Trending
Prev Story
Next Story

भोटेकोशी बाढीमा बेपत्ता मकवानपुरका ५० जनाको विवरण सिफारिस

Ekantipur •
November 18, 2026 • 03:32 AM
3
3 reads 0 reactions

स्थायी घर मकवानपुर भए पनि रसुवा र नुवाकोटमा पुगेका उनीहरूको विवरण आधिकारिकता यकिनका लागि सरकारी निकायमा पठाइँदैछ।

भोटेकोशी बाढीमा बेपत्ता मकवानपुरका ५० जनाको विवरण सिफारिस

स्थायी घर मकवानपुर भए पनि रसुवा र नुवाकोटमा पुगेका उनीहरूको विवरण आधिकारिकता यकिनका लागि सरकारी निकायमा पठाइँदैछ।

हेटौंडा — रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता भएका मकवानपुरका ५० जनाको विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाउने निर्णय गरिएको छ ।

जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति मकवानपुरको मंगलबार बसेको बैठकले स्थानीय तहबाट प्राप्त विवरणलाई एकीकृत गरी ५० जनाको नामावलीसहितको विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पठाउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको अध्यक्षतामा बसेको बैठकले हेटौंडा उपमहानगरपालिकाका १४, थाहा नगरपालिकाका २०, मनहरी गाउँपालिकाका ५, बकैया गाउँपालिकाका ३, मकवानपुरगढीका ३, भीमफेदी गाउँपालिकाका २, कैलाश गाउँपालिकाका २ र इन्द्रसरोवर गाउँपालिकाका १ जना गरी भोटेकोशीको बाढी र पहिरोमा बेपत्ता भएका ५० जनाको नाम सूचीकृत गरेर राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पठाएको हो । ५० जना बेपत्तामध्ये चार जना महिला छन् ।

गत १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका व्यक्तिहरूको आधिकारिकता यकिन गर्न सरकारले तयार पारेको ‘रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिकता विवरण यकिन गर्ने प्रक्रिया, २०८३’ अनुसार विवरण संकलन गरिएको थियो ।

मकवानपुरमा स्थायी बासिन्दा भए पनि विभिन्न कामको सिलसिलामा रसुवा र नुवाकोट जिल्लामा पुगेका बेला बाढी र पहिरोमा परी बेपत्ता भएकाहरूको विवरण सम्बन्धित स्थानीय तहबाट स्थानीय विपद् व्यवस्थापन समितिको निर्णयसहित प्राप्त भएको बैठकमा जानकारी गराउँदै त्यसैका आधारमा बेपत्ताहरूको विवरण सूचीकृत गरिएको थियो ।

प्रजिअ अधिकारीका अनुसार बैठकले ती विवरणलाई एकीकृत गरी आधिकारिकता यकिनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय गरेको थियो । भोटेकोशी बाढीमा फसेका मकवानपुरका ४५ जनाको उद्धार गरिएको थियो ।

रसुवा र नुवाकोटका विभिन्न क्षेत्रबाट उनीहरूको उद्धार गरिएको थियो । रसुवा बाढीमा परी मकवानपुरका चार जनाको मृत्यु पुष्टि भइसकेको छ । आफन्तले शव बुझेर दाहसंस्कार पनि गरिसकेका छन् । हालसम्म सनाखत भएका मृतकमा हेटौंडा–१५ का सुमन गोले, हेटौंडा–५ का उद्धव खड्का, हेटौंडा–१५ का रमेश मगर र भीमफेदी–२ का सविन राना रहेका छन् ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
भोटेकोशी बाढीमा बेपत्ता बाबुछोराको कुशको शव बनाएर अन्त्येष्टि

भोटेकोशी बाढीमा बेपत्ता बाबुछोराको कुशको शव बनाएर अन्त्येष्टि

रसुवाको भोटेकोशी बाढीमा बेपत्ता हुनुभएका रामपुर नगरपालिका–७ मोहोटीका युवराज सुति (रामु) र उहाँका छोरा अमृत सुतिको कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ । बाबुछोरा दुवै जना हालसम्म फेला नपरेपछि धार्म...

#भोटेकोशी #बाढी #बेपत्ता
Compare →
Onlinekhabar
16h ago
भोटेकोशी बाढी : सरकारी जमिनमा त्रिपाल टाँगेर बस्न थाले विस्थापित

भोटेकोशी बाढी : सरकारी जमिनमा त्रिपाल टाँगेर बस्न थाले विस्थापित

१ मंसिर, नुवाकोट । भोटेकोशी बाढीबाट विस्थापितहरूले आफ्नो पुनर्वासमा सरकारले बेवास्ता गरेको गुनासो गरेका छन् । सरकारले आफ्नो बसोबासमा ध्यान नदिएको भन्दै सरकारी जमिनमा त्रिपाल गाढेर बस्न थालेका छन् । विदुर नगरपालिका–१ स्थित त्रिशूली बजारका ४५० …

#भोटेकोशी #बाढी
Compare →
Nagarik News
1d ago
बझाङमा अटो दुर्घटना : तीन जनाको मृत्यु, एक बालक बेपत्ता

बझाङमा अटो दुर्घटना : तीन जनाको मृत्यु, एक बालक बेपत्ता

अटोमा चालकसहित ४ देखि ५ जना सवार रहेको प्रारम्भिक अनुमान गरिएको छ। अटो चालक तथा अन्य यात्रुका सम्बन्धमा थप विवरण प्राप्त हुन सकेको छैन।

#बेपत्ता #जनाको
Compare →
Arthasansar
1d ago
बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बुंगल नगरपालिका–१० को टुमेडामा बिहान...

#बेपत्ता #जनाको
Compare →

Related Stories

Science & Climate
Build #2612