Trending
Prev Story
Next Story

काठमाडौं-तराई/मधेश द्रुतमार्गको महादेवटार सुरुङ ब्रेकथ्रु

Onlinekhabar •
November 18, 2026 • 06:01 AM
2
2 reads 0 reactions

२ मंसिर, काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्ग निर्माणको भौतिक प्रगति करिब ५१ प्रतिशत पुगेको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको आयोजनाअन्तर्गत सबैभन्दा लामो महादेवटार सुरुङको पनि आज ब्रेकथ्रु भएको छ । ३ हजार …

काठमाडौं-तराई/मधेश द्रुतमार्गको महादेवटार सुरुङ ब्रेकथ्रु

२ मंसिर, काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्ग निर्माणको भौतिक प्रगति करिब ५१ प्रतिशत पुगेको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको आयोजनाअन्तर्गत सबैभन्दा लामो महादेवटार सुरुङको पनि आज ब्रेकथ्रु भएको छ ।

३ हजार ४२२ मिटर लामो महादेवटार सुरुङको बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले ब्रेकथ्रु गरेका हुन् । सुरुङको दुवैतर्फबाट खनिएको भाग जोडिएसँगै आयोजनाको सुरुङ निर्माणले थप गति लिने अपेक्षा गरिएको नेपाली सेनाले जनाएको छ ।

सेनाका अनुसार द्रुतमार्गअन्तर्गत सात स्थानमा १४ वटा सुरुङ निर्माण भइरहेका छन् । तीमध्ये यसअघि तीन स्थानका पाँचवटा सुरुङको ब्रेकथ्रु भइसकेको थियो । महादेवटार सुरुङको ब्रेकथ्रुसँगै अब थप सुरुङ निर्माणका काम अघि बढ्ने सेनाको अपेक्षा छ ।

आयोजनाका अधिकांश संरचनाको सबस्ट्रक्चर निर्माण सम्पन्न भइसकेको छ । उच्च प्रविधियुक्त पुलसहित द्रुतमार्गका अन्य संरचना निर्माणको काम पनि अघि बढिरहेको सेनाले जनाएको छ ।

तर, आयोजना निर्माणका क्रममा ललितपुरको खोकना–दुम्किसाप क्षेत्रमा जग्गा अधिग्रहणसम्बन्धी विवाद अझै चुनौतीका रूपमा रहेको छ । उक्त क्षेत्रमा करिब ६.५ किलोमिटर सडक खण्डको विवाद समाधानका लागि पहल भइरहेको र समस्या टुंगिएपछि ठेक्का व्यवस्थापन गरी निर्माण अघि बढाइने सेनाले जनाएको छ ।

यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने विश्वास

महादेवटार सुरुङको ब्रेकथ्रु कार्यक्रममा राष्ट्रपति पौडेलले द्रुतमार्ग निर्माण सम्पन्न भएपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने बताए ।

उनले करिब ७३ किलोमिटर लामो अत्याधुनिक द्रुतमार्ग सञ्चालनमा आएपछि काठमाडौं र तराई/मधेशबीचको यात्रा समय र दूरी घट्ने, इन्धन खपत कम हुने तथा सवारीसाधन सञ्चालन र मर्मतसम्भार खर्चमा समेत बचत हुने बताए ।

राष्ट्रपति पौडेलले द्रुतमार्गले भौतिक पूर्वाधारमा मात्रै नभई सामाजिक तथा आर्थिक रूपान्तरणमा समेत योगदान पुर्‍याउने बताए । उनका अनुसार यसले राजधानी र तराई/मधेशबीचको भौगोलिक दूरी घटाउनुका साथै सामाजिक सद्भाव, आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई थप मजबुत बनाउनेछ ।

‘काठमाडौँ उपत्यकालाई तराई/मधेशसँग जोड्ने यस द्रुतमार्गको निर्माण सम्पन्न भएपछि यात्रा समय र दूरी घट्नुका साथै यातायात, व्यापार, पर्यटन तथा समग्र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छु,’ राष्ट्रपति पौडेलले भने, ‘यसले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई समेत थप मजबुत बनाउनेछ ।’

