Trending
Prev Story
Next Story

एमाले लडेको हो, सकिएको होइन : विष्णु रिजाल

Nagarik News •
November 19, 2026 • 01:50 AM
7
7 reads 0 reactions

उनले चुनावी पराजयपछि एमालेले कठोर आत्मसमीक्षा र साधनाको बाटो रोज्नुपर्ने बताएका छन्।

एमाले लडेको हो, सकिएको होइन : विष्णु रिजाल

नेकपा एमालेका नेता विष्णु रिजालले एमालेले चुनाव हारे पनि राजनीति नहारेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत रिजालले एमाले लडेको तर समाप्त नभएको जिकिर गर्दै यस्तो बताएका हुन्।

'एमाले लडेको हो, सकिएको होइन। हामीले चुनाव हारेका हौं, राजनीति हारेका होइनौं,' उनले भनेका छन्, 'हामीले निर्माण गरेको संविधान छ, हामीले स्थापित गरेको व्यवस्था छ। त्यसैले खरानीबाट फिनिक्स चरा पुनर्जीवित भएझैं एउटा चुनाव हारेको एमालेले पुनर्जीवन प्राप्त गर्न सक्छ।'

उनले चुनावी पराजयपछि एमालेले कठोर आत्मसमीक्षा र साधनाको बाटो रोज्नुपर्ने बताएका छन्।

चुच्चो र प्वाँख खिइएपछि चट्टानमा घोटेर आफूलाई नयाँ उडानका लागि तयार पार्ने बाजको उदाहरण दिँदै उनले एमालेको पंक्तिले पनि आफूलाई नयाँ उडानका लागि तयार पार्नुपर्ने उल्लेख गरेका छन्।

'हामी फेरि नयाँ ऊर्जा र आत्मविश्वासका साथ नयाँ उचाइको उडान भर्न सक्छौं,' उनले भनेका छन्, 'संकल्प गरौं- सम्भव छ!'

प्रकाशित: ३ मंसिर २०८३ ०७:३५ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
19h ago
ग्रासरुट अभियान चलायौं तर जनतासँग संवाद गरेनौं : पोखरेल

ग्रासरुट अभियान चलायौं तर जनतासँग संवाद गरेनौं : पोखरेल

बुधबार सुरू भएको राष्ट्रिय भेलामा पार्टीको शुद्धीकरण र सुदृढीकरणका विषयमा कार्यपत्र प्रस्तुत गर्दै एमाले महासचिव शंकर पोखरेलले जनतासँग सम्बन्ध विस्तार गर्न एमाले असफल भएको बताएका छन् ।

#एमा #बताए
Compare →
Hamro Patro News
1d ago
एमालेलाई अझ बलियो बनाएर अघि बढ्छौँ : अध्यक्ष ओली

एमालेलाई अझ बलियो बनाएर अघि बढ्छौँ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र र बाहिरबाट विभिन्न चुनौती र अवरोध सिर्जना गरिए पनि एमाले कमजोर नहुने बताएका छन्। अखिल नेपाल किसान महासङ्घ केन्द्रीय कमिटीको विस्तारित बैठकलाई सम्...

#एमा #बताए
Compare →
Onlinekhabar
16h ago
राष्ट्रिय भेलामा ओलीको सन्देश : एमाले फेरि उठ्छ, सरकारमा फर्कन्छ

राष्ट्रिय भेलामा ओलीको सन्देश : एमाले फेरि उठ्छ, सरकारमा फर्कन्छ

२ मंसिर, काठमाडौं । देशभरका ३५ सय बढी नेता–कार्यकर्ताको भेला गरेर नेकपा एमालेका नेताहरूले अहिलेको संकटबाट पार्टी फेरि उठ्ने सन्देश दिएका छन् । भेलाको उद्घाटन गर्दै अध्यक्ष केपी शर्मा ओलीले हेर्दाहेर्दै एमाले देशको नेतृत्वमा फर्कने विश्वास …

#एमा
Compare →

Related Stories

Politics & Governance
Build #2612