Trending
Prev Story
Next Story

आफूलाई प्रहरी हिरासतमा राख्नुको कारण खोज्दै ओलीको आक्रोश : हामी किरा फट्यांग्रा हौँ ?

Nagarik News •
November 18, 2026 • 08:01 AM
2
2 reads 0 reactions

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई गिरफ्तार गरेर हिरासतमा राखिएको घटनाप्रति आक्रोश व्यक्त गरेका छन्।

आफूलाई प्रहरी हिरासतमा राख्नुको कारण खोज्दै ओलीको आक्रोश : हामी किरा फट्यांग्रा हौँ ?

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई गिरफ्तार गरेर हिरासतमा राखिएको घटनाप्रति आक्रोश व्यक्त गरेका छन्।

आजदेखि सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले राज्यले जे गरे पनि हुने अवस्था सिर्जना भएको भन्दै आक्रोश व्यक्त गरेका हुन्।

'अब आन्दोलनमा किन भने राज्यले जे गर्दा पनि भएको छ। आतंक सिर्जना गरिएको छ। आगो लगाए पनि हुने, धनसम्पत्ति सिध्याए पनि हुने, कपोलकल्पित ढंगले मान्छे गिरफ्तार गरे पनि हुने?’ ओलीले भने।

उनले पूर्वप्रधानमन्त्रीलाई गिरफ्तार गरिएको विषयमा जवाफ दिनुपर्ने बताए। हिरासतमा राखिएका कारण आफ्नो शल्यक्रिया ढिलो भएको उल्लेख गर्दै उनले स्वास्थ्यमा गम्भीर समस्या आउन सक्ने अवस्थाप्रति पनि चिन्ता व्यक्त गरे।

'केपी ओली पूर्वप्रधानमन्त्रीलाई किन गिरफ्तार? जवाफ दिनुपर्दैन? मान्छेको जीवन खेलवाड हो? अप्रेसन गर्नुपर्ने थियो। हिरासतमा राखेकोले अप्रेसन ढिलो भयो। उपचार नपाइ मेरो स्वास्थ्य तलमाथि परेको भए? हामी किरा फट्यांग्रा हौँ? यिनीहरूको लागि?’ उनले प्रश्न गरे।

प्रकाशित: २ मंसिर २०८३ १३:४६ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
22h ago
ओलीको आपत्ति– जेनजी आन्दोलनको छानबिन गर्न बनेका आयोगबाट काम भएन

ओलीको आपत्ति– जेनजी आन्दोलनको छानबिन गर्न बनेका आयोगबाट काम भएन

१ मंसिर, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको तत्कालीन सरकार लोकतान्त्रिक प्रक्रियाबाट नभई बलजफ्ती, आगजनी र लुटपाटमार्फत हटाइएको जिकिर गरेका छन् । आइतबार काठमाडौंमा अखिल नेपाल किसान महासंघको बैठकलाई सम्बोधन गर्दै उनले …

#केपी-ओली #आफू #ओली
Compare →
Arthasansar
2m ago
सबैले कान खोलेर सुने हुन्छ, एमाले फेरि सत्तामा पुग्छ - केपी ओली

सबैले कान खोलेर सुने हुन्छ, एमाले फेरि सत्तामा पुग्छ - केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले पुनः सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । काठमाडौंमा आजबाट सुरु भएको...

#केपी-ओली #ओली
Compare →
Hamro Patro News
15m ago
ओली भन्छन्– कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा जान्छ

ओली भन्छन्– कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा जान्छ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले आफूसहित पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई थुनिदिने चेतावनी दिएको दाबी गरे...

#केपी-ओली #ओली
Compare →
Ekantipur
21h ago
आन्दोलनको मानसिकता बनाएर बस्न पार्टीपंक्तिलाई केपी ओलीको निर्देशन

आन्दोलनको मानसिकता बनाएर बस्न पार्टीपंक्तिलाई केपी ओलीको निर्देशन

अखिल नेपाल किसान महासंघको बैठकमा ओलीले तत्कालीन राजनीतिक परिस्थिति असह्य बने जुनसुकै बेला आन्दोलन सुरु हुनसक्ने बताएका छन् ।

#केपी-ओली #ओली
Compare →
Bizshala
1d ago
हामी मञ्चमा नाच्न मात्रै होइन मानिससँग सहकार्य गर्न आएका हौँ’ भन्दै ह्युमनोइड रोबट लुकाले देखायो भविष्यको झलक

हामी मञ्चमा नाच्न मात्रै होइन मानिससँग सहकार्य गर्न आएका हौँ’ भन्दै ह्युमनोइड रोबट लुकाले देखायो भविष्यको झलक

काठमाण्डौ । कृत्रिम बौद्धिकता (एआई) को विकाससँगै अब रोबटहरू मनोरञ्जन र प्रदर्शनमा मात्रै सीमित नरही मानिससँगै काम...

#हामी #हौँ
Compare →

Related Stories

Politics & Governance
Build #2612