Trending
Prev Story
Next Story

कोप-३१ लाई हिमालको आवाज सुनिने बनायौं : मन्त्री चौधरी

Onlinekhabar •
November 18, 2026 • 01:01 PM
3
3 reads 0 reactions

२ मंसिर, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले कोप–३१ लाई हिमालको आवाज सुनिएको सम्मेलन बनाउन आग्रह गरेकी छन् । टर्कीएको आन्ताल्यामा जारी कोप–३१ मा समापन मन्तव्य दिंदै उनले हिमालको महत्त्व तल्लो तटीय क्षेत्रदेखि समुद्रसम्म …

कोप-३१ लाई हिमालको आवाज सुनिने बनायौं : मन्त्री चौधरी

२ मंसिर, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले कोप–३१ लाई हिमालको आवाज सुनिएको सम्मेलन बनाउन आग्रह गरेकी छन् ।

टर्कीएको आन्ताल्यामा जारी कोप–३१ मा समापन मन्तव्य दिंदै उनले हिमालको महत्त्व तल्लो तटीय क्षेत्रदेखि समुद्रसम्म उत्तिकै रहेको बताएकी हुन् ।

ठूलो जनधनको क्षति गरेको रसुवा बाढीपछि पुनःस्थापनाका लागि चाहिने ५ अर्ब अमेरिकी डलरका लागि स्रोत जुटाउन संघर्ष गर्नुपरेको मन्त्री चौधरीको भनाइ छ ।

‘यो केवल वित्तीय अभाव होइन, न्याय र समानताको अभाव हो,’ सम्मेलनमा उनले भनिन्, ’नेपालका जनता हेरिरहेका छन्। रसुवा–भोटेकोशी बाढीमा आफ्ना प्रियजन गुमाएका ३४ देशका परिवारहरू हेरिरहेका छन्। ’

मन्त्री चौधरीले विज्ञान र बहुप्रकोप पूर्वसूचना प्रणाली, जलवायु वित्त तथा न्याय र समानतामा जोड दिनुपर्ने धारणा राखिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2d ago
कोप–३१ मा हिमाल र हिमनदीको निगरानी बढाउन सहमति, नेपाललाई के फाइदा?

कोप–३१ मा हिमाल र हिमनदीको निगरानी बढाउन सहमति, नेपाललाई के फाइदा?

टर्कीमा जारी विश्व जलवायु सम्मेलन (कोप–३१) मा हिमाल र हिमनदीमा जलवायु परिवर्तनको असरबारे अनुसन्धान र निगरानी बढाउन सहमति भएको छ। सम्मेलनको वैज्ञानिक तथा प्राविधिक सल्लाहसम्बन्धी निकायले शनिबार रात...

#कोप #हिमाल #सम्मेलन
Compare →
Nagarik News
2d ago
कोप-३१: हिमाली मुद्दा अन्तिम निर्णयमा समेट्न नेपालको तीव्र पहल

कोप-३१: हिमाली मुद्दा अन्तिम निर्णयमा समेट्न नेपालको तीव्र पहल

टर्कीको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप-३१) सोमबारदेखि दोस्रो सातामा प्रवेश गर्दा नेपालले हिमाली क्षेत्रको विशिष्ट जलवायु जोखिमलाई सम्मेलनको महत्त्वपूर्ण विषय कायम गर्ने प्रयास तीव्र बनाएको छ।

#कोप #सम्मेलन #हिमाल
Compare →
Ekantipur
1m ago
अपि हिमालको काखमा क्रिकेट र साहसिक पर्यटन

अपि हिमालको काखमा क्रिकेट र साहसिक पर्यटन

७१३२ मिटर अग्लो अपि हिमालको बेस क्याम्पसम्म पदयात्रा, प्राकृतिक सौन्दर्य अवलोकन र साहसिक पर्यटनका गतिविधि बढिरहेकाले यो नयाँ गन्तव्यका रूपमा विकास हुँदैछ । हालै करिब ४ हजार मिटर उचाइमा मैत्रीपूर्ण क्रिकेट आयोजना गरेर यस क्षेत्रलाई खेल पर्यटनसँग समेत जोड्ने प्रयास भएको छ ।

#हिमाल
Compare →

Related Stories

Science & Climate
Build #2612