द्रुतमार्ग सञ्चालनमा आएपछि पर्यटन प्रवर्द्धन, व्यापार तथा पारवहन सहजीकरण र क्षेत्रीय आर्थिक गतिविधिको विस्तारमा समेत सहयोग पुग्ने उनको भनाइ थियो ।

राष्ट्रपति पौडेलले आफूले द्रुतमार्गको तेस्रो पटक स्थलगत अवलोकन गरेको उल्लेख गर्दै नेपाली सेनाले हासिल गरेको प्रगतिप्रति सन्तुष्टि व्यक्त गरे । विकट भौगोलिक अवस्था, जटिल भू–बनावट र प्रतिकूल परिस्थितिका बाबजुद सेनाले पूर्वाधार निर्माणमा देखाएको दक्षता र प्रतिबद्धता प्रशंसनीय रहेको उनले बताए ।

उनले आयोजना निर्धारित समयमै सम्पन्न गर्न सरकार, नेपाली सेना, निर्माण व्यवसायी र अन्य सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र प्रतिबद्धता आवश्यक रहेको बताए ।

कार्यक्रममा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, प्रधानसेनापति, चीन र दक्षिण कोरियाका राजदूत, सरकारी अधिकारी, परामर्शदाता तथा निर्माण व्यवसायीका प्रतिनिधिको उपस्थिति थियो ।

नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजना निर्धारित समयमै सम्पन्न गर्न निर्माणमा संलग्न सबै पक्षलाई समान गतिमा काम अघि बढाउन आग्रह गरेको छ । साथै आयोजना निर्माणमा सहयोग गर्ने नेपाल सरकार, रक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, प्रदेश तथा स्थानीय तह र सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1h ago
फास्ट ट्र्याकको सबैभन्दा लामो महादेवटार सुरुङको ‘ब्रेक थ्रु’

फास्ट ट्र्याकको सबैभन्दा लामो महादेवटार सुरुङको ‘ब्रेक थ्रु’

महादेवटारमा समानान्तर रूपमा दुईवटा सुरुङ निर्माण गरिएका छन्। निजगढबाट काठमाडौंतर्फ आउने सुरुङको लम्बाइ ३.४४५ किलोमिटर छ। यस सुरुङको बुधबार ब्रेक थ्रु भएको हो।

#सुरुङ #महादेवटार
Compare →
Bizshala
3h ago
फास्ट ट्र्याकको महादेवटार सुरुङ आज ‘ब्रेक थ्रु’ हुँदै

फास्ट ट्र्याकको महादेवटार सुरुङ आज ‘ब्रेक थ्रु’ हुँदै

काठमाडौँ । तराई–मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारस्थित सुरुङमार्ग आज ‘ब्रेक थ्रु’ हुँदैछ । राष्ट्रपति...

#सुरुङ #महादेवटार
Compare →
Hamro Patro News
3h ago
फास्ट ट्र्याक अन्तर्गतको महादेवटार सुरुङको ब्रेकथ्रु आज हुँदै

फास्ट ट्र्याक अन्तर्गतको महादेवटार सुरुङको ब्रेकथ्रु आज हुँदै

काठमाडौं । तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)अन्तर्गत मकवानपुरकाे महादेवटारस्थित सुरुङको आज `ब्रेक थ्रु´ हुँदैछ । सुरुङको ब्रेक थ्रु राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गरिने तयारी छ । यसका ...

#सुरुङ #महादेवटार #ब्रेकथ्रु
Compare →
Nagarik News
5h ago
ठमेल र दरबारमार्गपछि अब पूरै काठमाडौं २४ घण्टा खुला गर्ने तयारी

ठमेल र दरबारमार्गपछि अब पूरै काठमाडौं २४ घण्टा खुला गर्ने तयारी

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आवश्यक पूर्वाधार र भरपर्दो सुरक्षा व्यवस्था मिलाएर जिल्लाभरका व्यापारिक क्षेत्र चौबिसै घण्टा सञ्चालन गर्ने योजना बनाएको हो।

#काठमाडौं
Compare →

Related Stories

National (Nepal)
Build #2612