Trending
Prev Story
Next Story

आईएमई ग्रुपको ‘भाइस प्रेसिडेन्ट’ पदमा जगदीश खड्का नियुक्त

Onlinekhabar •
November 18, 2026 • 12:01 PM
3
3 reads 0 reactions

२ मंसिर, काठमाडौं । आईएमई ग्रुपले जगदीश खड्कालाई ग्रुपको भाइस प्रेसिडेन्ट पदमा नियुक्त गरेको छ। भाइस प्रेसिडेन्ट खड्काले आईएमई समूहका विभिन्न व्यवसायहरूबीच रणनीतिक सहकार्यको नेतृत्व गर्ने छन् । समूहका कम्पनीहरूबीचको विशेषज्ञता, प्रविधि, बजार पहुँच र वितरण …

आईएमई ग्रुपको ‘भाइस प्रेसिडेन्ट’ पदमा जगदीश खड्का नियुक्त

२ मंसिर, काठमाडौं । आईएमई ग्रुपले जगदीश खड्कालाई ग्रुपको भाइस प्रेसिडेन्ट पदमा नियुक्त गरेको छ।

भाइस प्रेसिडेन्ट खड्काले आईएमई समूहका विभिन्न व्यवसायहरूबीच रणनीतिक सहकार्यको नेतृत्व गर्ने छन् । समूहका कम्पनीहरूबीचको विशेषज्ञता, प्रविधि, बजार पहुँच र वितरण सञ्जाललाई जोडेर प्रत्येक व्यवसायलाई थप प्रतिस्पर्धी बनाउने र समग्र समूहको दीर्घकालीन ब्रान्ड भ्यालु बढाउने खड्काको प्रमुख जिम्मेवारी हुनेछ ।

यसअन्तर्गत नयाँ सेवा र साझेदारी विकास गर्न, ग्राहक अनुभव सुधार गर्न र नेपालको डिजिटल अर्थतन्त्रमा समूहको योगदान विस्तारको कार्य प्राथमिकतामा रहने ग्रुपले जनाएको छ।

चार्टर्ड एकाउन्टेन्टसमेत रहेका खड्कासँग १५ वर्षभन्दा बढीको कार्य अनुभव छ । ईसेवाको प्रमुख कार्यकारी अधिकृत रहिसकेका खड्कासँग विभिन्न डिजिटल वित्तीय सेवा व्यवसायको जिम्मेवारीमा रहेर काम गरेको अनुभव  समेत छ ।

आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले नवनियुक्त ग्रुप भाइस प्रेसिडेन्ट खड्कालाई स्वागत गर्दै आईएमई समूहका हरेक कम्पनीलाई अझ बलियो बनाउने र डिजिटल रूपान्तरणलाई विस्तार तथा सुदृढ गर्दै नयाँ अवसर सिर्जना गर्न सक्नेमा विश्वस्त रहेको बताए ।

नवनियुक्त भाइस प्रेसिडेन्ट खड्काले आईएमई ग्रुपका प्राथमिकता र सरोकारवालाहरूसँगको सहकार्यमा नतिजा निकाल्न आफ्नो ध्यान केन्द्रित रहने बताए ।

नेपालको अग्रणी व्यावसायिक समूहको रुपमा रहेको आईएमई ग्रुपले रेमिट्यान्स, बैंकिङ तथा बीमा, डिजिटल वित्तीय सेवा, पर्यटन तथा आतिथ्यता, केबलकार, ऊर्जा, पूर्वाधार, सूचना प्रविधि, खेलकुद, उत्पादन तथा व्यापारलगायतका विविध क्षेत्रमा लगानी र व्यवसाय विस्तार गर्दै आएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
2h ago
आईएमई ग्रुपको ग्रुप भाइस प्रेसिडेन्टमा जगदीश खड्का नियुक्त

आईएमई ग्रुपको ग्रुप भाइस प्रेसिडेन्टमा जगदीश खड्का नियुक्त

काठमाण्डौ । आईएमई ग्रुपले जगदीश खड्कालाई ग्रुप भाइस प्रेसिडेन्ट पदमा नियुक्त गरेको छ। समूहका विभिन्न व्यवसायबीच...

#खड्का #ग्रुप #आईएमई
Compare →
Ekantipur
10m ago
आईएमई ग्रुपको ग्रुप भाइस प्रेसिडेन्टमा जगदीश खड्का

आईएमई ग्रुपको ग्रुप भाइस प्रेसिडेन्टमा जगदीश खड्का

चार्टर्ड एकाउन्टेन्टसमेत रहेका खड्कासँग १५ वर्षभन्दा बढीको कार्यानुभव छ । उनी यसअघि ईसेवाको प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए ।

#खड्का #ग्रुप #भाइस
Compare →
Hamro Patro News
2d ago
ग्लोबल आईएमई बैंकले श्रम शोषण गरेको पूर्वकर्मचारीको आरोप, जागिर छाड्दा काटियो १ लाख २५ हजार

ग्लोबल आईएमई बैंकले श्रम शोषण गरेको पूर्वकर्मचारीको आरोप, जागिर छाड्दा काटियो १ लाख २५ हजार

काठमाडौं– ग्लोबल आईएमई बैंकमा काम गरेका एक पूर्वकर्मचारीले जागिर छाड्ने क्रममा बैंकले आफ्नो तलबबाट करिब १ लाख २५ हजार रुपैयाँ कटौती गरेको आरोप लगाएका छन् । पूर्वकर्मचारीका अनुसार उनले बैंकमा करिब ...

#आईएमई
Compare →

Related Stories

Technology
Build #2612