Trending
Prev Story
Next Story

सुरक्षित यात्राका लागि चाङ्गानले सार्वजनिक गर्‍यो चालक सहायताको नयाँ प्रविधि

Onlinekhabar •
November 17, 2026 • 01:01 PM
2
2 reads 0 reactions

१ मंसिर, काठमाडौं । चिनियाँ सवारी उत्पादक कम्पनी चाङ्गान समूहले सुरक्षित, सहज र तनावमुक्त सवारी सञ्चालन अनुभव प्रदान गर्ने उद्देश्यले आफ्नै इन्जिनियरिङ टोलीद्वारा विकास गरिएको अत्याधुनिक चालक सहायता प्रणाली ‘एसडीए पाइलट’ सार्वजनिक गरेको छ। कम्पनीले लामो …

सुरक्षित यात्राका लागि चाङ्गानले सार्वजनिक गर्‍यो चालक सहायताको नयाँ प्रविधि

१ मंसिर, काठमाडौं । चिनियाँ सवारी उत्पादक कम्पनी चाङ्गान समूहले सुरक्षित, सहज र तनावमुक्त सवारी सञ्चालन अनुभव प्रदान गर्ने उद्देश्यले आफ्नै इन्जिनियरिङ टोलीद्वारा विकास गरिएको अत्याधुनिक चालक सहायता प्रणाली ‘एसडीए पाइलट’ सार्वजनिक गरेको छ।

कम्पनीले लामो समयदेखि गर्दै आएको बौद्धिक सवारी प्रविधिको अनुसन्धान तथा विकासको उपलब्धिका रूपमा उक्त प्रणाली सार्वजनिक गरेको हो। यसले सवारी सञ्चालनका क्रममा सम्भावित जोखिम पहिचान गर्ने, चालकलाई आवश्यक सहयोग गर्ने तथा सवारी सञ्चालनलाई थप सहज बनाउने कम्पनीको विश्वास छ।

चाङ्गान समूहका अध्यक्ष झु ह्वारोङका अनुसार कम्पनीको बौद्धिक सवारी प्रविधि विकास गर्ने टोली केही इन्जिनियरबाट सुरु भएर अहिले सात हजार पाँच सयभन्दा बढी विशेषज्ञ सम्मिलित टोलीका रूपमा विस्तार भएको छ। यस क्षेत्रमा कम्पनीले हालसम्म ७ अर्ब ७० करोड युरोभन्दा बढी लगानी गरिसकेको छ ।

कम्पनीले सन् २०११ मै अगाडिको ठक्करको जोखिमबारे पूर्वसूचना दिने र सवारी आफ्नो लेनबाट बाहिरिन लाग्दा जानकारी दिने प्रणालीका प्रारम्भिक नमुना विकास गरेको थियो।

त्यस्तै, सन् २०१८ मा दोस्रो तहको एकीकृत अनुकूलनशील गति नियन्त्रण प्रणालीको व्यावसायिक उत्पादन सुरु गरेको थियो। यसैको निरन्तरतास्वरूप सन् २०२५ डिसेम्बर २० मा कम्पनीले चीनमा तेस्रो तहको सर्तसहित स्वचालित सवारी सञ्चालनका लागि पहिलो आधिकारिक नम्बर प्लेटसमेत प्राप्त गरेको थियो।

चाङ्गान समूहका अध्यक्ष चाओ फेईका अनुसार कम्पनीले सन् २००९ देखि नै बौद्धिक सवारी सञ्चालन प्रविधिको विकास सुरु गरेको थियो। त्यतिबेला चीनमा यो प्रविधि प्रयोगशालाको अध्ययनकै विषय थियो। एसडीए पाइलट त्यसयता कम्पनीले हासिल गरेका अनुभव र प्राविधिक उपलब्धिको परिणाम भएको उनले बताए।

कम्पनीले एसडीए पाइलटका प्रो, म्याक्स र अल्ट्रा गरी तीन संस्करण सार्वजनिक गरेको छ। आगामी दिनमा यसभन्दा थप उन्नत संस्करणसमेत सार्वजनिक गर्ने तयारी कम्पनीको छ।

यीमध्ये सबैभन्दा उन्नत अल्ट्रा संस्करणमा राजमार्ग तथा सहरी क्षेत्रमा सवारी सञ्चालनमा सहयोग गर्ने एनसीए प्रणाली, चार सयभन्दा बढी अवस्थाका लागि बौद्धिक पार्किङ सहायता तथा सक्रिय सुरक्षासम्बन्धी ३१ वटा विशेषता समावेश छन्। ५६० टप्स क्षमताको गणना गर्ने चिप र २५६ लाइनको प्रकाश तथा दूरी मापन प्रविधिबाट सञ्चालित यस प्रणालीले मिलिसेकेन्डमै प्रतिक्रिया जनाउन सक्ने कम्पनीको दाबी छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
52m ago
घोप्टेभिरमा ढुंगा खस्दा मोटरसाइकल चालकको मृत्यु

घोप्टेभिरमा ढुंगा खस्दा मोटरसाइकल चालकको मृत्यु

काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको मोटरसाइकलमाथि ढुंगा खस्दा चालकको मृत्यु भएको हो ।

#चालक
Compare →
Nagarik News
1h ago
घोप्टेभीरमा माथिबाट खसेको ढुंगाले लागेर मोटरसाइकल चालकको मृ’त्यु

घोप्टेभीरमा माथिबाट खसेको ढुंगाले लागेर मोटरसाइकल चालकको मृ’त्यु

घोप्टेभीरमा सडक माथिबाट खसेको ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु भएको छ।

#चालक
Compare →
Hamro Patro News
21h ago
चिनियाँ विद्युतीय यात्रुवाहक विमानको चालक दलसहित पहिलो उडान

चिनियाँ विद्युतीय यात्रुवाहक विमानको चालक दलसहित पहिलो उडान

बेइजिङ । चीनमा विकसित विद्युतीय यात्रुवाहक विमानले गत सप्ताहान्तमा चालक दलसहित पहिलो परीक्षण उडान पूरा गरेको छ । यसलाई चीनको स्वदेशी उड्डयन उद्योगको विकासतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ...

#चालक
Compare →
Bizshala
1d ago
काठमाण्डौमा ट्राफिक नियम उल्लङ्घनको डरलाग्दो अवस्था, २९ दिनमै झन्डै १३ हजार चालक कारबाहीमा, मापसे गर्ने मात्रै २८ सय बढी

काठमाण्डौमा ट्राफिक नियम उल्लङ्घनको डरलाग्दो अवस्था, २९ दिनमै झन्डै १३ हजार चालक कारबाहीमा, मापसे गर्ने मात्रै २८ सय बढी

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकको संख्या उच्च देखिएको छ। कात्तिक महिनाको पहिलो २९...

#चालक
Compare →

Related Stories

Technology
Build #2612