Trending
Prev Story
Next Story

उत्तर कोरियाली नेता किम जोङ उनसँग भेट्न ट्रम्प इच्छुक

Ekantipur •
November 18, 2026 • 08:32 AM
3
3 reads 0 reactions

चीनको सेन्जेनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने उच्चस्तरीय वार्तापछि ट्रम्पले किमसँग भेट्न चाहेका हुन् । यद्यपि, उत्तर कोरियाले भेटबारे औपचारिक रुपमा केही पनि बताएको छैन

उत्तर कोरियाली नेता किम जोङ उनसँग भेट्न ट्रम्प इच्छुक

चीनको सेन्जेनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने उच्चस्तरीय वार्तापछि ट्रम्पले किमसँग भेट्न चाहेका हुन् । यद्यपि, उत्तर कोरियाले भेटबारे औपचारिक रुपमा केही पनि बताएको छैन

मनिला — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटघाट गर्ने इच्छा व्यक्त गरेका छन् । फिलिपिन्सको मनिलामा पत्रकारहरुसँग बोल्दै उनले यस्तो बताएका छन् ।

एसिया भ्रमणमा निस्किनुअघि नै चिनियाँ राष्ट्रपति सी जिनपिङलाई यस्तो भेटको प्रबन्ध मिलाउन आग्रह गरिएको उनले बताए । किम आउने-नआउने विषय चीनको पहलमा निर्भर गर्ने उनले बताए ।

चीनको सेन्जेनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने उच्चस्तरीय वार्तापछि ट्रम्पले किमसँग भेट्न चाहेका हुन् ।  यद्यपि, उत्तर कोरियाले भेटबारे औपचारिक रुपमा केही पनि बताएको छैन ।

पश्चिम र एसियाली कूटनीतिमा यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। ट्रम्पले आफ्नो पहिलो कार्यकालमा किमसँग शिखर वार्ता गर्दै उत्तर कोरियालाई आणविक निसस्त्रीकरणको बाटोमा लैजाने प्रयास गरेका थिए । तर, उक्त प्रयास परिणाममुखी बन्‍न सकेन ।

उत्तर कोरियामाथि पश्चिमा मुलुकहरुले थोपरेको नाकाबन्दी खोल्ने र त्यसको बदलामा उत्तर कोरियाले पनि आणविक हतियारको महत्वाकांक्षा त्याग्ने विषयमा त्यसबेला छलफल भएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
45m ago
उत्तर कोरियाली नेता किम जोङ उनसँग भेट्न ट्रम्प इच्छुक

उत्तर कोरियाली नेता किम जोङ उनसँग भेट्न ट्रम्प इच्छुक

उत्तर कोरियाली नेता किम जोङ उनसँग भेट्न ट्रम्प इच्छुक चीनको सेन्जेनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने उच्चस्तरीय वार्तापछि ट्रम्पले किमसँग भेट्न चाहेका हुन् । यद्यपि, उत्तर कोरियाले भेटबारे औ...

#किम #उत्तर #ट्रम्प
Compare →
Onlinekhabar
1d ago
चीन भ्रमणमा किमसँग भेट्ने ट्रम्पको सङ्केत

चीन भ्रमणमा किमसँग भेट्ने ट्रम्पको सङ्केत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता चीन भ्रमणका क्रममा उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटवार्ता हुन सक्ने सङ्केत दिएका छन्। सोमबार फिलिपिन्स र चीनको पूर्वी एसियाली भ्रमणका लागि ह्वाइट हाउसबाट प्रस्थान गर्ने क्रममा पत्रकारहरूसँग बोल्दै …

#किम #ट्रम्प #भेट्न
Compare →
Bizshala
3h ago
चीनमा ट्रम्प, सी र पुटिनको भेट : व्यापार, युद्ध र प्रविधिमा चासो

चीनमा ट्रम्प, सी र पुटिनको भेट : व्यापार, युद्ध र प्रविधिमा चासो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच चीनमा...

#राष्ट्रपति #ट्रम्प
Compare →
Nagarik News
18h ago
सी, पुटिन र ट्रम्पबिच ऐतिहासिक त्रिपक्षीय वार्ता हुँदै, मनिलामा लाग्यो ‘ट्रम्प आउट’ को नारा

सी, पुटिन र ट्रम्पबिच ऐतिहासिक त्रिपक्षीय वार्ता हुँदै, मनिलामा लाग्यो ‘ट्रम्प आउट’ को नारा

त्रिपक्षीय वार्ताअघि ट्रम्पले सीसँग छुट्टै द्विपक्षीय भेट गर्ने कार्यक्रम छ। पुटिनसँग पनि छुट्टै भेट हुन सक्ने ट्रम्पले संकेत गरेका छन्।

#राष्ट्रपति #ट्रम्प
Compare →

Related Stories

World News
Build #2612