चार्टर्ड एकाउन्टेन्टसमेत रहेका खड्कासँग १५ वर्षभन्दा बढीको कार्यानुभव छ । उनी यसअघि ईसेवाको प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए ।
काठमाडौँ — आईएमई ग्रुपले जगदीश खड्कालाई ग्रुप भाइस फ्रेसिडेन्टमा नियुक्त गरेको छ ।
नवनियुक्त भाइस प्रेसिडेन्ट खड्काले समूहअन्तर्गतका विभिन्न व्यवसायबीच रणनीतिक सहकार्य, प्रविधि र बजार पहुँचको विस्तार तथा समग्र ब्रान्ड मूल्य अभिवृद्धिको नेतृत्व गर्ने ग्रुपले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
चार्टर्ड एकाउन्टेन्टसमेत रहेका खड्कासँग १५ वर्षभन्दा बढीको कार्यानुभव छ । उनी यसअघि ईसेवाको प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए ।
डिजिटल वित्तीय सेवा क्षेत्रमा समेत उनको लामो अनुभव रहेको विज्ञप्तिमा जनाइएको छ ।
खड्काको नियुक्तिले समूहका कम्पनीलाई थप सबल बनाउन तथा डिजिटल रूपान्तरणलाई तीव्रता दिन सहयोग पुग्ने आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले विश्वास व्यक्त गरे ।
खड्काले पनि समूहका प्राथमिकता र सरोकारवालासँगको सहकार्यबाट परिणाममुखी काम गर्ने प्रतिबद्धता जनाए ।