Trending
Prev Story
Next Story

ओलीको दाबीमा प्रहरी प्रवक्ताले भने– कसैलाई थुन्ने भनेर बोलेको छैन

Onlinekhabar •
November 18, 2026 • 09:01 AM
3
3 reads 0 reactions

२ मंसिर, काठमाडौं । नेपाल प्रहरीले संगठनका प्रमुख महानिरीक्षक डा. मनोज केसीले कसैलाई पनि थुन्ने भनेर अभिव्यक्ति नदिएको दाबी गरेको छ । आजै मात्रै नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त आईजीपी डा. मनोज …

ओलीको दाबीमा प्रहरी प्रवक्ताले भने– कसैलाई थुन्ने भनेर बोलेको छैन

२ मंसिर, काठमाडौं । नेपाल प्रहरीले संगठनका प्रमुख महानिरीक्षक डा. मनोज केसीले कसैलाई पनि थुन्ने भनेर अभिव्यक्ति नदिएको दाबी गरेको छ ।

आजै मात्रै नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त आईजीपी डा. मनोज कुमार केसीले आफूसहित पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवालाई थुनिदिन्छु भनेको भन्दै भाषण गरेका थिए ।

बुधबार पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा ओलीले उक्त कुरा बताएका थिए ।

ओलीको यो भनाइपछि अनलाइनखबरले नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अविनारायण काफ्लेसँगे प्रतिक्रिया मागेको थियो ।

तर प्रवक्ता काफ्लेले भने ओलीले दाबी गरेजस्तो केही पनि नबोलेको बताए ।

‘आईजीपी साप त्यसरी औपचारिक कार्यक्रममा कहिँ जानु भएको पनि छैन, त्यस्तो बोल्नु भएको पनि छैन,’ प्रवक्ता काफ्लेले अनलाइनखबरसँग भने, ‘उहाँले कुन हिसाबले के भन्नु भएको हो हामीले पनि बुझेका छैनौं । प्रहरीले कसैलाई थुनिदिन्छु भन्ने कुरा पनि भएन ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
ओलीको उद्घोष : ‘एमाले मूल ढोकाबाट सिंहदरबार पस्छ, समृद्धि ल्याएरै छोड्छ’

ओलीको उद्घोष : ‘एमाले मूल ढोकाबाट सिंहदरबार पस्छ, समृद्धि ल्याएरै छोड्छ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी मूल ढोकाबाटै सिंहदरबार प्रवेश गर्ने र देशमा समृद्धि ल्याएरै छाड्ने दाबी गरेका छन्। ओलीले एमालेको राजनीतिक यात्रालाई कमजोर नआँक्न चेता...

#केपी-ओली #ओली
Compare →
Ekantipur
1h ago
एमाले फेरि सरकारमा फर्किन्छ, मूल ढोकाबाटै सिंहदरबार पस्छौं : केपी ओली

एमाले फेरि सरकारमा फर्किन्छ, मूल ढोकाबाटै सिंहदरबार पस्छौं : केपी ओली

बुधबारदेखि सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले पहिला पनि कसैको दया, माया र कृपाले नभई संघर्ष र जनताको समर्थनबाट सत्तामा नपुगेको र अब फेरि सरकारमा फर्कने बताएका हुन् ।

#केपी-ओली #ओली
Compare →
Arthasansar
1h ago
सबैले कान खोलेर सुने हुन्छ, एमाले फेरि सत्तामा पुग्छ - केपी ओली

सबैले कान खोलेर सुने हुन्छ, एमाले फेरि सत्तामा पुग्छ - केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले पुनः सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । काठमाडौंमा आजबाट सुरु भएको...

#केपी-ओली #ओली
Compare →
Nagarik News
1h ago
आफूलाई प्रहरी हिरासतमा राख्नुको कारण खोज्दै ओलीको आक्रोश : हामी किरा फट्यांग्रा हौँ ?

आफूलाई प्रहरी हिरासतमा राख्नुको कारण खोज्दै ओलीको आक्रोश : हामी किरा फट्यांग्रा हौँ ?

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई गिरफ्तार गरेर हिरासतमा राखिएको घटनाप्रति आक्रोश व्यक्त गरेका छन्।

#केपी-ओली #ओली
Compare →

Related Stories

National (Nepal)
Build #2612