Trending
Prev Story
Next Story

पुँजीबजार सुधारको २१ बुँदे कार्ययोजना कार्यान्वयनमा सहकार्य गर्ने नेप्से सीईओको प्रतिबद्धता

Ekantipur •
November 18, 2026 • 06:02 AM
2
2 reads 0 reactions

स्टक ब्रोकर एसोसिएसन अफ नेपालसँगको भेटमा उनले यस्तो प्रतिबद्धता गरेका हुन् ।

पुँजीबजार सुधारको २१ बुँदे कार्ययोजना कार्यान्वयनमा सहकार्य गर्ने नेप्से सीईओको प्रतिबद्धता

स्टक ब्रोकर एसोसिएसन अफ नेपालसँगको भेटमा उनले यस्तो प्रतिबद्धता गरेका हुन् ।

काठमाडौँ — नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीले पुँजीबजारको विकास र सुधारका लागि सम्बन्धित सबै सरोकारवालासँग सहकार्य गर्न नेप्से तयार रहेको बताएका छन् ।

स्टक ब्रोकर एसोसिएसन अफ नेपालसँगको भेटमा उनले अर्थ मन्त्रालयको २१ बुँदे पुँजीबजार सुधार तथा पुनरुत्थान कार्ययोजना कार्यान्वयनका लागि आवश्यक पहल र काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

भेटका क्रममा एसोसिएसनका अध्यक्ष सागर ढकालले अर्थ मन्त्रालयले अघि सारेको पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थानसम्बन्धी २१ बुँदे कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए ।

ढकालले कार्ययोजनालाई समयमै कार्यान्वयन गर्न सके नेपालको पुँजीबजारमा देखिएका विद्यमान समस्या समाधान हुनुका साथै लगानीकर्ताको विश्वास अभिवृद्धि गर्न र बजारलाई थप पारदर्शी तथा व्यवस्थित बनाउन सहयोग पुग्ने बताए ।

ढकालले पुँजीबजारको दिगो विकासका लागि नियामक निकाय, नेप्से, ब्रोकर कम्पनी तथा अन्य सरोकारवाला संस्थाबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

पुँजीबजारको विकासका लागि नीतिगत सुधारसँगै संस्थागत समन्वय, प्रभावकारी कार्यान्वयन र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको दुवै पक्षको धारणा थियो ।

एसोसिएसनले नेपालको पुँजीबजारलाई थप पारदर्शी, व्यवस्थित र लगानीकर्तामैत्री बनाउन नेप्सेसँग रचनात्मक सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
34m ago
पुँजीबजार सुधारको २१ बुँदे कार्ययोजना कार्यान्वयनमा सहकार्य गर्ने नेप्सेका सीईओको प्रतिबद्धता

पुँजीबजार सुधारको २१ बुँदे कार्ययोजना कार्यान्वयनमा सहकार्य गर्ने नेप्सेका सीईओको प्रतिबद्धता

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पुँजीबजार सुदृढीकरण तथा...

#शेयर-बजार #पुँजीबजार #सुधारको
Compare →
Onlinekhabar
38m ago
ब्रोकर एसोसिएसन र नेप्से सीईओ भेटवार्ता : २१ बुँदे कार्ययोजना कार्यान्वयनमा जोड

ब्रोकर एसोसिएसन र नेप्से सीईओ भेटवार्ता : २१ बुँदे कार्ययोजना कार्यान्वयनमा जोड

२ मंसिर, काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपालले नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत प्रताप सुबेदीसँग भेटवार्ता गरेको छ । एसोसिएसनका अध्यक्ष सागर ढकालसहितको प्रतिनिधिमण्डलले नेप्से कार्यालयमा पुगेर नवनियुक्त सीईओ सुबेदीलाई बधाई तथा …

#शेयर-बजार #स्टक #एसोसिएसन
Compare →
Arthasansar
4m ago
पूँजी बजार सुधारको २१ बुँदे कार्ययोजना कार्यान्वयन गर्न नेप्से तयार छ - सीईओ सुवेदी

पूँजी बजार सुधारको २१ बुँदे कार्ययोजना कार्यान्वयन गर्न नेप्से तयार छ - सीईओ सुवेदी

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले अर्थ मन्त्रालयद्वारा अघि सारिएको २१ बुँदे पुँजीबजार सुधार तथा...

#शेयर-बजार #सुधारको #बुँदे
Compare →
Hamro Patro News
13h ago
जलवायु कार्यमा पारदर्शिता र राजनीतिक प्रतिबद्धता अपरिहार्य

जलवायु कार्यमा पारदर्शिता र राजनीतिक प्रतिबद्धता अपरिहार्य

अन्ताल्या (टर्किए) । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले जलवायु प्रतिबद्धता कार्यान्वयनलाई प्रभावकारी र विश्वसनीय बनाउन पारदर्शिता तथा सरकारहरूको राजनीतिक प्र...

#प्रतिबद्धता
Compare →
Nagarik News
20h ago
नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो

कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचकमा गिरावट आएको छ।

#शेयर-बजार #नेप्से
Compare →

Related Stories

Business & Economy
Build #2612