हेटौँडा । तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)अन्तर्गत मकवानपुरको महादेवटारस्थित सुरुङको आज ब्रेक थ्रु´ गरिने भएको छ ।सुरुङको ब्रेक थ्रु´ राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए ।
उनकाअनुसार राष्ट्रपति पौडेल हेलिकप्टरबाट साढे ९ बजे महादेवटार आइपुग्ने तय भएको छ । मकवानपुरको भीमफदी गाउँपालिका-८ बाट बकैया गाउँपालिका-१२ जोड्ने महादेवटारमा समानान्तर रूपमा दुईवटा सुरूङ निर्माणाधीन छ । आज `ब्रेक थ्रु´ हुने उक्त सुरुङको लम्बाइ ३.४४५ किमि रहेको छ ।
Read full story at source ( kendrabindu.com )