Trending
Prev Story
Next Story

नेप्से तत्काल फर्किने सम्भावना क्षीण भएको हो ? लगानीकर्ताले हेरिरहेका चार आधार

Ekantipur •
November 18, 2026 • 02:02 AM
5
5 reads 0 reactions

अहिले बजार घट्नुमा मुख्य चार कारण रहेको ब्रोकरहरू बताउँछन् ।

नेप्से तत्काल फर्किने सम्भावना क्षीण भएको हो ? लगानीकर्ताले हेरिरहेका चार आधार

अहिले बजार घट्नुमा मुख्य चार कारण रहेको ब्रोकरहरू बताउँछन् ।

काठमाडौँ — ‘कप विथ ह्याण्डल’ आकृति बनाउने नेप्सेको प्रयास लगभग सकिएजस्तो  देखिदा के अब बजार बढ्ने कुनै सम्भावना छैन् त ?

अहिले लगानीकर्ताहरूमा उब्जिएको प्रश्न नै यहीँ हो । तर, बजारले अहिले स्पष्ट दिशा देखाइसकेको भने छैन ।

नेप्सेमा बनाइएको बोलिङगर ब्याण्डले भने बजार अहिलेको तहमा टेवा पाएर बढ्न सक्ने संकेत गरिरहेको छ ।

अहिले सेयर बजार सूचक नेप्सेले कायम गरेको औसत बिन्दुमा टेवा पाइरहेको देखिन्छ । मंगलबार नेप्से ‘बोलिङ्गर ब्यान्ड’ मा औसत रेखासम्म पुगेर फर्किएको छ ।

मंगलबारको यसको औसत रेखा २६२९ विन्दु हो । नेप्से मंगलबार कारोबार अवधिमा २६२८.३५ सम्म पुगेर फर्किएको थियो । बजार बन्द हुँदा भने नेप्से २६३६ विन्दुमा रह्यो । नेप्सेले मंगलबार १२.७९ अंक गुमाएको हो ।

सन् १९८० को दशकमा जोन बोलिङ्गरले ‘बोलिङ्गर ब्यान्ड’ को विकास गरेका हुन् । बजारको चाल माथिल्लो सीमा र तल्लो सीमाभित्र बजार कसरी गइरहेको छ भनेर यसबाट हेर्ने गरिन्छ ।

माथिल्लो सीमानजिक रहँदा बजारमा सेयर खरिद अधिक भइरहेको र तल्लो सीमानजिक रहँदा अधिक बिक्री भइरहेको संकेत यसले दिन्छ । यसले बजारमा कत्तिको उतारचढाव छ भनेर पनि मापन गर्छ ।

केही समयअघिसम्म बजारमा उच्च उतारचढाव देखिएकामा अहिले फेरि त्यस्तै उतारचढाव देखिएको छ ।

‘बोलिङ्गर ब्यान्ड’ का माथिल्ला र तल्ला सीमा नजिकिँदा बजारमा उतारचढाव कम रहेको बुझिन्छ । दुवै सीमा फराकिलो हुँदा भने बजारमा धेरै उतारचढाव रहेको देख्न सकिन्छ ।

यस्तो उतारचढावले अहिले बजार घट्छ र बजार बढ्छ भन्ने दुवै पक्ष बलिया देखिएको संकेत गरिरहेको छ ।

अहिले बजार घट्नुमा मुख्य चार कारण रहेको ब्रोकरहरू बताउँछन् ।

पहिलो कारण मुनाफा सुरक्षित नै रहेको ब्रोकर सन्तोष मैनाली बताउँछन् । मैनाली भन्छन्, ‘बजारमा ठूलो हिस्सा रहेका वाणिज्य बैंकहरूको सेयर मूल्य यसअघि बढेकोले अहिले यसमा नाफा सुरक्षित भइरहेको छ ।’

दोस्रो, पछिल्लो समय लकिङ अवधि सकिएका कम्पनीहरूको सेयर बिक्री बढेकोले पनि बजारमा आपुर्ति बढेको हो । यस अवधिपछी संस्थापक, स्थानीयहरूले सेयर विक्री गर्न पाउँछन् ।

