Trending
Prev Story
Next Story

एमालेसँग चुनावी सहकार्य हुने निश्चित जस्तै छ : नेकपा प्रवक्ता प्रकाश ज्वाला

Onlinekhabar •
November 19, 2026 • 05:01 AM
4
4 reads 0 reactions

३ मंसिर, सल्यान । नेपाली कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाश ज्वालाले आगामी निर्वाचनमा नेकपा एमालेसँग चुनावी एकता र सहकार्य हुने निश्चित जस्तै रहेको बताएका छन् । चुनावी सहकार्यपछि एमालेसँग पार्टी एकताको ढोका पनि खुल्ने उनले विश्वास …

एमालेसँग चुनावी सहकार्य हुने निश्चित जस्तै छ : नेकपा प्रवक्ता प्रकाश ज्वाला

३ मंसिर, सल्यान । नेपाली कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाश ज्वालाले आगामी निर्वाचनमा नेकपा एमालेसँग चुनावी एकता र सहकार्य हुने निश्चित जस्तै रहेको बताएका छन् । चुनावी सहकार्यपछि एमालेसँग पार्टी एकताको ढोका पनि खुल्ने उनले विश्वास व्यक्त गरे ।

नेपाली कम्युनिस्ट पार्टी सल्यानले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा ज्वालाले सो धारणा राखेका हुन् ।

कम्युनिस्ट आन्दोलनको एकतालाई आफ्नो पार्टीले मुख्य प्राथमिकतामा राखेको बताउँदै उनले अहिले एकता आवश्यक मात्र नभई अनिवार्य भएको बताए । यसका लागि आफ्नो पार्टीले वार्ता टोलीसमेत गठन गरिसकेको जानकारी उनले दिए ।

कम्युनिस्ट पार्टीमाथि विभिन्न कोणबाट आक्रमण भइरहेको बताउँदै उनले भने, ’हामी एमाले र नेपाली कम्युनिस्ट पार्टीबीचको एकताको विषयमा निष्कर्षमा पुगिसकेका छौँ। प्रदेशमा सहकार्य भइसकेको छ । अब चुनावी तालमेल र सहकार्य पनि हुन्छ ।’

एकताका लागि दुवै पक्ष तयार हुनुपर्ने उल्लेख गर्दै उनले खासगरी सिङ्गो एमाले र अध्यक्ष केपी शर्मा ओली पनि तयार हुनुपर्ने बताए ।

विगतमा ओलीकै कारण कम्युनिस्ट पार्टीको एकता भङ्ग भएको इतिहास रहेको उल्लेख गर्दै ज्वालाले त्यसको समीक्षा गरेर अघि बढ्नुपर्ने धारणा राखे । ‘एक हातले ताली बज्दैन । त्यसका लागि एमाले र केपी ओली पनि तयार हुनुपर्छ । विगतको इतिहासको समीक्षा गर्दै अघि बढ्नुपर्छ,’ उनले भने ।

आगामी निर्वाचनमा चुनावी तालमेल र सहकार्य निश्चितजस्तै रहेको उल्लेख गर्दै उनले त्यसपछि पार्टी एकताको ढोका खुल्ने विश्वास व्यक्त गरे ।

‘चुनावी तालमेल त्यो सहकार्यपछि पार्टी एकताको ढोका खुल्नसक्छ, हामी आशावादी छौं’ उनले भने ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
16h ago
एमालेको राष्ट्रिय भेलाले नयाँ निर्णय गर्दैन, एकता र चुनावको सन्देश दिन्छ: ज्ञवाली

एमालेको राष्ट्रिय भेलाले नयाँ निर्णय गर्दैन, एकता र चुनावको सन्देश दिन्छ: ज्ञवाली

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले बुधबारबाट सुरु भएको पार्टीको राष्ट्रिय भेलाले नयाँ औपचारिक निर्णय नगर्ने तर आन्तरिक एकता र आगामी स्थानीय निर्वाचनको तयारीका लागि ऊर्जा प्रवाह गर्ने बताएका छन्।

#एकता #एमा #एमाले
Compare →
Ekantipur
5h ago
चुनावी रणनीतिसँग जोडेर आन्दोलनको ‘मुड’ मा एमाले

चुनावी रणनीतिसँग जोडेर आन्दोलनको ‘मुड’ मा एमाले

स्थानीय तहका उम्मेदवार छनोटदेखि प्रचारप्रसार र निर्वाचन परिचालनसम्मका योजना समेटेर १५ बुँदे कार्ययोजना अघि सारेको एमालेले निर्वाचन जित्न आन्दोलनकै शैलीमा तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ।

#एमा #एमाले #चुनावी
Compare →
Hamro Patro News
22h ago
एमालेका १४ समस्या औँल्याउँदै महासचिव पोखरेलले पेस गरे सुधारका १४ सूत्र

एमालेका १४ समस्या औँल्याउँदै महासचिव पोखरेलले पेस गरे सुधारका १४ सूत्र

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको सङ्गठनात्मक जीवनमा देखिएका १४ वटा प्रमुख समस्या औँल्याउँदै तिनको समाधानका लागि सुधारका १४ सूत्र प्रस्तुत गरेका छन् । एमालेको राष्ट्रिय भेलाअ...

#एमा #एमाले
Compare →

Related Stories

Politics & Governance
Build #2612