Trending
Prev Story
Next Story

राष्ट्रपति पौडेलबाट महादेवटार सुरुङको ‘ब्रेक थ्रु’

Nagarik News •
November 18, 2026 • 06:27 AM
4
4 reads 0 reactions

राष्ट्रपति रामचन्द्र पौडेलले भीमफेदी र बकैया गाउँपालिका जोड्ने उक्त सुरुङको ब्रेक थ्रु गरेका हुन्।

राष्ट्रपति पौडेलबाट महादेवटार सुरुङको ‘ब्रेक थ्रु’

काठमाडौं–तराई–मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारमा निर्मित सबैभन्दा लामो सुरुङको आज ‘ब्रेक थ्रु’ गरिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले भीमफेदी र बकैया गाउँपालिका जोड्ने उक्त सुरुङको ब्रेक थ्रु गरेका हुन्।

त्यस कार्यक्रममा राष्ट्रपति पौडेलले द्रुतमार्ग देशको आर्थिक समृद्धि र राष्ट्रिय एकताका लागि समेत महत्त्वपूर्ण रहेको बताए।

द्रुतमार्ग निर्माणमा नेपाली सेनाले देखाएको तदारुकताको उनले प्रशंसासमेत गरे।

यस्तै, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आयोजनाको काम निर्धारित समयमा नै सम्पन्न गर्न निर्देशन दिए।

नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको उक्त आयोजनाको भौतिक प्रगति हाल सम्म ५०.५४ प्रतिशत भएको कार्यक्रममा जानकारी दिइयो।

प्रकाशित: २ मंसिर २०८३ १२:१२ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
3h ago
फास्ट ट्र्याकको सबैभन्दा लामो महादेवटार सुरुङको ‘ब्रेक थ्रु’

फास्ट ट्र्याकको सबैभन्दा लामो महादेवटार सुरुङको ‘ब्रेक थ्रु’

महादेवटारमा समानान्तर रूपमा दुईवटा सुरुङ निर्माण गरिएका छन्। निजगढबाट काठमाडौंतर्फ आउने सुरुङको लम्बाइ ३.४४५ किलोमिटर छ। यस सुरुङको बुधबार ब्रेक थ्रु भएको हो।

#सुरुङ #ब्रेक #थ्रु
Compare →
Hamro Patro News
3h ago
आज फास्ट ट्र्याकको महादेवटार सुरुङको `ब्रेक थ्रु´ हुँदै

आज फास्ट ट्र्याकको महादेवटार सुरुङको `ब्रेक थ्रु´ हुँदै

हेटौँडा । तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)अन्तर्गत मकवानपुरको महादेवटारस्थित सुरुङको आज ब्रेक थ्रु´ गरिने भएको छ ।सुरुङको ब्रेक थ्रु´ राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गरिने मकवानपुरका प्...

#सुरुङ #ब्रेक #थ्रु
Compare →
Bizshala
5h ago
फास्ट ट्र्याकको महादेवटार सुरुङ आज ‘ब्रेक थ्रु’ हुँदै

फास्ट ट्र्याकको महादेवटार सुरुङ आज ‘ब्रेक थ्रु’ हुँदै

काठमाडौँ । तराई–मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारस्थित सुरुङमार्ग आज ‘ब्रेक थ्रु’ हुँदैछ । राष्ट्रपति...

#सुरुङ #ब्रेक #थ्रु
Compare →
Onlinekhabar
5h ago
फास्ट ट्र्याककाे महादेवटार सुरुङकाे `ब्रेक थ्रु´ आज

फास्ट ट्र्याककाे महादेवटार सुरुङकाे `ब्रेक थ्रु´ आज

२ मंसिर, हेटाैंडा । तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)अन्तर्गत मकवानपुरकाे महादेवटारस्थित सुरुङकाे आज `ब्रेक थ्रु´ गरिने भएकाे छ । सुरुङकाे `ब्रेक थ्रु´ राष्ट्रपति रामचन्द्र पाैडेलकाे उपस्थितिमा गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए । …

#ब्रेक #थ्रु #महादेवटार
Compare →

Related Stories

Politics & Governance
Build #2612