AM
3
3 reads 0 reactions

नेकपा (एमाले) की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू व्यक्तिगत पद, सुविधा वा अवसरका लागि नफर्किएको बताएकी छन्।

सक्रिय राजनीतिमा आफ्नो पुनरागमनबारे भण्डारीले भनिन् : व्यक्तिगत पद वा अवसरका लागि होइन

नेकपा (एमाले) की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू व्यक्तिगत पद, सुविधा वा अवसरका लागि नफर्किएको बताएकी छन्।

एमालेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्वराष्ट्रपतिसमेत रहेकी भण्डारीले सक्रिय राजनीतिमा आफ्नो पुनरागमनबारे प्रष्ट पार्दै आफू व्यक्तिगत पद, सुविधा वा अवसरका लागि नभई मातृ पार्टीको वैचारिक विकास, संगठनात्मक सुदृढीकरण र सामाजिक–आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउन फर्किएको बताएकी हुन्।

राष्ट्रपतिको सर्वोच्च संवैधानिक जिम्मेवारी सम्हाल्दा देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र छिमेकी तथा मित्रराष्ट्रहरूसँगको सम्बन्ध प्रवर्द्धनमा भूमिका खेलेको उल्लेख गर्दै उनले भनिन्, 'मैले राष्ट्रपतिको सर्वोच्च ओहोदा हासिल गरिसकेकाले अब कुनै पनि पदप्रति लोभ छैन।'

शान्ति सुरक्षामाथि गम्भीर प्रश्न खडा भएको उल्लेख गर्दै उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलनमा प्रतिकूल प्रभाव पर्दा देशको अन्तर्राष्ट्रिय छविमा आँच आउन थालेको टिप्पणी गरिन्। समयमै यसको निराकरण नभए मुलुक अस्थिरता र अनिश्चिततातर्फ धकेलिन सक्ने भनि उनले चिन्ता व्यक्त गरिन्।

पार्टी शुद्धीकरण, जनसंगठन र जलवायु न्याय जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज)लाई भाषण र दस्तावेजमा मात्र सीमित नराखी दैनिक व्यवहार, निर्णय प्रक्रिया र संगठन सञ्चालनमा उतार्नुपर्ने उनले बताइन्। आवश्यकताभन्दा मागका आधारमा कमिटीहरूलाई ठूलो र भद्दा बनाउने प्रवृत्ति अन्त्य गरी कमिटीलाई मानार्थ नभई कार्यकारी बनाउन, आलोचना र आत्मालोचनाको पद्धति अपनाउन तथा सादगी जीवनशैली अवलम्बन गर्न उनले नेता-कार्यकर्तालाई निर्देशन दिए।

त्यसैगरी, युवापुस्तामा बढ्दो निराशा, बेरोजगारी र विदेश पलायन रोक्न जनसंगठनहरूले उद्यमशीलता विकास, बहस र रचनात्मक अभियान चलाउनुपर्ने तथा निर्वाचित जनप्रतिनिधिहरूले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र सुशासनमा पारदर्शी ढंगले काम गर्नुपर्ने उनले बताइन्।

प्रकाशित: ३ मंसिर २०८३ १०:५९ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
21m ago
फागुन २१ को चुनावी धक्का अस्थायी हो: वरिष्ठ नेता भण्डारी

फागुन २१ को चुनावी धक्का अस्थायी हो: वरिष्ठ नेता भण्डारी

नेकपा (एमाले) की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्ष फागुन २१ को निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको धक्का अस्थायी भएको बताएकी छन्। एमालेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ...

#भण्डारी #बताए
Compare →
Onlinekhabar
48m ago
दलहरुबीच प्रतिशोध होइन, सहकार्यको आवश्यकता छ : विद्या भण्डारी

दलहरुबीच प्रतिशोध होइन, सहकार्यको आवश्यकता छ : विद्या भण्डारी

३ मंसिर, काठमाडौं । नेकपा एमालेकी बरिष्ठ नेता विद्यादेवी भण्डारीले अहिलेको आवश्यकता दलहरुबीच सम्वाद, सहकार्य र राष्ट्रिय सहमतिको भएको बताएकी छन् । राष्ट्रिय कार्यकर्ता भेलालाई विहीबार काठमाडौंमा सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले संविधान संशोधन लगायत राष्ट्रिय राजनीतिक …

#भण्डारी
Compare →
Ekantipur
1h ago
सरकारले राजनीतिक दलका नेता र सञ्चार माध्यमप्रति प्रतिशोधपूर्ण व्यहार गर्‍यो : पूर्व राष्ट्रपति भण्डारी

सरकारले राजनीतिक दलका नेता र सञ्चार माध्यमप्रति प्रतिशोधपूर्ण व्यहार गर्‍यो : पूर्व राष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति एवं एमाले वरिष्ठ नेता विद्यादेवी भण्डारीले सरकारले राजनीतिक दलका नेता तथा सञ्चारमाध्यमप्रति प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाएकी छन् ।

#भण्डारी
Compare →

Related Stories

Politics & Governance
Build #2612