तिहार अघि देखि नै घोराही, स्वेत गंगा जस्ता जलविद्युत कम्पनीहरूको सेयर बिक्री बढेको छ । हाथवे इन्भेष्टमेन्ट जस्ता पहिले नै लकिङ खुलेका अन्य केही कम्पनीहरूको समेत कारोबार बढेको ब्रोकरहरू बताउँछन् ।

तेस्रो कारण, धेरै कम्पनीहरूको उत्साहप्रद वित्तीय विवरण नआउनु पनि हो । बैंकिङ समूह, जलविद्युत समूह र केही उत्पादनमुलक कम्पनीहरूको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण राम्रो देखिएपनि अन्य क्षेत्रमा अपेक्षा गरिएको जस्तो सुधार नदेखिएकोले पनि प्रभाव परेको ब्रोकरहरूको भनाई छ ।

चौथो, पछिल्लो समय विकसित भइरहेको घटनाक्रम । कतिपय राजनीतिक दलहरूले यसअघि देखि नै छठपछि आन्दोलन गर्ने बताउँदै आएका थिए । यसैबीच सरकार प्रमूखको भारत भ्रमण चलिरहेकोले आगामी दिनमा कस्तो राजनीतिक वातावरण बन्छ भन्ने पखाईमा पनि लगानीकर्ता रहेको ब्रोकरहरूको भनाई छ ।

त्यसैले पनि धेरै लगानीकर्ताहरू 'पर्ख र हेर' कै अवस्थामा छन् । यी घटनाक्रम कसरी विकसित हुन्छ भन्ने आधारमा नै बजारको प्रवृत्ति स्पष्ट हुने बताउँछन् ।

विजयराज खनाल कान्तिपुर मिडिया ग्रुपको आर्थिक व्युरोमा काम गर्छन् । उनी सेयर बजार र बैंक र लगानीका बिषयमा रुची राख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
18h ago
नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो

कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचकमा गिरावट आएको छ।

#शेयर-बजार #नेप्से #मंगलबार
Compare →
Bizshala
17h ago
दोहोरो अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘अब बजारले लय लिन सक्छ, आत्तिनुपर्ने अवस्था छैन’

दोहोरो अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘अब बजारले लय लिन सक्छ, आत्तिनुपर्ने अवस्था छैन’

काठमाण्डौ । मंगलबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १२.७९ अंकले घटेर २६३६.१० विन्दुमा कायम भएको छ...

#शेयर-बजार #नेप्से
Compare →
Arthasansar
18h ago
मुक्तिनाथ म्युचुअल फण्ड २ नेप्सेमा सूचीकृत, भोलिदेखि दोस्रो बजारमा कारोबार हुने

मुक्तिनाथ म्युचुअल फण्ड २ नेप्सेमा सूचीकृत, भोलिदेखि दोस्रो बजारमा कारोबार हुने

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ‘मुक्तिनाथ म्युचुअल फण्ड २’ का सेयर सूचीकृत भएको छ । आज मङ्सिर १ गते...

#शेयर-बजार #नेप्से
Compare →
Hamro Patro News
18h ago
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ७९ अङ्कले घटेर दुई हजार ६३६ दशमलव १० मा झरेको छ । ठूला कम्पनीको का...

#शेयर-बजार #नेप्से
Compare →
Onlinekhabar
1d ago
नेप्सेको सेयर बेच्नै चाहन्न सरकार, जिम्मेवारी पन्छाएर पुनर्संरचनाको ओठेभक्ति

नेप्सेको सेयर बेच्नै चाहन्न सरकार, जिम्मेवारी पन्छाएर पुनर्संरचनाको ओठेभक्ति

३० कात्तिक, काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले गत भदौ २९ गते ल्याएको पूँजीबजार सुदृढीकरण तथा पुनरुत्थान कार्यायोजनामा नेप्सेको पुनर्संरचना कार्य तत्काल अघि बढाउने उल्लेख छ । ‘नेपाल स्टक एक्स्चेन्जको संस्थागत सुदृढीकरण तथा संरचनात्मक सुधार तथा क्षमता …

#शेयर-बजार #नेप्से
Compare →

Related Stories

Business & Economy
Build #2612